कीवर्डहरू -

कोरोनाका कारण स्थगित बीएससी सीएसआइटीको परीक्षा पुस २८ गतेदेखि सुरु हुने (तालिका सहित)

कोरोनाका कारण स्थगित बीएससी सीएसआइटीको परीक्षा पुस २८ गतेदेखि सुरु हुने (तालिका सहित)

कोरोना भाइरसका कारण स्थगित भएको चारवर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बिएससी सीएसआइटी) विषयको परीक्षा पुष २८ गतेदेखि सुरु हुने भएको छ ।

त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि संस्थान डिन कार्यालयको परीक्षा शाखाले आइतबार बीएससी सीएसआइटीको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

बीएससी सीएसआईटी विषयको तेस्रो वर्ष पाचौं शत्र २०७४ समूहको नियमित तथा सोही शत्रको आंशिक सो भन्दा अगाडीका समूहको आंशिक र प्रथम वर्ष प्रथम शत्र २०७६ समूहको नियमित तथा सोही शत्रको आंशिक सो भन्दा अगाडीका समूहको आंशिक परीक्षा सञ्चालन हुनेछन् ।

सूचना अनुसार तेस्रो वर्ष पाँचौं सेमेस्टरको परीक्षा पुस २८ गतेदेखि सुरु हुनेछ भने पहिलो वर्ष फस्ट सेमेस्टरको परीक्षा माघ २ गतेदेखी सुरु हुनेछ । परीक्षा दिनको १२ बजेदेखि ३ बजेसम्म सञ्चालन हुनेछ ।

यस्तो छ तालिका