दिगो ग्रुपले आफ्नो तेस्रो ई-स्टप सञ्चालनमा ल्याएको छ । आइतबार नवलपरासीको दलदलेस्थित ई-स्टपमा सडक यात्रुका लागि रेस्टुरेन्टको सुविधाको साथै सार्वजनिक विद्युतीय सवारीसाधनको लागि २ वटा GB/T चार्जर जडान गरिएको छ ।
यसैगरी निजी सवारीसाधनलाई पनि मध्यनजर गरेर CCS 2.0 चार्जरको पनि जडान गरिएको कम्पनीले जनाएको छ । उद्घाटन कार्यक्रममा दिगो ग्रुपका प्रमुख कार्यकारी अधिकृत सौरव श्रेष्ठले महेन्द्र राजमार्गमा बढिरहेको विद्युतीय सवारीसाधनलाई चर्जिङ्गको सुविधा दिने र रेस्टुरेन्टले भने यात्रुलाई पनि सफा र मिठो खानाको साथ् सुलभ सुविधा दिने बताए ।
सोहि उद्घाटन समारोहमा दिगो ग्रुपको अध्यक्ष राजन रायमाझीले अतिथि र साझेदारहरूप्रति कृतज्ञता व्यक्त गर्दै दिगो ई-स्टपले नेपाली राजमार्गको यात्रामा नयाँ युगको सुरुवात ल्याएको बताए ।
दिगो ई-स्टप एउटा पिट स्टप मात्र नभइ एक दर्शन भएको र कार्बन उत्सर्जन घटाउन सक्रिय रूपमा योगदान गर्ने प्रतिबद्धता जनाए ।