मेगा बैङ्क नेपाल लिमिटेडले जोर्डनमा ‘मेगा रेमीट’ सेवालाई विस्तार गरेको छ । जोर्डनको अलाउनी एक्सचेञ्ज र मेगा बैङ्कबीच रेमीट कारोबारसम्बन्धी सम्झौता भएको हो ।
जोर्डनमा रहेका नेपालीहरुले अलाउनी एक्सचेञ्जका २८ वटा शाखाहरुबाट नेपालमा रकम पठाउन सक्नेछन् ।
अलाउनी एक्सचेञ्जबाट पठाएको रकम मेगा बैङ्कका सबै शाखा र देशभर छरिएका मेगा बैङ्कका ३२ सय भन्दा बढी एजेन्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिने मेगा बैङ्कले जनाएको छ ।