सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विभिन्न सात विधामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार (नेसनल आईसीटी अवार्ड) प्रदान गर्ने भएको छ ।
आगामी वैशाख २० गते मनाइने राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सात विधामा अवार्ड वितरण गर्नेछ ।
यस वर्ष सरकारले नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४ , नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४ (वुमन), नेसनल आइसिटी इनोभेसन अवार्ड २०२४, नेशनल आइसिटी अवार्ड २०२४ (पब्लिक सेक्टर), नेसनल आइसिटी अवार्ड २०२४ (प्राइभेट सेक्टर), नेसनल आईसिटी अवार्ड २०२४ (प्राइभेट सेक्टर – प्रोभिन्सियल) र नेसनल आईसिटी स्टार्टअप अवार्ड २०२४ प्रदान गर्ने जनाएको छ ।
यी विधामा सूचना तथा सञ्चार प्रविधिमा विशेष योगदान पुऱ्याउने व्यक्ति तथा सार्वजनिक संस्था/कार्यालय/कम्पनीले आवेदन दिन सक्ने छन् । प्राप्त आवेदन मध्येबाट सर्वोत्कृष्टलाई अवार्ड वितरण गरिने छ ।
आगामी वैशाख ४ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन फारामको ढाँचा मन्त्रालय र सूचना प्रविधि विभागको वेबसाइटमा उपलब्ध रहेको छ । आवेदन मन्त्रालयको सूचना प्रविधि महाशाखामा दर्ता गराउन वा इमेल [email protected] मा पठाउन सकिने छ ।