इन्जिनियरिङको लोकसेवा तयारी गराउने संस्था पढाओ एकेडेमीले मंसिर १२ गतेदेखि नेपाल टेलिकमको इन्जिनियरिङ लोकसेवा कक्षा शुरू गर्ने भएको छ ।
टेलिकमले मंसिर ३ गतेमात्रै विभिन्न पदमा २७० जना नयाँ कर्मचारी माग गरेको थियो । जस अनुसार पढाओले मंसिर १२ गतेदेखि इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन्स इन्जनिनियर, कम्प्युटर इन्जिनियर, इलेक्ट्रीकल इन्जिनियर र सिभिल इन्जिनियरको लोकसेवा तयारी कक्षा शुरू गर्ने भएको हो ।
पढोखा अनुसार सम्बन्धित क्षेत्रका विज्ञ, अनुभवी र दक्ष प्रशिक्षकबाट तयारी कक्षा सञ्चालन गरिनेछ । तयारी कक्षा जूमबाट सञ्चालन हुनेछ ।
रेकर्डिङको उपलब्धता, भाइभरमा छलफल्, साप्ताहिक पाठ्यक्रम अनुसारको नमुना परिक्षा, कक्षा सामग्री, दैनिक अभ्यास पेपर, कक्षा नोट पीडीएफमा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
सहभागीलाई यस क्षेत्रका दिग्गज व्यक्तित्वहरु बाट प्रेरणा कक्षा समेत प्रदान गरिने जनाइएको छ । टेलिकम लोकसेवाको पहिलो पेपरको तयारी शुल्क ६ हजार तोकिएको छ भने दुबै पेपरको तयारी शुल्क १० हजार तोकिएको छ ।
यदी तपाई पनि पढाओबाट टेलिकमको इन्जिनियरिङ लोकसेवा तयारी गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गरि फारम भर्न सक्नुहुनेछ ।