कीवर्डहरू -

एप्पललाई उछिन्दै साओमी बन्यो विश्वबजारमा सबैभन्दा बिक्री हुने दोस्रो स्मार्टफोन ब्राण्ड

एप्पललाई उछिन्दै साओमी बन्यो विश्वबजारमा सबैभन्दा बिक्री हुने दोस्रो स्मार्टफोन ब्राण्ड

ग्लोबल स्मार्टफोन बजारमा खरिद गर्ने ट्रेन्डमा ठूलो परिवर्तन देखिएको छ । चिनियाँ स्मार्टफोन कम्पनी साओमी विश्वभर स्मार्टफोन बिक्रीको मामिलामा दोस्रो स्थानमा पुगेको छ ।

अगस्ट २०२१ पछि साओमीले एप्पललाई पछि पारेको हो । यद्यपि, साओमीको बिक्रीको परिमाणमा भने ठूलो वृद्धि भएको छैन् । 

काउन्टपोइन्टको रिपोर्ट अनुसार, साओमी सन् २०२४ मा सबैभन्दा छिटो अघि बढ्ने स्मार्टफोन ब्रान्ड बन्न पुगेको छ । साओमीले अगस्ट महिनामा उत्कृष्ट प्रदर्शन गरेको छ, जसको फाइदा कम्पनीलाई भएको छ ।

प्रमुख बजारहरूमा गिरावट भए तापनि साओमीले आफ्नो रणनीतिको आधारमा राम्रो प्रदर्शन गरेको छ । सन् २०२२ र २०२३ को पहिलो क्वाटरमा कम्पनीको वृद्धिमा गिरावट भएको थियो, तर त्यसपछि साओमीले प्रतिस्पर्धामा पुनरागमन गरेको छ ।

आफ्नो उत्पादन, बिक्री र च्यानल रणनीतिमा परिवर्तनको कारण कम्पनीलाई अहिले फाइदा देखिएको छ । पछिल्ला केही त्रैमासिकमा साओमीका सबै प्रमुख बजारहरूमा आर्थिक पुनरुत्थान भएको छ ।

तल्लो मूल्य समूहको कारण माग बढेको छ र कम्पनीलाई फाइदा भएको छ । २०० डलर भन्दा कमको स्मार्टफोन बजारमा साओमीको निकै राम्रो सफलता पाएको छ । अब कम्पनीले प्रतिस्पर्धात्मक मूल्यमा फाइभजी उपकरणहरू पनि लन्च गर्दैछ । 

विशेष गरी रेडमी १३ र नोट १३ सिरिजको कारण कम्पनीलाई धेरै फाइदा भएको छ । रेडमीका स्मार्टफोनहरू निकै लोकप्रिय छन् र यसले कम्पनीलाई फाइदा पुर्याउँछ । दोस्रो स्थानमा साओमी पुग्नको मुख्य कारण पछिल्ला त्रैमासिकमा कम्पनीको राम्रो वृद्धि हो ।

अर्को तर्फ, एप्पलमा पनि यस सिजनको प्रभाव परेको छ । कम्पनीले नयाँ आईफोन सेप्टेम्बरमा सार्वजनिक गरेको छ, जसको कारण यो त्रैमासिकमा ब्रान्डको बिक्री कम हुन्छ । विशेष गरी अगस्ट महिनामा आईफोनको बिक्री कम रहन्छ । आईफोन १६ सिरिज बिक्रीमा आएपछि कम्पनीले पुनः आफ्नो स्थान फिर्ता गर्न सक्छ । 

पहिलो स्थानमा सामसंग कायम छ । किनकि, सेप्टेम्बरमा नयाँ आईफोन लन्च भएका छन् र केही दिनभित्र नै पर्वको सिजनको सुरुवात हुनेछ । यस्तो अवस्थामा एप्पलको फोनहरूको बिक्री बढ्ने अपेक्षा छ । कम्पनीले पुनः दोस्रो स्थान वा पहिलो स्थानमा पनि पुग्न सक्ने छ ।