कीवर्डहरू -

सिजी मोटर्सको मेगा एक्सचेन्ज क्याम्प, पुराना गाडी नेटा भीसँग साट्न सकिने

सिजी मोटर्सको मेगा एक्सचेन्ज क्याम्प, पुराना गाडी नेटा भीसँग साट्न सकिने

सिजी मोटर्स प्रालिले विद्युतीय सवारी साधन नेटा भीको बजार प्रवर्द्धनका लागि मेगा एक्सचेन्ज क्याम्पको आयोजना गरेको छ ।

हाललाई काठमाण्डौ उपत्यका लक्षित गरि आयोजना गरिएको यस एक्सचेन्ज क्याम्पमा पुराना तथा बिस बर्ष पुगिसकेका सवारी साधन समेत नयाँ नेटा भिसँग एक्सचेन्ज गर्न सकिने कुरा कम्पनिले जनाएको छ । पुराना सवारी साधनको न्यूनतम मूल्यांकन ४ लाखको रहने कुरा समेत कम्पनिले जनाएको छ । 

स्वीच टु द प्योर इभी नारा दिइएको यस एक्सचेन्ज क्याम्पको मुख्य उद्देश्य नेटा भि को प्रवद्र्धन गर्नु मात्र नभइ पुराना प्रदुषण गरिरहेका सवारी साधनको ब्यवस्थापन समेत रहेको कुरा कम्पनिद्वारा जारि प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यो मेगा एक्सचेन्ज क्याम्प छोटो समयका लागि मात्रै रहेको कुरा कम्पनिले जनाएको छ । नेटा भी गाडीमा ८ वर्ष वा १,५०,००० किमीको वारन्टी रहेको छ, जसले गर्दा ग्राहकहरुले ढुक्क भइ नेटा भीको प्रयोग गर्न सक्छन् । यसका साथै यसमा रहेको एचईपीटी २.० प्रविधिले ब्याट्रीलाई तात्न वा बढी चिसो हुन दिदैन ।

नेटा भी हाल नयाँ ५० किलोवाटको एलएफपी ब्याट्रीसहित शोरुमहरुमा उपलब्ध छ । एलएफपी ब्याट्रि हाल उपलब्ध ब्याट्रिहरु मध्ये सबैभन्दा सुरक्षित तथा लामो आयुको मानिन्छ । नयाँ ब्याट्रिले गर्दा नेटा भि अब सबैभन्दा सुरक्षित ब्याट्रि युक्त तथा उहि ३८० किमीको लामो रेन्ज सहितको नेपालमै सबैभन्दा सुलभ विद्युतिय सवारी साधन भएको छ । यसका साथै यो ब्याट्रीले २०२४ को अटोबेस्ट अवार्ड समेत प्राप्त गरेको छ ।