कीवर्डहरू -

पेट्रोलियम सवारीसाधनलाई विद्युतीयमा रूपान्तरण गर्दै ई–बाहन

पेट्रोलियम सवारीसाधनलाई विद्युतीयमा रूपान्तरण गर्दै ई–बाहन

पछिल्लो समय विद्युतीय सवारीसाधनको प्रयोग बढ्न थालेको छ । सरकारी निकायदेखि निजी क्षेत्रले समेत विद्युतीय सवारीसाधन अर्थात ईभीलाई प्राथमिकता दिन थालेका छन् । ठूला व्यवसायी घरानाबीच ईभी ब्राण्ड भित्र्याउने प्रतिस्पर्धा हुन थालेको छ । 

तर अझै बजारमा पेट्रोल, डिजेटलबाट चल्ने सवारीकै दबदबा बढी छ । कतिपयले पेट्रोलबाट चल्ने सवारीसाधनलाई विद्युतीय सवारीसाधनमा रूपान्तरण गर्ने प्रयास गरिरहेका छन् । यही मध्येको एक हो, ई-बाहन । करिब १ वर्ष अगाडिदेखि जगदिश आचार्य, कुमार तामाङ र सूर्य खनालको टिमले पुराना पेट्रोलबाट चल्ने सवारीसाधनलाई विद्युतीयमा रूपान्तरण गर्न लागि परेको छ । 

ई–बाहनले पेट्रोलबाट चल्ने पुराना सवारी साधनलाई परिवर्तन गरेर विद्यूतीय सवारी साधनमा रूपान्तरण गर्न खोजेको ई–बाहनका सिनियर इन्जिनियर जगदिश आचार्य बताउँछन् । ‘आईसीमा आधारित सवारीसाधनलाई परिवर्तन गरेर विद्युतीय सवारीसाधनमा लैजाने काम गर्दै छौं,’ उनी भन्छन्, ‘यसले वातावरण प्रदुषण हुनबाट पनि रोकिने र मूल्य समेत कम हुनेछ ।’

नेपालमै सस्तो र गुणस्तरीय विद्युतीय सवारीसाधन निर्माण गर्ने गरी ई-बहानले काम गरिरहेको छ । ईबहानले नेपालमै विद्युतीय सवारीसाधनका लागि आवश्यक पर्ने च्यासिस र ब्यौट्री पनि बनाउने योजना बनाएको छ । 

सुरूवातमा दैनिक जीवन चलाउन पत्रिका पुर्याउने, दूध पुर्याउने लगायतका मानिसहरूको समस्यालाई समाधान गर्ने गरी काम गरिरहेको उनको भनाइ छ । पत्रिका पुर्‍याउन, दुध पुर्‍याउन जाँदा पेट्रोल धेरै खपत हुने भएकाले त्यसलाई ईभीमार्फत सुलभ बनाउन प्रयास गरिरहेको उनीहरूको जनाएका छन् ।