कीवर्डहरू -

२८ मिनेटमा ८० प्रतिशत चार्ज गर्ने ईभी नेपाल आउँदै, के के छन् अन्य सुविधा ?

२८ मिनेटमा ८० प्रतिशत चार्ज गर्ने ईभी नेपाल आउँदै, के के छन् अन्य सुविधा ?

ओमोडा एण्ड जेको अटोमोबाइल कम्पनी लिमिटेडले आफ्नो फ्ल्यागसिप भेरियन्ट ओमोडा ई फाइभ इभी नेपालमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । उच्च प्राविधिक सुविधाहरू, सुरक्षा, र आधुनिक डिजाइन सहितको सो ईभी नेपाल ल्याउने तयारी भएको हो । 

ओमोडा ई फाइभ इभि नेपालमा १८० एमएम ग्राउन्ड क्लियरेन्सको साथ सार्वजनिक हुनेछ । ६१ किलोवाटआवर ब्याट्री क्षमता, ९९ किलोवाट मोटर पावर, र ३४० न्युटनमिटर टर्कको साथ यसले ५१० किलोमिटर (एनईडीसी) र ४३० किलोमिटर (डब्लुएलटिपी) को दायरा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यो एक्टेरियर (बाहिरी) डिजाइन ‘लाइट अफ मुभमेन्ट’ नामक आधुनिक डिजाइन दर्शनमा आधारित रहेको छ । यसको एक्स आकारको फ्रन्ट फेस, डायनामिक फास्टब्याक आकार, स्ट्यागर्ड-मेट्रिक्स-टेललाइट, टी-आकारको डेटाइम रनिङ हेडलाइटले उक्त डिजाइन छ । 

यो गाडीमा २४.६ इन्चको डुअल स्क्रिन, २५६ रङको एम्बियन्ट लाइट, प्रिमियम ८ सोनी स्पिकरसहितको क्रोम डोर ह्याण्डल, विद्युतीय सनरुफ, ५० किलोवाटको वायरलेस चार्जर, भेन्टिलेटेड सिटहरूसहितको सुविधा छन् ।

साथै यसमा १७ एडीएएस सुविधाहरू पनि उपलब्ध छन्, जसमा ब्लाइन्ड स्पट डिटेक्सन, लेन चेन्ज असिस्ट, डिपार्चर रिमाइन्डर, एडप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिजन वार्निङ, लेन किपिङ असिस्ट, ट्राफिक जाम अभोइडेन्स असिस्टेन्ट, ६ वटा एयरब्याग रहेका छन् । 

ओमोडा ई फाइभ इभी २८ मिनेटमा ३० प्रतिशत बाट ८० प्रतिशत चार्ज हुने ‘अल्टिमेट फास्ट चार्जिङ’ सुविधा पनि रहेको छ । ओमोडाले प्रयोगकर्ताको विभिन्न आवश्यकताहरू पूरा गर्दै समृद्ध अनुभव प्रदान गर्ने दाबी गर्दछ । यो गाडीलाई नेपाली भु-भागको सडक अनुकुल बनाइएको एस पि जि अटोमोबाइल्स जानकारी दिएको छ ।