कीवर्डहरू -

फुडमान्डुको मनसुन म्याजिक क्याम्पेन, अर्डरमा ७० प्रतिशतसम्म छुट

फुडमान्डुको मनसुन म्याजिक क्याम्पेन, अर्डरमा ७० प्रतिशतसम्म छुट

नेपालको पहिलो तथा लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमान्डुले ‘मनसुन म्याजिक’ नामक क्याम्पेन लिएर आएको छ । 

यस क्याम्पेन अन्तर्गत ग्राहकहरुले वर्षाको समयमा बाहिर निस्कनुको साटो घरमै बसी आफूलाई मनपर्ने खानाको मजा लिन सक्ने छन् । 

‘भोक र झरी ? डन्ट वरी ......बिकज फुडमान्डुमा अफर असारै भरी !!’ भन्ने मुख्य सन्देशका साथ फुडमान्डुले ग्राहकहरुलाई ७० प्रतिशतसम्मको भारी डिस्काउन्ट प्रदान गर्दैछ । 

साथमा सेल्स अफर अन्तर्गत ग्राहकहरुले फ्ल्याट डिस्काउन्ट, बिग प्याक, कम्बो डिल्स, बोगो र मिस्ट्री बक्स जस्ता अफरहरु काठमाडौं, चितवन र पोखराका ४० भन्दा धेरै रेस्टुरेण्टहरुबाट पाउने छन्।

यसबारे बोल्दै फुडमान्डुकी ब्रान्ड एंड मार्केटिङ मेनेजर,  ईनेशा भट्टराईले क्याम्पेनमार्फत मनसुनको समयमा ग्राहकहरूलाई थप सहज र सरल सेवा प्रदान गर्न पाउँदा उत्साहित रहेको बताइन् ।  

सेल्स अफरका साथसाथै फुडमाण्डुले MONSOONMAGIC नामक भौचर डिस्काउन्ट पनि उपलब्ध गराउने छ जसअन्तर्गत ग्राहकहरुलाई ४० प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।

उक्त डिस्काउन्ट कति प्रतिशत हुन्छ भनेर ग्राहकहरुले चेकआउटको समयमा कोड राखेपछि मात्र थाहा पाउन सक्नेछन् । यो क्याम्पेन असार १४ देखि असार ३१ सम्म मात्र लागु हुनेछ ।