कीवर्डहरू -

सामसङले सार्वजनिक गर्‍यो स्मार्ट रिङ, कति छ मूल्य ?

सामसङले सार्वजनिक गर्‍यो स्मार्ट रिङ, कति छ मूल्य ?

सामसङले आफ्नो पहिलो स्मार्ट रिङ सार्वजनिक गरेको छ । ग्यालेक्सी अनप्याक्ड कार्यक्रममा सामसङले वेरेबल प्रडक्ट स्मार्ट रिङ सार्वजनिक गरेको हो । 

स्मार्ट रिङमा हेल्थ मोनिटरिङ, स्लिप ट्रयाकिङ, फिटनेस एण्ड एक्टिभिटी ट्रयाकिङ, स्ट्रेश म्यानेजमेन्ट लगायतका सुविधाहरू रहेका छन् । 

स्वास्थ्यप्रति चासो राख्ने प्रयोगकर्ताका लागि यो रिङ उपयोगी हुनेछ । स्मार्ट रिङलाई सामसङको हेल्थ इकोसिस्टमसँग सजिलै एकीकृत गर्न सकिने छ । 

रिङमा वाटर रेसिसन्टेन्ट सुविधा उपलब्ध रहेको छ ।यसको अर्थ १०० मिटर पानीको गहिराइसम्म रिङ पुगे पनि सुरक्षित हुनेछ । यो रिङ विभिन्न ९ विकल्पको आकारमा उपलब्ध रहेको छ ।

ग्राहकहरूले अर्डर गर्दा आफुले आवश्यक साइजमा मगाउन सक्ने छन् । ग्यालेक्सी रिङको तौल 2.३ देखि ३ ग्रामसम्म रहेको छ भने औरा रिङको तौम ४ देखि ६ ग्रामसम्म रहेको छ । 

ग्यालेक्सी रिङको चौडाइ ७ एमएम र मोटाइ २.६ एमएम रहेको छ । यस्तै औरा रिङको चौडाई ७.९ एमएम र मोटाइ २.५ एमएम रहेको छ । 

ग्यालेक्सी रिङ ग्रेड ५ टाइटेनियममा बनेको छ । यो टाइटेनियम ब्ल्याक, टाइटेनियम सिल्भर र टाइटेनियम गोल्डमा उपलब्ध हुनेछ । 

साथै औरा रिङ एरोस्पेश ग्रेड टाइटेनियमबाट बनेको छ, जुन होरिजन र हेरिटेज गरी २ वटा स्टाइलमा आउने छ । 

सामसङ स्मार्ट रिङको मूल्य ३९९.९९ अमेरिकी डलरबाट सुरू हुनेछ । यस बाहेक औरा रिङको मूल्य २९९ अमेरिकी डलरबाट सुरू हुनेछ । होरिजन औरा रिङको मूल्य २९९ र होरिजन औरा रिङको मूल्य ३४९ डलरबाट सुरू हुने जनाइएको छ । 

तर औरा रिङका लागि सदस्यता लिनुपर्नेछ । पहिलो महिना निःशुल्क भएपनि त्यसपछि भने प्रति महिना ५.९९ डलर शुल्क तिर्नुपर्नेछ । 

रिङको ब्याट्री लाइफ लगातार पोरयोग गर्दा सातदिनसम्म हुनेछ । यो पोर्टबल चार्जिङ केस र वायरलेससहित आउने छ ।