फागुन ३ गते शनिबार हल्ट प्राइज एट आईओई, पुल्चोक क्याम्पसको सेमिफाइनल हुने भएको छ । सेमिफाइनल प्रतियोगितामा २५ उत्कृष्ट सेमिफाइनलिस्टहरू प्रतिस्पर्धा गर्नेछन् ।
‘अनलिमिटेड’ थिमका साथ आयोजना हुने सेमिफाइनलमा दिगो विकासका लक्ष्यसँग केन्द्रित रहेको बताइएको छ । कार्यक्रम शनिबार बिहान १० बजेदेखि एमआईटी कलेज बागबजारमा सञ्चालन हुनेछ ।
प्रतियोगिताको निर्णायकको रूपमा निकिता बज्राचार्य, उज्वल सिंह, राजन थापा र सतीश खड्का रहेका छन् ।
२५ टिममध्ये फाइनलका लागि शीर्ष १० टिमहरू छानिने छन । यो प्रतिस्पर्धा मात्र नभएर जोश, सिर्जनशीलता, र साहसको उत्सव भएको जनाइएको छ । 
 
 
                  
                  
               आईसीटी समाचार
                                      आईसीटी समाचार
                                   
                      
                      
                   
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                       
                       
                      