कीवर्डहरू -

हुन्डाईको नयाँ वर्ष योजना, विद्युतीय गाडी किन्दा ५० हजारसम्मको गो-ग्रीन बोनस

हुन्डाईको नयाँ वर्ष योजना, विद्युतीय गाडी किन्दा ५० हजारसम्मको गो-ग्रीन बोनस

हुन्डाई अटोमोवईल्सको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल ले नयाँ वर्षलाई मध्यनजर गर्दै 'हुन्डाई न्यू एयर डिलाइट २०२४' योजना ल्याएको छ ।

यो ग्राहकमुखि योजना पुष १६ देखि नेपाल भरिका सबै शोरुममा सुरु भएको कम्पनीले जनाएको छ । 
यस योजना अन्तर्गत, ग्राहकहरुले ५ लाखसम्मको आकर्षक नगद छुट, विद्युतीय गाडीको खरिद गर्दा प्रोत्साहन स्वरुप रु. ५० हजारसम्मको गो-ग्रीन बोनसका साथै गाडीको  मोडल इएरको आधारमा ५ लाख रूपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने छन् । 

यस योजनामा ग्राहकहरुलेगाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउनेछन् । सबै हुन्डाई  आईसीई गाडीहरुमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्ग र ईभी गाडीको ब्याट्रीमा ८ बर्ष र मोटरमा २ बर्ष वारेन्टी उपलब्ध हुनेछन्। 

यस स्किमबाट हुन्डाईको कुनैपनि Hatchback, Compact SUV, SUV तथा EV गाडी खरिद गरि फाईदा लिन सकिनेछ। लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरि १७ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु र ४३ बढी चार्जिङ पोइन्टहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।