कीवर्डहरू -

इन्स्टाग्राममा लाइभ लोकेशन फिचर सार्वजनिक

इन्स्टाग्राममा लाइभ लोकेशन फिचर सार्वजनिक

मेटाको स्वामित्वमा रहेको सामाजिक सञ्जाल एप इन्स्टाग्रामले नयाँ फिचर सार्वजनिक गरेको छ । यस नयाँ अपडेटपछि तपाईँ आफ्ना साथीहरूसँग लाइभ लोकेशन पनि शेयर गर्न सक्नुहुनेछ । यो फिचर मेटाकै अर्को एप ह्वाट्सएपमा लामो समयदेखि उपलब्ध थियो । इन्स्टाग्रामाको यो लाइभ लोकेशन शेयरिङ फिचर डायरेक्ट मेसेजमा स्टिकर प्याकसहित समावेश गरिएको छ ।  

इन्स्टाग्राममा लाइभ लोकेशन स्टिकर र निकनेमको साथ शेयर गर्न सकिनेछ, अर्थात् तपाईँ आफ्नो नामबाट फरक कुनै निकनेमको प्रयोग गरी लोकेशन साथीहरूसँग मेसेजमा शेयर गर्न सक्नुहुनेछ । इन्स्टाग्राम अपडेटअनुसार लाइभ लोकेशन अधिकतम १ घण्टासम्मको लागि शेयर गर्न सकिन्छ ।  

इन्स्टाग्रामको यो नयाँ फिचर विशेष गरी उनीहरूको लागि उपयोगी हुनेछ जो कतै नयाँ ठाउँमा जाँदैछन् वा कुनै विशेष स्थानमा साथीहरूसँग भेटघाट गर्न चाहन्छन । नयाँ फिचरले प्रयोगकर्ताहरूलाई वास्तविक समयमा लाइभ लोकेशन शेयर गर्ने सुविधा प्रदान गर्छ ।  

इन्स्टाग्रामको लाइभ लोकेशन फिचर कसरी प्रयोग गर्ने?

पहिले आफ्नो इन्स्टाग्राम एपलाई अपडेट गर्नुहोस् । अब डायरेक्ट मेसेजमा जानुहोस् ।  त्यहाँ तपाईँलाई धेरै प्रकारका स्टिकरहरू देखिनेछन् ।  तीमध्ये लोकेशन स्टिकर छनोट गर्नुहोस् ।  अब लोकेशनको एक्सेस दिनुहोस् र निकनेमसहित शेयर गर्नुहोस् ।