कीवर्डहरू -

एमजी जेडएस ईभीको अफर २० सेप्टेम्बरसम्म

एमजी जेडएस ईभीको अफर २० सेप्टेम्बरसम्म

नेपालमा एमजी मोटर्सको अधिकृत वितरक र आयातकर्ता पारामाउन्ट मोटर्सले एमजी जेडएस ईभी डिलक्सको अफर यही २० सेप्टेम्बरदेखि अन्त्य हुने जनाएको छ । 

एमजी मोटर्स नेपालले एमजी मोटर्सको १०० वर्षको उत्सव मनाउन भन्दै यो अफर नाडा अटो शोका बेलादेखि सुरु गरेको थियो। 

कम्पनीका अनुसार यो अफर पहिले अक्टोबर ५ सम्म चल्ने योजना रहेपनि ग्राहकहरूको अपूर्व प्रतिक्रिया र उच्च मागका कारण २० सेप्टेम्बरसम्ममात्रै सीमित गरिएको हो । अफर अवधिमा  ग्राहकहरूले एमजी जेडएस ईभी डिलक्सलाई चाडपर्वको मूल्य ४६.९९ लाखमा खरिद गर्न सक्नेछन्। 

पारामाउन्ट मोटर्सले दशैं अघि  सल्लाघारी र सुकेधारामा दुईवटा सेवा केन्द्र खोल्ने जानकारी समेत दिएको छ ।