पुस ६ गते शनिबार माइक्रोसफ्ट इम्याजिन कप २०२५ आईडियाथन आयोजना हुने भएको छ । आज काठमाडौंको थापाथलिस्थित ब्रिटिस कलेजमा माइक्रोसफ्ट इम्याजिन कप २०२५ आईडियाथन हुने भएको हो ।
दिउँसो ४ बजेदेखि बेलुका ६ बजेसम्म कार्यक्रम सञ्चालन हुनेछ । माइक्रोसफ्ट इम्याजिन कप २०२५ विश्वकै ठूलो सफ्टवेयर प्रतियोगिता हो, जुन नेपालमा पनि हुँदैछ ।
इन्नोभेसन, कोलाबोरेसन र मेन्टरशीपका लागि यो प्लेटफर्म उपयोगी रहेको आयोजकको भनाइ छ । कार्यक्रममा सहभागीले आईडिया र प्रोजेक्टमाथि उद्योगमा काम गरिरहेका विज्ञबाट मेन्टरशीप पाउने छन् । यस बाहेक सहभागीले माइक्रोसफ्ट एजुरे र एआई सम्बन्धि वर्कशप समेत पाउने छन् ।
यदी तपाई पनि आईडियाथनमा सहभागी हुन चाहनु हुन्छ भने यहाँ क्लिक गरेर आफ्नो नाम दर्ता गराउन सक्नुहुनेछ । साथै आईडियाथनमा मेन्टरशीप दिन चाहने मेन्टरले समेत यहाँ क्लिक गरेर आवेदन दिन सक्ने छन् । नाम दर्ता गर्न कुनै शुल्क लाग्ने छैन् ।