कीवर्डहरू -

एनसेल फाउन्डेसन घोषणा, डिजिटल डिभाइड र दिगो विकासमा काम गर्ने

एनसेल फाउन्डेसन घोषणा, डिजिटल डिभाइड र दिगो विकासमा काम गर्ने

एनसेल फाउन्डेसन घोषणा भएको छ । १९ओैं वार्षिकोत्सवको अवसरमा एनसेलले फाउन्डेसनको घोषणा गरेको हो । 

फाउन्डेसनमार्फत एनसेलले डिजिटल डिभाइड, दिगो विकास र आवश्यकता भएकाहरूलाई सहयोग गर्ने काम गर्नेछ ।

पछिल्लो १९ वर्षमा एनसेलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण लगायतका क्षेत्रमा २ अर्ब बढीको योगदान गरिसकेको एनसेलकी कर्पोरेट कम्युनिकेसन तथा सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले जानकारी दिइन् । 

अहिलेसम्म एनसेलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ अर्ब बढी योगदान गरिसकेको छ, जसबाट १ करोड ३० लाख बढी नागरिक लाभान्वित भएका छन् ।