कीवर्डहरू -

अब फोन चोरी भएपनि डेटा चोरी नहुने, के हो एन्ड्रोइड १५ को थेफ्ट डिटेक्शन लक फिचर ?

अब फोन चोरी भएपनि डेटा चोरी नहुने, के हो एन्ड्रोइड १५ को थेफ्ट डिटेक्शन लक फिचर ?

स्मार्टफोन महँगो होस् या सस्तो । कुनै पनि प्रयोगकर्ताका लागि यो एउटा मूल्यवान डिभाइस हो । यहाँ हामीले मूल्यवान भन्नुको अर्थ डिभाइसमा रहेको व्यक्तिगत र वित्तीय डेटाको कुरा गर्दैछौं । एक पटक यो डिभाइस गलत हातमा पर्नासाथ बैंक अकाउन्ट खाली हुन धेरै समय लाग्दैन् ।

यस्तो अवस्थामा कुनै प्रयोगकर्ताको फोन चोरी हुनु भनेको ठूलो समस्याको सुरुवात हो । धेरैपटक फोन चोरहरुले खोसेर लैजाने गर्दछन् । यस्तोमा, एन्ड्रोइड युजरहरूको लागि गुगल एउटा यस्तो फिचर ल्याउँदैछ, जसले युजरको फोन चोरी भए पनि चोरलाई कुनै पनि डेटा चोरी गर्नबाट रोक्नेछ ।

एन्ड्रोइड १५ सँगै कम्पनी थेफ्ट डिटेक्शन लक फिचर ल्याउँदैछ । यो फिचर के हो, कसरी काम गर्नेछ, जान्न तपाईंलाई पनि उत्सुकता लागेको होला । यस लेखमा तपाईंलाई यस फिचरबारे जानकारी दिइरहेका छौँ ।

थेफ्ट डिटेक्शन लक फिचर के हो ?

एन्ड्रोइड १५ ओएससँग आउने फिचर थेफ्ट डिटेक्शन लक फिचरको बारेमा गुगलले नै जानकारी दिएको छ । कम्पनीको भनाइ अनुसार, थेफ्ट डिटेक्शन लक फिचर गूगल एआईसँगै काम गर्नेछ । यस फिचरले फोन कसैले खोसेर लगेमा फिचरमार्फत फोन गलत हातमा गएको थाहापाउँछ । 

फोनले त्यसै समयमा थेफ्ट मोशन डिटेक्ट गर्नेछ र तुरुन्तै बिना ढिलाइ तपाईंको फोन लक गरिदिनेछ । अर्थात्, तपाईंको हातमा चलिरहेको फोनबाट चोरले तुरुन्तै तपाईंको डेटा दुरुपयोग गर्न सक्दैनन् । यसका लागि उसलाई केही समय लाग्नेछ । यति समयभित्र तपाईंले फोन फिर्ता पाउनका लागि सबै उपायहरू अपनाइसक्नुभएको हुनेछ । 

कुन फोनमा फिचर उपलब्ध हुनेछ?

थेफ्ट डिटेक्शन लक एउटा नयाँ फिचर हो । अहिलेसम्म एन्ड्रोइड युजरहरूका लागि यो फिचरको सुविधा उपलब्ध छैन् । एन्ड्रोइड १५ सँगै यो फिचर ल्याइँदैछ । यस्तोमा कम्पनीको भनाइअनुसार, यो फिचर यस वर्षको अन्त्यसम्म एन्ड्रोइड युजरहरूलाई उपलब्ध हुनेछ ।