कीवर्डहरू -

ओपन एआईले सार्वजनिक गर्‍यो नयाँ मोडल जीपीटी ४ ओ, निःशुल्क प्रयोग गर्न सकिने

ओपन एआईले सार्वजनिक गर्‍यो नयाँ मोडल जीपीटी ४ ओ, निःशुल्क प्रयोग गर्न सकिने

एआई कम्पनी ओपन एआईले आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ फ्ल्यागशिप मोडल जीपीटी ४ ओ (४o) सार्वजनिक गरेको छ । नयाँ मोडल जीपीटी ४ ओ टेक्स्ट, भ्वाइस र भिजनमा राम्रो काम गर्ने कम्पनीले जनाएको छ ।

ओपनएआईका सीईओ साम अल्टम्यान नयाँ मोडल अहिले सम्मकै उत्कृष्ट मोडल स्मार्ट र छिटो भएको बताउँछन् । यो च्याटजीपीटीको निःशुल्क संस्करणको रूपमा उपलब्ध गराइएको छ ।

साम अल्टम्यानले आफ्नो आधिकारिक एक्स ह्यान्डलबाट जीपीटी ४० को बारेमा जानकारी दिएका छन् । अल्टम्यानले सबै च्याटजीपीटी प्रयोगकर्ताका लागि नयाँ मोडल ल्याएको जानकारी दिएका छन् ।

नयाँ मोडलका लागि प्रयोगकर्ताले कुनै किसिमको शुल्क तिर्नुपर्ने छैन । अहिलेसम्म जीपीटी–४ मोडलको सुविधा हरेक महिना मासिक सदस्यता तिर्ने प्रयोगकर्तालाई मात्र उपलब्ध हुने गरेको थियो ।

ओपनएआईले नयाँ मोडल जीपीटी ४ ओ ईमेज सेयरिंग पनि गर्न दिन्छ । च्याटजीपीटीले अब ५० भन्दा बढी भाषाहरूलाई गर्ने समेत बताइएको छ । 

यसमा नेपाली, मैथिली, भोजपुरी जस्ता नेपाली भाषाहरू पनि समावेश छन् । कम्पनीले च्याटजीपीटीमार्फत भविष्यमा रियल टाइम भिडियोसँगै रियल टाइम कुराकानीलाई पनि सुधार गर्ने जनाएको छ ।