कीवर्डहरू -

तपाईले प्रयोग गर्ने मोबाइलको आईएमईआई नम्बर एमडीएमएसमा दर्ता छैन् ? यसरी गर्नुहोस् दर्ता

तपाईले प्रयोग गर्ने मोबाइलको आईएमईआई नम्बर एमडीएमएसमा दर्ता छैन् ? यसरी गर्नुहोस् दर्ता

नेपाल दूरसञ्चार प्राधिकरणले सोमबारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागु गर्ने भएको छ । पहिलो चरणमा हाई इण्ड अर्थात महंगो मोबाइल फोनको नेटवर्क लक गरेर प्राधिकरणले एमडीएमएस लागु गर्दैछ । 

यदी तपाईफोन एमडीएमएसमा दर्ता भएको छैन् भने पैसा तिरेर दर्ता गर्न सकिन्छ । गत जेठ १५ गतेसम्म आयात भएका तर दर्ता नभएका फोनहरू पैसा तिरेर दर्ता गर्न सकिन्छ । गत जेठ १५ सम्म आएका फोनलाई ग्रे लिष्टमा समावेश गरिएको छ । पैसा तिरेर ग्रे लिस्टमा भएको फोन दर्ता गर्न कम्तिमा पनि एउटा आईएमईआई नम्बर ग्रे सूचीमा हुनुपर्नेछ ।

दर्ता गर्न सुरूमा आफ्नो मोबाइलको आइएमईआई नम्बर दर्ता छ की छैन् थाहा पाउनु पर्ने हुन्छ । त्यसका लागि *#०६# डायल गरेर आफ्नो मोबाइलको आईएमईआई नम्बर थाहा पाउन सकिने छ । यदी तपाईको मोबाइलले २ वटा सिम सपोर्ट गर्छ भने २ वटा आईएमईआई नम्बर देखाउँछ र एउटा सपोर्ट गर्छ भने एउटा देखाउँछ । अनि यहाँ क्लिक गरी आफ्नो मोबाइलको आईएमईआई नम्बर राख्ने एमडीएमएसमा दर्ता भएको वा नभएको थाहा पाउन सकिने छ । 

कसरी गर्ने दर्ता ?

यदी तपाईको फोनको आईएमईआई नम्बर दर्ता भएको छैन् भने गत जेष्ठ १५ सम्म नेपालमा सञ्चालनमा आएका तर एमडीएमएस प्रणालीमा दर्ता नभएका मोबाइलहरूलाई तोकिएको राजश्व तिरी उक्त मोबाईलहरू दर्ता गर्न सकिने व्यवस्था गरिएको छ । तर त्यसका लागि दर्ता गर्नुपर्ने मोबाइलको कम्तिमा एउटा आईएमईआई नम्बर ग्रे लिष्टमा हुनुपर्ने छ । त्यसपछि मात्रै शुल्क तिरेर मोबाइल दर्ता गर्न सकिने छ ।

राजश्व अनलाईन नै तिर्न सकिने छ । एक लाख रुपैयाँभन्दा बढी मूल्यका मोबाइलका लागि लागि प्रति सेट १० हजार रुपैयाँ, अन्य स्मार्टफोनका लागि प्रति फोन सेट तीन हजार रुपैयाँ र स्मार्टफोन बाहेकका मोबाइलका लागि प्रति सेट २०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

ग्रे मोबाल दर्ताका लागि सुरूमा यहाँ क्लिक गर्नुहोस् । त्यहाँ आफ्नो मोबाइलको आईएमईआई लगायत अन्य आवश्यक व्यक्तिगत विवरण भरीसकेपछि तिर्नुपर्ने राजश्व स्वतः प्रणालीले नै देखाउछँ।

भुक्तानीका लागि कनेक्ट आईपीएस छनौट पश्चातः देखिने क्युआर कोडलाई स्क्यान गरी कुनै भुक्तानी सेवाप्रदायकको एप्लिकेसन प्रयोग गरी भुक्तानी गर्न सकिनेछ। भुक्तानी सफल भएपछि मोबाइल दर्ता हुनेछ ।