एनसेलको सेयर खरिदबिक्री कारोबार रोक्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।
प्रतिनिधिसभाका सदस्य अमेरेशकुमार सिंहले २०८० मंसिर २२ गते दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र सपना प्रधान मल्लको संयुक्त इजलासले खारेज गरिदिएको हो ।
सर्वोच्चले रिट खारेज गर्दै एनसेल र नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशनात्मक आदेश गरेको छ ।
२०८० मंसिरमा आजियाटाले आफ्नो स्वामित्व ८० प्रतिशत शेयर नेपाली मूलका शतिशाल आचार्यलाई करिब ६ अर्ब ६६ करोड रूपैयाँमा बिक्री गरेको थियो ।
त्यसपछि शेयर खरिद बिक्रीमा प्रश्न उठेपछि सरकारले उच्चस्तरीय छानबिन समिति समेत बनाएको थियो ।
यस्तो छ निर्देशनात्मक आदेश