कीवर्डहरू -

टाटा मोटर्सको म्याक्सचेञ्ज मेला हुँदै, जुनसुकै ब्राण्डका पुराना गाडीसँग नेक्सन म्याक्स साट्न सकिने

टाटा मोटर्सको म्याक्सचेञ्ज मेला हुँदै, जुनसुकै ब्राण्डका पुराना गाडीसँग नेक्सन म्याक्स साट्न सकिने

नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्गले म्याक्सचेञ्ज मेला गर्न लागेको छ । यस मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसंग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा नेक्सन म्याक्स साट्न सकिने कम्पनीले जनाएको छ । 

ग्राहकवर्गको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरु प्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै यस मेलाको आयोजना गरिएको कम्पनीको भनाइ छ ।  मेला यहि मंसिर १५ गतेदेखि मंसिर १७ गतेसम्म टाटा मोटर्सको शोरुम थापाथली र सल्लाघारी भक्तपुरमा आयोजना गर्न लागिएको हो । 

म्याक्सचेञ्ज मेलामा निःशुल्क रुपमा इभी गाडीहरुका लागि फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनस प्राप्त गर्न सकिनेछ । साथै प्रत्येक टेस्ट ड्राइभमा गिफ्ट ह्याम्पर, हरेक दिन लक्की ड्र मार्फत स्मार्ट वाच र बम्पर उपहारमा आइफोन १५ लगायतका आकर्षक उपहारहरु रहेका छन् ।  

यस म्याक्सचेञ्ज मेलाको अबसरमा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् । साथै यस कार्यक्रममा सहभागी भई नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउन कम्पनीले अनुरोध गरेको छ ।