कीवर्डहरू -

टाटा मोटर्सको फन कार्निभल, जुनसुकै ब्राण्डका पुराना गाडीसँग नेक्सन र टियागो इभी साट्न सकिने

टाटा मोटर्सको फन कार्निभल, जुनसुकै ब्राण्डका पुराना गाडीसँग नेक्सन र टियागो इभी साट्न सकिने

नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक, सिप्रदी ट्रेडिङले टाटा मोटर्स फन कार्निभल ३.० कार्यक्रमको आयोजना गर्न लागेको छ । सो कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन इभी र टियागो इभी लगायतका गाडीहरु साट्न सकिनेछ ।

ग्राहकवर्गको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीप्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै यस मेलाको आयोजना गरिएको कम्पनीको भनाइ छ । मेला यही पौष २० गतेदेखि २२ गतेसम्म उपत्यकाभित्र टाटा मोटर्सको शोरुम थापाथली, वेष्टर्न मोटर्स् महाराजगंज , जे.बि. मोटर्स् बालकुमारीमा, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. राधेराधे, भक्तपुर र उपत्यका बाहिर इटहरी र धनगढिमा आयोजना हुनेछ । 

फन कार्निभल ३.० मा टाटाका गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क रुपमा इभी गाडीहरुका लागि फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा इलेक्ट्रिकल स्कुटर प्राप्त गर्नेछन् । यस कार्निभलका मुख्य उद्देश्य भनेको ग्राहकवर्गलाई खेल तथा मनोरञ्जन मार्फत नौलो अनुभुति गर्दै गाडी किन्ने फरक एक्सपेरियन्स प्रदान गर्नु भएको कम्पनीको भनाइ छ । 

कार्यक्रमको अबसरमा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् ।  साथै यस कार्यक्रममा सहभागी भई नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउन सक्ने कम्पनीले जनाएको छ ।