अग्रणी विद्युतीय सवारी निर्माता ओमोडा, युरोपमा नै गाडी उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनी बनेको छ । आफ्नो व्यवसायलाई फराकिलो बनाउँदै ओमोडाले युरोपमा गाडी उत्पादन गर्न थालेको हो ।
अहिले विश्वभर विद्युतीय गाडीको प्रयोग बढ्दो छ । विभिन्न देशका सरकारले पनि विद्युतीय गाडीलाई प्रोत्साहन गरिरहेका छन् । गत १९ अप्रिलमा, स्पेनमा आयोजित उद्घाटन समारोहमा स्पेनका राष्ट्रपति ‘पेड्रो सान्चेज पेरेज-कास्टेजन’को प्रत्यक्ष्य उपस्थिति सहित अन्य युरोपेली प्रभावशाली नेताहरूको उपस्थितिमा ओमोडाको पहिलो युरोपेली फ्याक्ट्रि प्लान(योजना) सार्वजनिक गरिएको थियो ।
यसअघि फेब्रुअरी २०२४ मा स्पेनको म्याड्रिडमा आयोजित समारोहमा ओमोडाको पहिलो ‘अल-इलेक्ट्रिक क्रसओभर एसयुभि ओमोडा ई ५ को स्पेनिस बजारमा सार्वजनिक गरिएसँगै ओमोडा युरोपको बजारमा प्रवेश गर्ने ‘चेरी ग्रुप’को पहिलो ब्रान्ड बनेको थियो ।
केही समय अगाडि मात्रै अमोडा नेपाली बजारमा प्रवेश गरेको थियो । गत फेब्रुअरीमा ओमोडा ई फाइभ गाडी सार्वजनिक भएको थियो ।