कीवर्डहरू -

यी सुविधा, जुन एन्ड्रोइड स्मार्टफोनमा छन् आइफोनमा छैनन्

यी सुविधा, जुन एन्ड्रोइड स्मार्टफोनमा छन् आइफोनमा छैनन्

विश्वमा यतिबेला एप्पलको नयाँ आइफोन सिरिज १६ को निकै चर्चा भइरहेको छ । धेरै मानिसहरू आइफोन १६ किन्न इच्छुक देखिएका छन् । 

त्यसो त फिचरकै लागि आईफोन १६ मा अपग्रेड गर्न नचाहने मानिसको संख्या पनि धेरै रहेको यसअघि एउटा अध्यनले देखाएको थियो । यद्यपि लामो समयपछि पनि आइफोनप्रति मानिसहरूको क्रेज कम भएको छैन् ।

एप्पल कम्पनीले हरेक वर्ष आइफोनमा केही न केही परिवर्तन गरेर बजारमा ल्याउँछ । तर के तपाईंलाई थाहा छ, एन्ड्रोइड स्मार्टफोनमा धेरै यस्ता फिचरहरू पाइन्छन्, जुन आइफोन प्रयोगकर्ताहरूलाई उपलब्ध रहेको छैन् ।

कस्टमाइजेसनमा भिन्नता

एन्ड्रोइड स्मार्टफोनमा प्रयोगकर्ताहरूलाई कस्टमाइजेसनको लागि धेरै विकल्पहरू उपलब्ध हुन्छन् । साथै एन्ड्रोइड स्मार्टफोनमा राम्रो गेमिङ अनुभवका साथै धेरै विकल्पहरू उपलब्ध हुन्छन् । यद्यपि, आइफोनमा कस्टमाइजेसनको विकल्प पहिलेभन्दा राम्रो भएको छ र नयाँ सिरिजमा यो सुविधा पाइन्छ, तर पुराना आइफोनमा यो सुविधा उपलब्ध थिएन ।

मूल्य र विकल्पमा फरक

बजारमा एन्ड्रोइड स्मार्टफोनका धेरै विकल्पहरू उपलब्ध छन् ।  धेरै कम्पनीहरूले एन्ड्रोइड स्मार्टफोनको उत्पादन गर्छन् र यसलाई विश्वभर बेच्दछन् । तर आइफोनसँग त्यस्तो हुँदैन, आइफोन मात्र एप्पल कम्पनीले बनाउँछ र यसको कुनै विकल्प हुँदैन् । साथै, एन्ड्रोइड स्मार्टफोनको मूल्य पनि कम हुन्छ, तर आइफोनको लागि बढी रकम खर्च गर्नुपर्छ ।

स्टोरेज विकल्प

एन्ड्रोइड स्मार्टफोनमा स्टोरेजको लागि राम्रो विकल्प उपलब्ध हुन्छ । साथै धेरै फोनहरूमा अलग्गै एसडी कार्ड लगाउने विकल्प पनि पाइन्छ । तर आइफोनको स्टोरेज बढाउन कुनै विकल्प हुँदैन् ।

कस्टम रोम

एन्ड्रोइड स्मार्टफोनमा कस्टम रोमको विकल्प पाइन्छ । यदि फोनलाई पूर्ण रूपमा कस्टमाइज गर्न चाहनुहुन्छ भने कस्टम रोम इन्स्टल गर्न सक्नुहुन्छ । यद्यपि, आइफोनमा यस्ता कुनै सुविधाहरू उपलब्ध छैनन् ।