कीवर्डहरू -

ट्रान्ससेन्डको वाटरप्रुफ प्रोर्टेबल एसएसडी नेपालमा उपलब्ध

ट्रान्ससेन्डको वाटरप्रुफ प्रोर्टेबल एसएसडी नेपालमा उपलब्ध

नेपालमा ट्रान्ससेन्डको वाटरप्रुफ प्रोर्टेबल एसएसडी सार्वजनिक भएको छ । नेपालका लागि ट्रान्ससेन्डको आधिकारिक वितरक नागमनी इन्टरनेशनलले प्रोर्टेबल एसएसडी (ESD410C) उपलब्ध गराएको हो । 

ट्रान्ससेन्डको ESD410C एसएसडी फास्ट, दिगो र प्रोफेसनलहरूका लागि उपयुक्त भएको नागमनीले जनाएको छ । यसको ट्रान्सफर गती प्रतिसेकेण्ड २ हजार एमबी रहेको छ । 

६५ ग्राम तौल रहेको यस एसएसडीमा डेटा सुरक्षाका लागि उच्चस्तरको प्रविधि अपनाइएको छ । आउटडोर फोटोग्राफर, ट्राभलर र कन्टेन्ट क्रियटरका लागि राम्रो हुने कम्पनीको भनाइ छ ।

एसएसडीमा एसएलसी क्याच एकीकृत गरिएको छ । यो २ र ४ टिबी स्टोरेज भेरियन्टमा उपलब्ध छ । २ टिबी भेरियन्टको मूल्य ३९ हजार ९९९ रूपैयाँ र ४ टिबी भेरियन्टको मूल्य ७५ हजार रूपैयाँ तोकिएको छ ।