कीवर्डहरू -

सामाजिक सञ्जालको प्रयोग गरी यौन व्यवसाय सञ्चालन गर्ने २ जना पक्राउ

सामाजिक सञ्जालको प्रयोग गरी यौन व्यवसाय सञ्चालन गर्ने २ जना पक्राउ

अनलाईनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका नाईकेहरु पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाईनबाट यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका २ जना नाईकेलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा काभ्रेप्लाञ्चोक घर भइ अहिले काठमाडौंको लाजिम्पाट बस्ने २७ वर्षिय सुरेश कुमार श्रेष्ठ र काठमाडौंका २७ वर्षिय सुरज खड्का रहेका छन् । 

उनीहरूले काठमाण्डौ उपत्यकाको विभिन्न स्थानहरुबाट सामाजिक संजालको प्रयोग गरी यौन व्यवसाय सञ्चालन गर्ने गरेका थिए । 

उनीहरूलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाईएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।