कीवर्डहरू -

एप्लिकेसन

इन्स्टाग्रामको नयाँ सुविधा : पोस्ट भइसकेको कमेन्ट पनि सच्याउन सकिने

काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्रामले प्रयोगकर्ताका लागि नयाँ सुविधा थप्दै अब कमेन्ट सम्पादन (एडिट) गर्ने विकल्प उपलब्ध गराएको छ । यससँगै प्रयोगकर्ताले पोस्टमा गरेको कमेन्टमा भएका गल्तीहरू पोस्ट गरेपछि पनि सच्याउन सक्ने भएका छन् ।

कम्पनीका अनुसार यो फिचर चरणबद्ध रूपमा विश्वभरका प्रयोगकर्तासम्म विस्तार भइरहेको छ । नयाँ अपडेटपछि प्रयोगकर्ताले कमेन्ट पोस्ट गरेको १५ मिनेटभित्र त्यसलाई परिमार्जन गर्न सक्नेछन् । सो अवधिभित्र चाहेजति पटक कमेन्ट संशोधन गर्न मिल्ने व्यवस्था गरिएको छ ।

यो सुविधा प्रयोग गर्न प्रयोगकर्ताले आफ्नो कमेन्टमा ट्याप गर्दा देखिने ‘एडिट’ विकल्प रोज्नुपर्ने हुन्छ । त्यसपछि खुल्ने पप–अपमा आवश्यक परिवर्तन गरेर पुन: सेभ गर्न सकिन्छ । तर, कमेन्टमा संलग्न तस्बिर वा अन्य मिडिया फाइल भने परिवर्तन गर्न नपाइने जनाइएको छ ।

पारदर्शिता कायम राख्न एडिट गरिएको कमेन्टमुनि ‘Edited’ भन्ने संकेत देखिनेछ, जसले अन्य प्रयोगकर्तालाई उक्त कमेन्ट संशोधन गरिएको जानकारी दिनेछ । यद्यपि, यसमा हिस्ट्री हेर्ने सुविधा छैन, जसका कारण पहिलेको सामाग्री हेर्न सकिने छैन ।

इन्स्टाग्रामको यो नयाँ अपडेटले सानो त्रुटिका कारण कमेन्ट हटाउनु पर्ने बाध्यता हटाउँदै प्रयोग अनुभवलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।

एप्लिकेसन

नेटफ्लिक्सद्वारा बालबालिकाका लागि ‘प्लेग्राउन्ड’ नामक नयाँ गेमिङ एप सार्वजनिक

नेटफ्लिक्सले स्मार्टफोन र ट्याब्लेटका लागि ‘प्लेग्राउन्ड’ नामक निःशुल्क गेमिङ एप सार्वजनिक गरेको छ। यो एप विशेषगरी ८ व…

युरोपमा उमेर प्रमाणीकरण कडा बनाउँदै टिकटक, नयाँ उमेर पहिचान प्रविधि लागू हुने

टिकटकले युरोपभर आफ्ना उमेर प्रमाणीकरण कडा बनाउने घोषणा गरेको छ। कम्पनीले आउँदो केही हप्ताभित्र युरोपियन इकोनोमिक एरिया (EEA)…

थ्रेड्सका मासिक सक्रिय प्रयोगकर्ता ४० करोड नाघे

मेटाको एक्स प्रतिस्पर्धी ‘थ्रेड्स’ले प्रयोगकर्ता संख्या तीव्र गतिमा बढाइरहेको छ । फास्ट कम्पनीले सार्वजनिक गरेको तथ्याङ्कअ…

ह्वाट्सएपमा एआई ‘म्यासेज समरिज’ फिचर आउँदै

मेटाले ह्वाट्सएपमा नयाँ फिचर ‘म्यासेज समरिज’ थप गर्ने भएको छ । यसले एआईको प्रयोग गरेर नपढिएका सन्देशहरूलाई केही ब…

गोकर्णेश्वर नगरपालिकाले सार्वजनिक गर्‍यो मोबाइल एप, के के छन् सुविधा ?

गोकर्णेश्वर नगरपालिकाले नागरिकहरूको सुविधा लक्षित गर्दै आधिकारिक मोबाइल एप सार्वजनिक गरेको छ । नगरवासीहरूलाई अनलाइनबाटै सेवा…

टिकटकले ‘एआई अलाइभ’ फिचर, फोटोलाई भिडियोमा रूपान्तरण गर्न सकिने

टिकटकले ‘एआई अलाइभ’ नामक नयाँ एआई फिचर सार्वजनिक गरेको छ । यस फिचरबाट टिकटक स्टोरिजमा नै स्थिर तस्वीरलाई चलायमा…

माइक्रोसफ्टको रिकल र सुधारिएको विन्डोज सर्च फिचर कोपाइलट एआई पीसीमा विस्तार

माइक्रोसफ्टले आफ्नो विवादास्पद रिकल फिचर घोषणा गरेको करिब एक वर्ष पछि अन्ततः कोपाइलट प्लस एआई पीसीहरूमा यसको सुरुवात गरेको छ ।…

ह्वाट्सएपमा गरिएको च्याट अब एक्सपोर्ट गर्न नसकिने

ह्वाट्सएपले नयाँ फिचर ‘एड्भान्स च्याट प्राइभेसी’ फिचर ल्याएको छ । यो फिचरको काम भनेको प्रयोगकर्ताहरूलाई कुराकानीको स…

अमेरिकी स्वामित्व बिक्रीका लागि टिकटकले पायो पुन: ७५ दिनको समय

टिकटकले अमेरिकाको स्वामित्व बेच्न पुनः ७५ दिनको समय पाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को कार्यकारी आदेशमा हस्ताक्षर गर्दै कम्प…

टिकटकमा आयो सेक्युरिटी चेकअप सुविधा, अकाउन्टलाई सुरक्षित राख्न सघाउने

टिकटकले सेक्युरिटी चेकअप सुविधा थप गरेको छ । टिकटक अकाउन्टलाई सुरक्षित राख्न मद्दत गर्न उद्देश्यले सेक्युरिटी चेकअप सुविधा ल्याइए…

इन्स्टाग्राममा अप्रत्याशित रूपमा अनावश्यक र हिंसक सामग्री देखिन थालेपछि प्रयोगकर्ताहरू चिन्तित

थुप्रै इन्स्टाग्राम प्रयोगकर्ताहरूले आफ्नो फिडमा अचानक नट स्यूटेबल फर वर्क (एनएफएसडब्लु अर्थात अनावश्यक सामग्री) र हि…

ब्राजिलको सर्वोच्च अदालतद्वारा एक्सलाई १.४ मिलियन अमेरिकी डलर जरिवाना

ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश एलेक्जेन्डर डी मोरेसले बुधबार सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पहिले ट्विटर) लाई  ८.१ मिलि…

इन्स्टाग्राममा नयाँ डीएम फिचर : अब मेसेज ट्रान्सलेसन, सेड्युलिङ, पिन, र म्युजिक सेयरिङ सजिलो

इन्स्टाग्रामले बुधबार डायरेक्ट मेसेज (डीएम) का लागि नयाँ फिचरहरू घोषणा गर्यो । यी नयाँ फिचरहरू आएपछि प्रयोगकर्ताहरूले १ः१ च्याट…

अब फेसबुकमा लाइभ गरिएका भिडियो ३० दिनभन्दा बढी स्टोर नहुने, पूराना पनि डिलिट हुँदै

अब फेसबुकमा लाइभ गरिएका भिडियो ३० दिनभन्दा बढी स्टोर नहुने भएका छन् । मंगलबार फेसबुकले फेसबुकमा लाइभ गरिएका भिडियो ३० दिनभ…

इन्स्टाग्राममा आउँदैछ डिसलाइक बटन, अब मन नपरेको पोष्ट डिसलाइक गर्न सकिने

इन्स्टाग्राम प्रयोगकर्ताहरूलाई प्रायः यो एउटा गुनासो हुने गर्छ ।  उनीहरू कुनै पोस्टलाई लाइक त गर्न सक्छन्, तर यदि कुनै सामग्री…