एप्लिकेसन
अब एउटै एपमा पीडीएफ स्क्यानदेखि कर हिसाबसम्म, नेपा एपमा थपिए नयाँ सुविधा
काठमाडौं । नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै सञ्चालनमा रहेको नेपा एपले नयाँ संस्करण सार्वजनिक गर्दै दैनिक जीवनमा उपयोगी हुने १० भन्दा बढी नयाँ उपकरण थप गरेको छ । एपलाई थप उपयोगी, सहज र बहुउद्देश्यीय बनाउने उद्देश्यले नयाँ उपकरण तथा सुविधा थप गरिएको हो ।
नयाँ संस्करणमा पीडीएफ कागजात स्क्यान, क्यूआर कोड स्क्यान, इन्टरनेट गति परीक्षण, महिनावारी चक्र विवरण, एकाइ रूपान्तरण, हिसाब, टिपोट तथा सम्झना, ऋण हिसाब, स्थान पत्ता लगाउने र कर हिसाब लगायतका उपकरण समावेश गरिएको छ ।
पीडीएफ कागजात स्क्यान गर्ने उपकरणमार्फत प्रयोगकर्ताले मोबाइलबाटै आवश्यक कागजात स्क्यान गरी पीडीएफ फाइल बनाउन सक्नेछन् । त्यस्तै, क्यूआर कोड स्क्यान गर्ने उपकरणबाट विभिन्न क्यूआर कोड सहजै स्क्यान गर्न सकिनेछ । इन्टरनेट गति परीक्षण सुविधाबाट मोबाइलमा प्रयोग भइरहेको इन्टरनेटको गति परीक्षण गर्न सकिनेछ ।
विशेष गरी महिलाका लागि उपयोगी हुने महिनावारी चक्र विवरण राख्ने उपकरण मार्फत महिनावारीको चक्र तथा सम्बन्धित मितिको विवरण राख्न सकिनेछ । यसबाट सम्भावित महिनावारीको मितिबारे जानकारी लिनुका साथै आवश्यक समयमा सम्झना गराउने सूचना पनि प्राप्त गर्न सकिनेछ ।
त्यसैगरी, एकाइ रूपान्तरण र हिसाब गर्ने उपकरणले दैनिक आवश्यक पर्ने सामान्य गणना तथा विभिन्न एकाइ रूपान्तरणलाई सहज बनाउनेछ । टिपोट तथा सम्झना गराउने सुविधामार्फत प्रयोगकर्ताले महत्वपूर्ण कुरा लेखेर सुरक्षित राख्न तथा आवश्यक समयमा सम्झना गराउन सूचना निर्धारण गर्न सक्नेछन् । यसमा महत्वपूर्ण जानकारीलाई आवाजको टिपोटका रूपमा सुरक्षित राख्न सकिने सुविधा समेत समावेश गरिएको छ ।
ऋण हिसाब गर्ने उपकरणबाट ऋणको किस्ता तथा भुक्तानीसम्बन्धी सामान्य गणना गर्न सकिनेछ भने कर हिसाब गर्ने उपकरणबाट आम्दानी तथा करसम्बन्धी अनुमानित गणना गर्न सकिनेछ । त्यस्तै, स्थानसम्बन्धी सुविधामार्फत प्रयोगकर्ताले आफ्नो स्थानबारे जानकारी प्राप्त गर्न सक्नेछन् ।
नेपा एपका अनुसार नयाँ उपकरण तथा सुविधा थप गर्नुको मुख्य उद्देश्य नेपाली प्रयोगकर्ताले दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न डिजिटल सेवा एउटै एपमार्फत सहज रूपमा प्रयोग गर्न सक्ने वातावरण बनाउनु हो । प्रयोगकर्ताको आवश्यकता र सुझावका आधारमा आगामी दिनमा थप उपयोगी सुविधा तथा उपकरण थप गर्दै जाने एपले जनाएको छ ।
नेपा एपमा यसअघि नै नेपाली पात्रो, पञ्चाङ्ग, राशिफल, नेपाली समाचार, जिल्ला समाचार, नेपाली एफएम रेडियो तथा चर्चामा रहेका विषयलगायत विभिन्न सामाग्री उपलब्ध हुँदै आएका छन् । नयाँ उपकरण तथा आगामी सुविधासँगै नेपाली प्रयोगकर्ताका दैनिक आवश्यकता र उपयोगी जानकारीलाई एउटै माध्यमबाट उपलब्ध गराउने लक्ष्य एपले लिएको जनाएको छ ।
एप्लिकेसन
एआईको आधारमा कर्मचारी हटाएको आरोपमा मेटाविरुद्ध २६ कर्मचारीको मुद्दा
काठमाडौं । फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मातृ कम्पनी मेटाविरुद्ध २६ जना पूर्वकर्मचारीले अमेरिकाको क्यालिफोर्…
संवेदनशील फाइल सुरक्षित राख्ने नि:शुल्क एप ‘क्रिप्टोमेटर’
काठमाडौं । आजको डिजिटल समयमा व्यक्तिगत तथा व्यावसायिक फाइलहरूको सुरक्षा निकै महत्वपूर्ण बनेको छ । धेरैजसो मा…
आईओएस २७ मा परिवर्तनको तयारी, नयाँ वाच फेसदेखि एआई सिरीसम्म आउँदैछ नयाँ फिचर
काठमाडौं । एप्पलले आगामी आईओएस २७ मा तीनवटा महत्वपूर्ण नयाँ फिचर थप्ने तयारी गरेको छ । रिपोर्टअनुसार, नयाँ …
व्यक्तिगत र अफिसको नम्बर छुट्टै राख्न सजिलो, व्हाट्सएपमा आयो मल्टी अकाउन्ट फिचर
काठमाडौं । व्हाट्सएपले iPhone प्रयोगकर्ताहरूका लागि नयाँ र उपयोगी फिचर सार्वजनिक गर्न सुरु गरेको छ । अब प्रयो…
इन्स्टाग्राममा नयाँ फिचर : पोस्टको स्थान अब एक क्लिकमै परिवर्तन
काठमाडौं । इन्स्टाग्रामले प्रयोगकर्ताहरूलाई आफ्नो प्रोफाइल ग्रिड अझ आकर्षक र व्यवस्थित बनाउन नयाँ सुविधा उपलब्ध गर…
ह्वाट्सएपले ल्यायो नयाँ ‘भ्यू वन्स’ फिचर, अब टेक्स्ट मेसेज पनि एकपटकमै मेटिने
काठमाडौं । विश्वव्यापी रूपमा लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले प्रयोगकर्ताको गोपनीयता र सुरक्षा थप सुदृढ बनाउने …
‘परराष्ट्र मित्र’ एप सार्वजनिक, आपतकालीन सहायता र गुनासो दर्ता गर्न सकिने
काठमाडौं । परराष्ट्र मन्त्रालयले सहज रुपमा कन्सुलर सेवा प्रदान गर्न परराष्ट्र मित्र मोबाइल एप्लिकेसन सार्वजनिक गरे…
ट्रिप टर्बो र अगोडाबीच साझेदारी : अब नेपाली मुद्रामै अन्तर्राष्ट्रिय होटल बुक गर्न सकिने
काठमाडौं । नेपालको अनलाइन ट्राभल मार्केटप्लेस ‘ट्रिप टर्बो’ले विश्वव्यापी डिजिटल ट्राभल प्लेटफर्म &l…
नागरिक एपमा जन्म, विवाह र सम्बन्ध विच्छेद प्रमाणपत्र लिंक गर्ने सुविधा थपियो
काठमाडौं । नागरिक एपले आफ्नो सेवा विस्तार गर्दै जन्म दर्ता, विवाह दर्ता तथा सम्बन्ध विच्छेद (डिभोर्स) सम्बन्धी प्रम…
स्पोटिफाइले ल्यायो एआई पोडकास्ट फिचर, अब आफ्नै आवाजमा व्यक्तिगत सामाग्री बनाउन सकिने
काठमाडौं । लोकप्रिय अडियो स्ट्रिमिङ प्लेटफर्म स्पोटिफाइले एआई एजेन्ट प्रयोग गरेर व्यक्तिगत पोडकास्ट बनाउन सकिने न…
धेरै एप र ट्याबको झन्झटबाट मुक्ति, फर्डियमसँग सबै सेवा एउटै ठाउँमा
काठमाडौं । फर्डियम एक नि:शुल्क तथा ओपन सोर्स एप हो, जसले तपाईंका सबै मेसेजिङ र उत्पादकता सेवाहरूलाई एउटै स…
च्याटदेखि पैसा ट्रान्सफरसम्म : एक्स च्याटले बदल्दैछ डिजिटल प्रणाली
काठमाडौं । अमेरिकी अर्बपति इलन मस्कले फेरि टेक दुनियाँमा नयाँ प्रतिस्पर्धा सुरु गरेका छन् । यस पटक उनले What…
युट्युब प्रयोगकर्ताका लागि राहत : नहेरेका च्यानलका नोटिफिकेशन म्युट हुने
काठमाडौं । युट्युबले प्रयोगकर्ताको अनुभव सुधार गर्न नहेर्ने च्यानलबाट आउने नोटिफिकेशन स्वतः म्यूट गर्ने नयाँ व्य…
WhatsApp को नयाँ प्राइभेसी फिचर : ‘After Reading’ के हो ?
काठमाडौं । WhatsApp ले प्रयोगकर्ताको गोपनीयता अझ मजबुत बनाउने उद्देश्यसहित नयाँ “After Reading&rdquo…
युट्युबले ल्यायो नयाँ टुल : मोबाइल फिडबाट Shorts हटाउन सकिने
काठमाडौं । युट्युबले आफ्नो मोबाइल एपमा प्रयोगकर्ताको अनुभव सुधार गर्दै ‘Shorts’ भिडियो नियन्त्रण …