एप्लिकेसन
नेपालको पर्यटनलाई प्रवर्द्धन गर्ने भाइबर यात्रा अभियान, एकजनाले गोक्यो लेकको ट्रिप पाउने
नेपालको पर्यटन गतिविधिलाई गतिशील बनाउने प्रयासस्वरूप राकुटेन भाइबरले आफ्नो यात्रा अभियानको दोस्रो सिजन सुरू गर्ने भएको छ ।
समाजका विभिन्न पक्ष र पाटाहरूलाई मूलप्रवाहमा ल्याई आफ्ना प्रयोगकर्ताका लागि नयाँ नयाँ अनुभवहरु प्रदान गर्ने भाइबरको उद्देश्य अनुरुपको यो कार्यक्रम यस पटकको अभियान चर्चित ट्राभल इन्फ्लुएन्सर घुमन्तेको सहयोगमा सम्पन्न हुनेछ ।
घुमन्तेले च्यानललाई विभिन्न गन्तव्यहरू प्रस्तुत गर्ने क्विज पोस्ट गर्दै रमाइलो तरिकाले ६ हप्तासम्म चलाउनेछन्, जहाँ प्रयोगकर्ताहरूले १५ हजार रूपैयाँ नगद पुरस्कार जित्न सक्नेछन्।
यसका साथै एक भाग्यशाली विजेताले धर्तीकै स्वर्गसमान मनमोहक गोक्यो लेकमा अल एक्सपेंसेस पेड ट्रीप गर्ने अवसर प्राप्त गर्नेछन् । यस अभियान पश्चात्, छानिएका फ्यानहरूले आफ्नो मनपर्ने ट्राभल भ्लगर घुमन्तेसँग जोडिन, अनुभवहरू आदान प्रदान गर्न र यात्रासम्बन्धि विशेषज्ञ सुझावहरू सङ्कलन गर्नका लागि पनि मिट-एण्ड-ग्रीट गर्न सक्नेछन्।
अभियान अवधिभर घुमन्तेले गाइडको भूमिका बहन गर्दै हरेक हप्ता एक नयाँ नेपाली गन्तव्यको बारेमा बताउने छन् । यसका साथै विशेष सामग्रीहरु, व्यक्तिगत कथाहरू र मनमोहक दृश्यहरूसहित प्रयोगकर्ताहरूलाई एक्सप्लोर नेपाल च्यानल मार्फत देशका चर्चा पाउन बाँकी तर सुन्दर अनि आकर्षक स्थानहरुका बारेमा सूचनामुलक जानकारीहरु प्रदान गरिनेछ।
यस सहकार्यप्रति आफ्नो उत्साह प्रकट गर्दै घुमन्तेले भाइबरको यस अभियानसँग जोडिन पाउँदा सम्मानित महशुस गरेको बताए ।
‘हामीसँग दर्शकहरुका लागि आश्चर्यचकित पार्ने कुराहरु धेरै छन्,’ उनले भने, ‘त्यसैले उहाँहरुलाई हाम्रो देशका सुन्दर ठाउँहरु आफ्नै आँखाले देखाउन र महशुस गराउन एकदम लालायित छु।’
यो अभियानमा प्रयोगकर्ताको मनमा रहेको यात्राको किरोलाई शान्त पार्ने र एडभेन्चर्सलाई सहज गरिदिने अभियान भएको राकुटेन भाइबरमा एपाक का डाईरेकटर डेविड चेले बताए ।
‘यसको अग्रसरताका लागि घुमन्तेभन्दा उत्कृष्ट विकल्प को नै हुन सक्छ । म ढुक्क छु उहाँले यात्राका उत्कृष्ट पलहरुलाई हाम्रा सब्सक्राइबर्सका अघिल्तिर ल्याउन विशेष भूमिका खेल्नु हुनेछ,’ उनले भने ।
प्रयोगकर्ताहरुले यात्रा अभियानका बारेमा पछिल्ला अपडेट र सूचनाहरु प्राप्त गर्नका लागि एक्सप्लोर नेपाल च्यानललाई सब्सक्राइब गर्न सक्ने छन् ।
एप्लिकेसन
ह्वाट्सएमा अब एचडी क्वालीटीमा स्टाट्स सेयर गर्न सकिने
अब ह्वाट्सएप स्टाट्स सेयर गर्दा एचडी क्वालिटीमै फोटो–भिडियो शेयर गर्न सकिने भएको छ । वाबेटाइन्फोको प…
टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरूद्ध परेका रिट हेर्न नभ्याइने सूचीमा
टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णय विरूद्ध परेका रिट हेर्न नभ्याइनेमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मा…
अब इन्स्टाग्राममा पनि ह्वाट्सएप स्टेटस सेयर गर्न सकिने
इन्स्टाग्राममा पनि ह्वाट्सएप स्टेटस सेयर गर्ने सुविधा सार्वजनिक हुने भएको छ । वाबेटाइन्फोको रिपोर्ट अनुसार ह्वाट्सएपका प्रयोगकर्ताहरू…
पुनः सञ्चालनमा आयो टिकटकजस्तै नेपाली एप रमाइलो, यसरी गर्नुस् प्रयोग
नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडियोहरूका लागि सार्वजनिक भइ केही दिन रोकिएको मोबाइल एप 'रमाइलो' पुन:…
अब इन्स्टाग्रामबाट रिल डाउनलोड गर्न सकिने
मेटाले आफ्ना प्रयोगकर्ताहरूका लागि इन्स्टाग्राम रिल्स डाउनलोड फिचर ल्याएको छ । प्रयोगकर्ताहरूले अब सार्वजनिक अकाउन्टहरूबाट आफ्नो रिल…
टिकटक चलेन ? विकल्प बन्न सक्छ नेपाली भिडियो एप 'रमाइलो'
नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडियोहरूका लागि मोबाइल एप 'रमाइलो' सार्वजनिक भएको छ ।
टिकटक प्रतिबन्ध विरुद्धको रिट 'हेर्न नभ्याइने'मा
टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धका रिटमा सोमबार हेर्न नभ्याइनेमा परेको छ । सर्वोच्च अदालतका अनुसार टिकटक प्रतिबन्ध लग…
युट्युबमा आयो आस्क बटन फिचर, प्रयोगकर्ताले भिडियोसँग सम्बन्धित प्रश्न सोध्न सक्ने
युट्युबले आस्क बटन फिचर सार्वजनिक गर्न सुरू गरेको छ । सुरूवाती सममयमा यसले आस्क बटन सुविधा हाल केही अंग्रेजी भ…
टिकटकसँग सहकार्य गर्दै सरकार, गैरकानूनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाइने
टिकटकमा गैरकानुनी र अश्लील सामग्री राख्न थालेपछि त्यसलाई रोक्न सरकारले टिकटकसँग सहकार्य गर्ने भएको छ । यसका लागि सरकारले टिकटक…
थ्रेड्समा पोल र जीआईएफ पोष्ट गर्ने फिचर आउन सुरू, तपाईले पाउनुभयो ?
मेटाको सामाजिक सञ्जाल थ्रेड्समा पोल र जीआईएफ पोष्ट गर्ने फिचर उपलब्ध हुने भएको छ । बिहीबार मेटाका सीईओ मार्क जुकरबर्गले नयाँ अप…
काठमाण्डौं महानगरपालिकाले ल्यायो मोबाइल एप, सिफारिस लिनेदेखि भुक्तानी गर्नेसम्मको सुविधा
काठमाण्डौ महानगरपालिकाले केएमसी एप सार्वजनिक गरेको छ । सेवाप्रवाहलाई होम डेलिभरी…
दुई विद्यालयसँग मिदास ई–क्लासको सम्झौता, मोबाइल एपबाट पनि विद्यार्थीहरु पढ्न सक्ने
मिदास ई-क्लासले ललितपुरको महालक्ष्मी नगरपालिकाको लुभुस्थित नमूना ईग्लिस सेकेण्डरी स्…
एप्लिकेसन प्रयोग गरी आउने एसएमएसबाट सतर्क रहन सिआईबीको आग्रह
केही समय यता एसएमएसबाट ‘तपाईँ कोरोना पोजिटिभ भएको व्यक्तिसँग सम्पर्कमा आएकाले क्वा…