एप्लिकेसन
टिकटकको बदला लिदै चीन, ह्वाट्सएप र थ्रेड्सलाई एप स्टोरबाट हटाउन आदेश
अमेरिका र चीनबीच चलिरहेको व्यापार युद्धको परिणाम मेटाले सामना गरिरहेको छ । अमेरिकामा चिनियाँ एप टिकटकले धेरै नियामक मापदण्डका कारण कठिनाइको सामना गरिरहेको समयमा अहिले चीनले अमेरिकी कम्पनीहरु कडा मापदण्ड लागु गर्न थालेको छ ।
चिनियाँ सरकारको आदेशपछि एप्पलले अमेरिकी कम्पनी मेटाको दुई सोसल मिडिया प्लेटफर्म ह्वाट्सएप र थ्रेड्सलाई एप्पल एप स्टोरबाट हटाउन आदेश दिएको छ । चीनले सुरक्षा कारण देखाउँदै दुवै एप हटाउन आदेश दिएको छ । यद्यपि मेटाका अन्य सामाजिक सञ्जाल एप फेसबुक, इन्स्टाग्राम र मेसेन्जर अझै पनि एप्पल प्ले स्टोरमा उपलब्ध छन् ।
समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार एप्पलले मेटाका एप हटाउने सम्बन्धमा जारी गरेको विज्ञप्तिमा चीनको साइबरस्पेस एडमिनिस्ट्रेशनले ह्वाट्सएप र थ्रेड्स एप हटाउन आदेश दिएको बताएको छ ।
यता एप्पलले भने काम गरिरहेको देशको नियम पालना गर्नुपर्ने बताएको छ । यससँगै एप्पलले चिनियाँ उपभोक्ताले अर्को देशमा यात्रा गर्दा यी एपहरू डाउनलोड गर्न सक्ने एप्पलको भनाइ छ ।
चिनियाँ साइबरस्पेस प्रशासनले पनि यस सम्बन्धमा कुनै प्रतिक्रिया दिएको छैन् । मेटाका एपमा यो कारबाही चीनको नयाँ नियमका कारण भएको केही विज्ञहरुको विश्वास छ । नयाँ नियम अनुसार चीनमा काम गर्ने सबै एप सरकारमा दर्ता हुनुपर्नेछ ।
चीनमा एप दर्ता गर्ने अन्तिम मिति मार्च ३१ थियो र नयाँ नियम अप्रिल १ देखि लागू भएको थियो । चीनले धेरै एपमा यस्तो कारबाही गरिसकेको छ । गत वर्ष नै चीनले च्याटजीपीटी एप पनि हटाएको थियो ।
एप्लिकेसन
अब मेसेन्जरमार्फत पनि एचडी फोटो पठाउन सकिने
अब फेसबुक मेसेन्जरबाट पनि राम्रो गुणस्तर अर्थात एचडी क्वालिटीको फोटो पठाउन सकिने भएको छ । एचडी क्वालिटीको फोट…
इन्स्टाग्राममा एआई पावर्ड सर्चबार परीक्षण गर्दै मेटा
मेटाले इन्स्टाग्राममा एआई पावर्ड सर्चबार परीक्षण गरिरहेको छ । कम्पनीले इन्स्टाग्रामको सर्च बार र च्याटमा मेटा एआई राख्ने गरी परीक्षण …
एक्सको आइओएस एपमा पासकी फिचर उपलब्ध
लामो प्रतीक्षापछि एक्सले सबै आईओएस प्रयोगकर्ताहरूको लागि पासकी सेवा सुरू गरेको छ । गत जनवरीमा पासवर्डको विकल्पमा पासकी फि…
गुगलको एन्ड्रोइड एपका लागि ठूलो अपडेट, अब जेमिनाई एआई सेवा एक क्लिकमा उपलब्ध हुने
गुगलले आफ्नो एन्ड्रोइड एपलाई आईओएस जस्तै बनाइदिएको छ । अब प्रयोगकर्ताहरूले एपमा जेमिनाई एआई सजिलैसँग पहुँच गर्न सक्नेछन् । हाल क…
काठमाडौं महानगरपालिकाले मोबाइल गेम डेभलपमेन्ट सम्बन्धि तालिम दिने, यसरी दिनुहोस् आवेदन
काठमाडौं महानगरपालिकाले मोबाइल गेम डेभलपमेन्ट सम्बन्धि तालिम दिने भएको छ ।
महान…
मेटाले डिपफेकबाट जोगाउन एआई जेनेरेटेड सामग्रीमा लेबल टाँस्दै, नयाँ नियम मेदेखि लागू हुने
सामाजिक सञ्जाल समूह मेटाले मे महिनादेखि फेसबुकलगायत आफ्ना सबै प्लेटफर्ममा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले जेनेरेट गरिएको साम…
ह्वाट्सएपमा नयाँ सेक्युरिटी फिचर आउँदै, लक गरिएको डिभाइसमा च्याट हेर्नका लागि कोड हाल्नुपर्ने
मेटाले लामो समयदेखि आफ्नो मल्टिमिडिया मेसेजिङ एप ह्वाट्सएपको गोपनीयता र सुरक्षामा काम गरिरहेको छ । पछिल्लो समय ह्वाट्सएपमा …
ट्वीटरमा धेरै फलोअरहरू भएमा निःशुल्क प्रिमियम सेवा प्रयोग गर्न पाइने
ट्वीटरमा धेरै सब्सक्राइबर भएमा प्रिमियम फिचर प्राप्त गर्न सकिने भएको छ । प्रिमियम सेवा अन्तर्गत प्रयोगकर्ताहरूले पोस्ट सम्पादन गर्ने, …
अब ह्वाट्सएपमा ३० सेकेण्ड भन्दा लामो भिडियो सेयर गर्न सकिने
ह्वाट्सएप प्रयोगकर्ताहरूले अब ३० सेकेन्ड भन्दा लामो समयका भिडियोहरू स्टेटसमा सेयर गर्न सक्ने भएका छन् । वाबेटाइन्फोले आफ्नो एक्स ह्या…
ह्वाट्सएपमा धेरै स्क्रोल नगरी यसरी खोज्नुहोस् पुरानो मेसेज
ह्वाट्सएप प्रयोग गर्दा, धेरै पटक हामीलाई पुराना मेसेजहरू चाहिन्छ । पुरानो च्याट हेर्नका लागि स्क्रोलिङको सहारा लिनुपर्छ । म्यासेज …
लिंक्डइनमा गेमिङ सुविधा आउँदै
लिंक्डइनमा अब गेमिङ सुविधा समेत उपलवब्ध हुने भएको छ । प्रयोगकर्तालाई नयाँ अनुभव प्रदान गर्न लिंक्डइनले गेमिङ सुविधा समेत ल्याउन…
टिकटकलाई उछिन्दै इन्स्टाग्राम बन्यो विश्वमा सबैभन्दा धेरै डाउनलोड हुने एप
टिकटकलाई उछिन्दै इन्स्टाग्राम विश्वमा सबैभन्दा धेरै डाउनलोड हुने ए…
ह्वाट्सएपमा तीन ओटा च्याट पीन गर्न सकिने फिचर आउँदै
ह्वाट्सएपमा ३ वटा च्याट पिन गर्ने सुविधा ल्याइने भएको छ । वाबेटाइन्फोद्वारा पछिल्लो रिपोर्ट ह्वाट्सएपमा च्याट पिन गर्ने सुविधा आउँदै छ ।
य…
ह्वाट्सएपमा सार्वजनिक भयो आईपी प्रोटेक्ट सुविधा
विश्वभर लाखौं प्रयोगकर्ताहरूले ह्वाट्सएप प्रयोग गर्छन् । प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राख्दै भिडियो–फोटो सेयरिङ प्लेट…
अब इन्स्टाग्राममा रिल हेर्ने मात्रै नभएर गेम पनि खेल्न सकिने
मेटाको फोटो भिडियो सेयरिङ प्लेटफर्म इन्स्टाग्राममा अब गेम समेत खेल्न सकिने भएको छ । एपलाई अझै रोचक बनाउन इन्स्टाग्रामले आफ्ना प्रय…