कीवर्डहरू -

एप्लिकेसन

भाइबरले ल्यायो कस्टमाइज गर्न मिल्ने च्याट फोल्डर्स सुविधा

राकुटेन भाइबरले च्याट फोल्डर्स नामक नयाँ सुविधा ल्याएको छ । प्रयोगकर्ताहरूलाई विशेष कुराकानीहरू छिटो खोज्न र सञ्चार म्यानेज गर्ने तरिकालाई सहज बनाउन भाइबरले च्याट फोल्डर्स फिचर ल्याएको हो ।

प्रयोगकर्ताको सुविधालाई ध्यानमा राखेर डिजाइन गरिएको च्याट फोल्डर्सले विषय, ग्रुप वा व्यक्तिहरूमा आधारित भई सहज वर्गीकरण गरी च्याट फोल्डर्सलाई सुव्यवस्थित बनाउने भाइबरले जनाएको छ ।

यस नयाँ सुविधामा प्रयोगकर्ताहरूले पाँचवटा कस्टम फोल्डर्स सिर्जना गर्न सक्नेछन् । साथै यसले स्वचालित रूपमा अन्य सबै च्याटहरू समावेश गर्ने एउटा “अल” ट्याब पनि उपलब्ध गराउने छ ।

उदाहरणका लागि, प्रयोगकर्ताहरूले काम, साथीहरू, परिवार वा मनपर्नेहरूको लागि भिन्दाभिन्दै फोल्डर्स सिर्जना गर्न सक्छन्। एउटै च्याट धेरै फोल्डर्समा पनि राख्न सकिन्छ र असीमित सङ्ख्यामा च्याटहरू थप्न पनि सकिन्छ ।

प्रयोगकर्ताहरूले फोल्डर्स पुन: नामाकरण गर्न वा फोल्डर्स भित्रका सबै च्याटहरूलाई रिडको मार्क लगाएर उनीहरूको कम्यूनिकेशनलाई सजिलै वर्गीकरण र स्ट्रिमलाइन गर्न पनि सक्छन् ।
उदाहरणका लागि, सबै सहकर्मीका च्याटहरूलाई 'काम' लेबल गरिएको फोल्डरमा राखेर, प्रयोगकर्ताहरूले सजिलैसँग परियोजनाहरू र कार्यहरू व्यवस्थापन गर्न सक्छन् वा कामको हप्तामा अर्को सहकर्मीको लागि जन्मदिनको उपहार समन्वय गर्न सक्छन् । 

प्रत्येक फोल्डरको शीर्षमा नम्बर भएको “अनरिड” ब्याजले त्यो फोल्डरभित्र नपढिएका च्याटहरूको सङ्ख्यालाई संकेत गर्नेछ । यी कस्टम फोल्डर्समा सबै वान-अन-वान च्याट, ग्रुप च्याट, च्यानल र कम्युनिटीहरू थप्न सकिन्छ। 

यसमा केही एक्सक्लूजनहरू पनि लागू हुन्छन्, जस्तै- हिडन च्याट, भाइबर पेबाट प्राप्त मेसेजहरू, बिजनेस र ग्राहक अन्तरक्रियाहरू यी फोल्डर्समा समावेश गर्न सकिँदैन । राकुटेन भाइबरका सीईओ ओफिर इयालले यस नवीनतम सुविधा कुराकानीलाई उत्कृष्ट पार्न र टाइम सेभ गर्दै अर्थपूर्ण कनेकशनहरू सुरक्षित गर्न सहयोग गर्ने बताए । 

फोल्डर्स फिचर विश्वव्यापी रूपमा रोलआउट हुन सुरू गरिसकेको छ । आगामी केही महिनाहरूमा राकुटेन भाइबरका २२.० र त्यसमाथिका भर्जन भएका सबै प्रयोगकर्ताहरूका लागि उपलब्ध हुनेछन् । 

१० भन्दा बढी च्याट भएका प्रयोगकर्ताहरूले एप खोल्ने बित्तिकै यसको सुविधा प्राप्त गर्नेछन्। फोल्डर्स अक्टिभेट गर्न मुख्य च्याट स्क्रिनमा More  मा गएर Manage Folders  सेलेकट गरी च्याटहरू थपेर गर्न सकिन्छ।

एप्लिकेसन

एक्समा सबै प्रयोगकर्ताहरूका लागि अडियो भिडियो कलिङ सुविधा रोल आउट हुँदै

एक्समा सबै प्रयोगकर्ताहरूका लागि अडियो र भिडियो कलिङ सुविधा रोल आउट सुरु भएको छ । यसअघि यो सुविधा प्रिमियम प्रयोगकर्ताका लागि…

ट्यालेन्ट कनेक्ट्सले ल्यायो एप्लिकेन्ट ट्रयाकिङ सिस्टम, हाइरिङ प्रक्रिया छिटो र सहज हुने

कुनै पनि कम्पनी वा संस्थाको हाइरिङ (कर्मचारी भर्ना) प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित ट्यालेन्ट कनेक्ट्सले एप्लिकेन्ट ट्रयाकिङ सिस्ट…

इन्स्टाग्रामले फ्लिपसाइड सुविधा ल्याउँदै, चाहेको व्यक्तिका लागि छुट्टै कन्टेन्ट हाल्न सकिने

इन्स्टाग्रामले फ्लिपसाइड सुविधा ल्याउने भएको छ । फ्लिपसाइड सुविधाले छनौट गरिएका फ्लोअरहरूका लागि छुट्टै प्रोफाइल बनाउन अनुमति दि…

एक्समा उपलब्ध भयो पासकी फिचर, प्रयोगकर्ताले पासवर्ड याद नगरे पनि हुने

एक्स (पहिले ट्विटर भनेर चिनिन्थ्यो) मा नयाँ सुविधा ल्याइएको छ । यस सुविधाको नाम पासकी हो ।

कतै इन्स्टाग्रामले जासूसी त गरिरहेको छैन्? यसरी रोक्नुहोस्

मेटाले लगातार प्रयोगकर्ताहरूको व्यक्तिगत डाटामा काम गरिरहेको छ किनभने यस विषयमा कम्पनीलाई धेरै पटक आरोप लगाइएको छ । यस्तो अवस्…

ह्वाट्सएपमा आउँदैछ नयाँ फिचर, प्रयोगकर्ताले डिफल्ट थिम परिवर्तन गर्न सक्ने

मेटा–स्वामित्वको मेसेजिङ एप ह्वाट्सएपमा नयाँ अपडेट आउँदैछ, जस पछि प्रयोगकर्ताहरूले ह्वाट्सएपको पूर्वनिर्धारित थिम परिवर्तन ग…

एन्ड्रोइड र आईओएसमा पनि उपलब्ध भयो कोपाइलट

माइक्रोसफ्टले कोपाइलट (पहिलाको बिङ च्याट) लाई

इन्स्टाग्राममा नयाँ फिचर आउँदै, आफ्नो स्टोरीमा अरुको प्रोफाइल सेयर गर्न सकिने

इन्स्टाग्रामले सन् २०१६ मा स्टोरीज फिचर लन्च गरेको थियो र त्यसपछि यसमा धेरै परिवर्तन गरिएको थियो । 

ह्वाट्सएपमा ७१ लाख बढि अकाउन्टहरू प्रतिबन्धित

ह्वाट्सएपले कुल ७१,९६,००० अकाउन्टहरू प्रतिबन्ध लगाएको छ । जसमध्ये १९ लाख ५४ हजार खाता उजुरी आउनुअघि नै प्रतिबन्धित भएका छन् । नो…

अब इन्स्टाग्राम प्रयोगकर्ताहरूले पनि ह्वाट्सएप र फेसबुकमा जस्तै मेसेज सम्पादन गर्न सक्ने

मेटाले इन्स्टाग्राम प्रयोगकर्ताहरूको लागि नयाँ अपडेट जारी गरेको छ । अब इन्स्टाग्राम प्रयोगकर्ताहरूले पनि ह्वाट्सएप र फेसबुकमा जस्तै …

सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धि निर्देशिका स्वीकृत

सरकारले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धि निर्देशिका २०८० स्वीकृत गरेको छ । 

ह्वाट्सएप प्रयोगकर्ताहरूले अब इन्स्टाग्राममा पनि आफ्नो स्टेटस शेयर गर्न सक्ने सुविधा आउँदै

ह्वाट्सएप प्रयोगकर्ताहरूले अब इन्स्टाग्राममा पनि आफ्नो स्टेटस सेयर गर्न सक्ने सुविधा आउने भएको छ । 

इन्स्टाग्राममा एआईको प्रयोग गरी ब्याकग्राउण्ड इमेज परिवर्तन गर्न सकिने

इन्स्टाग्राममा एआईको प्रयोग गरी ब्याकग्राउण्ड इमेज परिवर्तन गर्न सकिने भएको छ । यो फिचर अहिले इन्स्टाग्रामले परीक्षण गरिरहेको छ ।

इन्स्टाग्रामको नयाँ ब्य…

ह्वाट्सएपमा महत्त्वपूर्ण म्यासेज पिन गरेर हाइलाइटमा राख्न मिल्ने फिचर आउँदै

ह्वाट्सएपमा चाँडै नै महत्त्वपूर्ण मेसेज पिन गर्ने सुविधा उपलब्ध हुन लागेको छ । यस फिचरको प्रयोगले उपयोगी सन्देशहरू फेला पार्न सजि…

ह्वाट्सएपको स्टेटस अपडेटको रिप्लाइ बार परिमार्जन हुँदै

ह्वाट्सएपको स्टेटस अपडेटमा अब विस्तृत रिप्लाइ बार उपलब्ध हुने भएको छ । वाईबेटाइन्फोको नयाँ रिपोर्टमा ह्वाट्सएपले आफ्ना प्रयोगक…