अटो
विश्वभर विद्युतीय सवारी साधनको माग बढ्यो
विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दै गएको छ भने यस्ता साधनको बिक्री पनि बढिरहेको छ । आज यहाँ जारी गरिएको एक प्रतिवेदनअनुसार यो वर्ष बिक्री हुने पाँच वटा सवारी साधनमध्ये एउटा विद्युतीय वाहन हुने अपेक्षा गरिएको छ ।
अन्तरराष्ट्रिय ऊर्जा एजेन्सी (आइईए) सडक यातायातका साधनमा विद्युतीय सवारीप्रति आकर्षण एवम् माग बढेकाले ऊर्जा उद्योगमा त्यसले ठूलो प्रभाव पार्नेछ भने चालु दशकको अन्त्यसम्ममा दैनिक ५० लाख ब्यारेल इन्धनको खपत अन्त्य गर्नेछ । हाल विश्वमा दश करोड ब्यारेल इन्धन दैनिक रूपमा खपत भइरहेको छ ।
विश्वव्यापी ऊर्जा अर्थतन्त्रमा विद्युतीय सवारी साधनको द्रुत रूपमा भइरहेको उत्पादनले बढोत्तर भएको आइईएका कार्यकारी निर्देशकले बताएका छन् ।
विद्युतीय सवारी साधनसम्बन्धी वार्षिक प्रतिवेदनमा यो वर्ष त्यस्ता सवारी साधनको बिक्री ३५ प्रतिशतले बढेर एक करोड चालीस लाख पुग्ने अपेक्षा गरिएको छ । यो सन् २०२० को विद्युतीय सवारी साधनको चार प्रतिशतको बजार हिस्साको तुलनामा १८ प्रतिशतले बढी हो ।
प्रतिवेदनअनुसार चीन, अमेरिका र युरोपेली देशका बजारमा बिजुली गाडीको माग अधिक छ । गत वर्ष यस्ता गाडीको ६० प्रतिशत बजार चीनले ओगटेको थियो ।
बिजुली गाडी खरिदमा अमेरिकाले सहुलियत प्रदान गर्ने नीति अवलम्बन गरेसँगै अमेरिकी उपभोक्ता पनि त्यसतर्फ आकर्षित भएकाले आगामी वर्षहरूमा विद्युतीय सवारी साधनको बिक्री बढ्ने अपेक्षा गरिएको छ ।
सन् २०३० सम्ममा युरोपेली मुलुक, अमेरिका र चीनले ६० प्रतिशत विद्युतीय सवारी साधनको हिस्सा ओगट्ने प्रक्षेपण गरिएको छ ।
अटो
सन् २०२४ मा सार्वजनिक हुँदै होन्डाको पहिलो विद्युतीय गाडी
सन् २०२४ मा होन्डाको पहिलो विद्युतीय गाडी सार्वजनिक हुने भएको छ । होन्डाको पहिलो व…
सन् २०२४ मा साइबरट्रक सार्वजनिक गर्दै टेस्ला
टेस्लाले २०२४ मा साइबरट्रक सार्वजनिक गर्ने भएको छ । टेस्लाका प्रमुख एलन मस्कले विद्यु…
आधा घण्टामै ८० प्रतिशत चार्ज हुने एमजी जेडएस इभिको लागि बुकिङ खुल्ला, यस्ता छन् विशेषता
एमजी भेइकलको लागि नेपालका एक मात्र आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्…
नेपालमै उत्पादन हुन लागेको ग्रन्थ ईभीको मूल्य बढाउन ठूला कम्पनीको दवाव
नेपालमै उत्पादन हुने तयारीमा रहेको विद्युतीय स्कुटर ग्रन्थको मूल्यलाई लिएर केही कम्प…
सीजी मोटर्सको एक्सचेञ्ज क्याम्प, कुनै पनि गाडीसँग नेटा भी इलेक्ट्रिक कार साट्न सकिने
सीजी मोटर्सले नेटा भी एक्सचेञ्ज क्याम्प प्रारम्भ गरेको छ । काठमाडौंको विशालनगर शोरुम…
मर्सिडिजले विद्युतीय सवारी साधन निर्माणमा अर्बौं डलर लगानी गर्ने
मर्सिडिज बेन्जले विद्युतीय सवारी साधन निर्माणमा अर्बौं डलर खर्च गर्ने भएको छ । कम्पनी…
एसरले ई-बाइक निर्माण गर्ने
प्रभु बैंक र सीजी मोटर्सबीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता भएको छ । ब…
विद्युतीय गाडीको ब्याट्री प्लान्ट क्यानडामा पनि निर्माण गर्दै भोल्क्सवागेन
भोल्क्सवागेनले विद्युतीय गाडीको ब्याट्री प्लान्ट क्यानेडामा पनि निर्माण गर्ने भएको छ । …
जमुनी अटो सेन्टरले ल्यायो नयाँ विद्युतीय स्कुटर स्लेन
जमुनी अटो सेन्टरले नेपाली बजारमा नयाँ ईलेक्ट्रिक स्कुटर स्लेन ल्याएको छ। स्लेनको नेप…
ग्रन्थ ईभीले माग्यो डिलरसीपका लागि आवेदन
ग्रन्थ इलेक्ट्रिक भेहिकल (ईभी) ले डिलरसीपको लागि आवेदन खुला गरेको छ । ग्रन्थ ब्राण्डक…
जि.ओ फोर्डद्वारा नेपाली बजारमा नेक्स्ट–जेन फोर्ड एभरेष्ट सार्वजनिक
जि.ओ. अटोमोबाइल्स प्रा.लि –जि ओ फोर्ड) ले नेपाली बजारमा नयाँ संस्करणको नेक्स्ट जेन …
टिकटकले सार्वजनिक गर्याे किशोरकिशोरीको स्क्रीन समय सिमित गरिदिने फिचर
टिकटकले अटोमेटिक रुपमै किशोरकिशोरीको स्क्रीन समय सिमित गरिदिने भएको छ । टिकटकले…
हुण्डाईको एक्सचेन्ज अफर, पुराना विद्युतीय गाडी कोना वा आयोनिकसँग साट्न सकिने
नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय ग…
सेगवे नाइनबटको नयाँ हाई-पावर ई-स्कुटर एन १०० नेपाली बजारमा
सेगवे नाइनबटको नेपालका लागि आधिकारिक विक्रेता आई हब प्रालिले एन-सिरीज अन्तर्गतको …