अटो
नेपाल प्रहरीले सञ्चालन गर्ने गरी चार्जिङ स्टेसन बनाउँदै प्राधिकरण
नेपाल प्रहरी प्रधान कार्यालय र नेपाल विद्युत प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण तथा सञ्चालन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच सोमबार उक्त सम्झादारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
समारोहमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले चार्जिङ स्टेशन निर्माण र संचालन सम्बन्धी भएको सम्झौताका लागि नेपाल विद्युत प्राधिकरणलाई धन्यवाद दिदै आगामी दिनमा प्रहरी जनशक्ति बढी भएका प्रहरी कार्यालयहरूमा चार्जिङ स्टेसन विस्तार गर्न समेत आग्रह गरे ।
विद्युत चोरी, विद्युतीय पोल चोरी लगायतका विषयमा विद्युत प्राधिकरणसँग यसभन्दा अगाडि पनि सहकार्य गर्दै आएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले राजमार्ग र पहाडी जिल्लामा स्थापना भएका चार्जिङ स्टेशनहरुको सुरक्षाका लागि नेपाल प्रहरी सदैव तयार रहेको बताए ।
समारोहमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणले राजमार्गको हरेक ६० किलोमिटरमा एउटा चार्जिङ स्टेसन स्थापना गर्ने लक्ष्य रहेकोमा यसमा नेपाल प्रहरीको भूमिका सबै भन्दा बढी प्रभावकारी रहने भएकोले यस सम्झौताले आगामी दिनमा नेपाल प्रहरीसँग प्रभावकारी रुपमा सम्बन्ध स्थापना हुने कुरामा विश्वास व्यक्त गरे ।
चार्जिङ स्टेसन स्थापना गर्ने कार्यमा सुरक्षा चुनौती र स्थानको समस्यालाई समाधान गर्न नेपाल प्रहरीसँगको सहकार्य अत्यन्तै महत्वपूर्ण हुने उनले बताए ।
कार्वन उत्सर्जनबाट वायुमण्डल, पर्यावरण र जीवजन्तुमा पर्न गएको नकारात्मक असरले विश्वलाई नै चिन्तित बनाइरहेको अवस्थामा कार्वन फुटप्रिन्टलाई कम गर्न विद्युतीय सवारी साधनहरूको प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालनमा रहेका विद्युतीय सवारी साधनहरूलाई सहज रूपमा चार्जिङ सुविधा उपलब्ध गराउन यो सम्झौता भएको हो ।
नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक सागर मणि ज्ञवालीले चार्जिङ स्टेशनको स्थापनाको महत्व र उद्देश्यको बारेमा प्रकाश पार्नुभएको उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल विद्युत प्राधिकरणका निमित्त उप-कार्यकारी निर्देशक एवं सहायक प्रबन्धक, प्रहरी नायव महानिरीक्षकहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।
अटो
फोर्थ वेस्टर्न चाइना इन्टरनेशनल फेयर फर इन्भेष्टमेन्ट एण्ड ट्रेडमा उड्ने कार सार्वजनिक
चीनको फोर्थ वेस्टर्न चाइना इन्टरनेशनल फेयर फर इन्भेष्टमेन्ट एण्ड ट्रेडमा उड्ने कार देखा…
याडिया ब्राण्डको विद्युतीय स्कुटरको शोरूम पुल्चोक नःटोलमा, नगद छुटसँगै एक्सचेञ्जको सुविधा
इको बिज इन्टरनेशनल प्रालिले ‘याडिया’ ब्राण्डको विद्युतीय स्कुटर पाटन र ललितपुर क्षेत्…
साझा यातायातका तीन वटा विद्युतीय बस सञ्चालनमा, कहाँ कहाँ चल्छन् ?
साझा यातायातले पहिलो चरणमा ल्याएका तीनवटा विद्युतीय बस काठमाडौंका सडकमा गुड्न था…
विद्युतीय स्कुटर लेभ्निङको नयाँ शोरूम अब सुर्खेतमा
विद्युतीय स्कुटर लेभ्निङको नयाँ शोरूमा …
गण्डकी प्रदेशले विद्युतीय सवारी साधनलाई प्राथमिकता दिने
गण्डकी प्रदेशले विद्युतीय सवारी साधनलाई प्राथमिकता दिने भएको छ । बुधबार आगामी आर्थ…
लुम्बिनी प्रदेशले आफ्नै विद्युतीय बस सञ्चालन गर्ने, कम्पनीका स्थापनका लागि ५ करोड विनियोजन
लुम्बिनी प्रदेशले आफ्नै विद्युतीय बस सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८०…
सीजीले नेपालमा भित्र्यायो विद्युतीय गाडी ‘नेटा भी’, कति छ मूल्य ?
सीजी मोटर्सले नेपालमा विद्युतीय गाडी भित्र्याएको छ । चिनियाँ विद्युतीय ब्राण्ड नेटाक…
विद्युतीय सवारीसाधन उत्पादन वा एसेम्बल गर्ने नयाँ उदयोगलाई आयकरमा ५ वर्षसम्म छुट
विद्युतीय सवारीसाधन उत्पादन वा एसेम्बल गर्ने नयाँ उदयोगले आयकरमा ५ वर्षसम्म ४० प्रति…
पेट्रोल पम्पमा अब चार्जिङ स्टेशन
पेट्रोल पम्प रहेका स्थानमा चार्जिङ स्थापना गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने भएको छ…
१७ हजार ४ सय १८ सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान
गत फागुनसम्म १७ हजार ४ सय १८ सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान भएको छ । शनिबार सार्…
विद्युतीय सवारीसाधनलाई प्रवर्द्धन गर्न सरकारले चार्जिङ स्टेशन बनाउने
निजी क्षेत्रसँगको सहकार्यमा विद्युतीय सवारीसाधनलाई प्रवर्द्धन गर्न चार्जिङ स्टेशनहरू स्थ…
अमेरिकामा पहिलो ईभी कारखाना खोल्दै हुन्डाई , हरेक वर्ष ३ लाख गाडी उत्पादन गर्ने योजना
हुन्डाईले आफ्नो पहिलो विद्युतीय गाडीको कारखाना अमेरिकाको जोर्जियामा खोल्ने भएको छ …
बीवाईडीको सद्भावना दुतमा हरिवंश आचार्य नियुक्त, भन्छन्ः ‘नेपालमा अब विद्युतीय युग सुरू भयो’
विद्युतीय गाडी निर्माता कम्पनी बीवाईडीको सद्भावना दुतमा कलाकार हरिवंश आचार्य नियुक्…
होण्डाको पहिलो विद्युतीय गाडी सार्वजनिक
होण्डाले पहिलो विद्युतीय गाडी सार्वजनिक गरेको छ । कम्पनीले टोयोटाले जति विद्युतीय …
एफआइ स्मार्ट कनेक्ट फिचरसहित यामाहाको रेजेडआर १२५ बजारमा
यामाहाको सर्वाधिक लोकप्रिय स्कुटर रेजेडआर १२५ स्ट्रीट र्याली भर्सन स्मार्ट ‘एक्स कनेक्ट’…