कीवर्डहरू -

अटो

ग्रन्थ ईभीले काठमाडौं उपत्यका बाहिर २ वटा डिलर दिदै, माग्यो आवेदन

ग्रन्थ इलेक्ट्रिकल भेहिकलले काठमाडौं उपत्यका बाहिर २ वटा डिलरशिप दिने भएको छ । ग्रन्थ ईभीले केही समय अगाडि मात्रै एफडी मोटर्स ब्राण्डमा विद्युतीय स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको थियो ।

उक्त विद्युतीय स्कुटरको माग बढ्दै गएपछि कम्पनीले उपत्यका बाहिर पनि डिलर दिने निर्णय दिने भएको हो ।डिलरका लागि इच्छुक व्यक्ति, फर्म, कम्पनीहरुले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

गत वैशाख २३ गते ग्रन्थ ईभीले साइड ड्राइभ मोटर, यल यफ पी व्याट्री, क्यान बस कन्ट्रोलर, ब्रेक रिजेनेरेशन, १६ इन्च अगाडि र १४ इन्च पछाडिको टायर सुविधा भएको एफडी ब्राण्ड २ मोडेलका विद्युतीय स्कुटर सार्वजनिक गरेको थियो ।

अहिले ग्रन्थ ईभीले सार्वजनिक गरेको स्कुटर कम्पनीकै डिजाइनमा चीनमा एसेम्बल भएको हो । अबको केही समयमै कम्पनीले नेपालमै विद्युतीय स्कुटर एसेम्बल गर्ने तयारी गरेको छ ।

यसका साथै नेपालमा उत्पादन हुन सक्ने सामग्रीहरू प्रयोग गर्ने कम्पनीको तयारी छ । त्यसका लागि ग्रन्थ ईभीले राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको एफ फाइभ मोडेलको मूल्य २ लाख ४८ हजार ९९९ रूपैयाँ तोकिएको छ भने एफ फाइभ एको मूल्य २ लाख ८९ हजार ९९९ रूपैयाँ तोकिएको छ ।

स्कुटर सार्वजनिक भएको अवसरमा कम्पनीले अफर समेत ल्याएको छ । यस अन्तर्गत स्कुटर गुडेको किलोमिटरका आधारमा कम्पनीले विद्युतको बिल बराबरको क्यास दिनेछ । साथै यी स्कुटर किस्ताबन्दीमा समेत किन्न सकिने छ ।

सरकारले विद्युतीय स्कुटरमा कुनै छुट दिए अहिले किन्ने ग्राहकले एभरेजिङको आधारमा पैसा पनि फिर्ता पाउने छन् ।

यसका साथै ग्रन्थ ईभीले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत बिक्री भएका प्रत्येक स्कुटरबाट ५०० रूपैयाँ  महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले दिने जनाएको छ ।

यो पनि पढ्नुहोस्ः आकर्षक डिजाइनसहित सार्वजनिक भयो ग्रन्थ ईभीको विद्युतीय स्कुटर, कति छ मूल्य ?

अटो

विद्युतीय रिक्सा चलाएर स्वरोजगार

वैशाख महिनाको टन्टलापुर घाममा विद्युतीय रिक्सा (अटोरिक्सा) चालक शोभाकान्त उपाध्याय …

नेपालमा टाटा नेक्सन म्याक्स विद्युतीय गाडी सार्वजनिक, कति छ मूल्य ?

टाटा मोटर्सका लागि सिप्रदी ट्रेडिङले नेपाली बजारमा नयाँ ईभी मोडल 'नेक्सन म्याक्स' भ…

आकर्षक डिजाइनसहित सार्वजनिक भयो ग्रन्थ ईभीको विद्युतीय स्कुटर, कति छ मूल्य ?

ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालिले नेपाली बजारमा विद्युतीय स्कुटर सार्वजनिक गरेको छ । …

अग्नि मोटोइन्कले ल्यायो नेपाली बजारमा येज्दी मोटरसाइकल, मूल्य कति ?

अग्नि समूहको सहायक कम्पनी र क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि मोटोइन्क प्रालिले नेपालमा बहुप्रतिक्षित येज्दी मोट…

लुम्बिनी आउने धर्मावलम्बीका लागि लक्ष्मी केयर्सद्वारा विद्युतीय सवारी साधन प्रदान

लक्ष्मी बैंकका कर्मचारीद्वारा स्थापित तथा सञ्चालित गैर सरकारी संस्था लक्ष्मी केयर्सले ल…

विश्वभर विद्युतीय सवारी साधनको माग बढ्यो

विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दै गएको छ भने यस्ता साधनको बिक्री पनि बढिरहेको छ । आज यहाँ जारी गरिएको एक प्…

टेस्लाले सन् २०२३ को तेस्रो त्रैमासिकमा साइबरट्रक सार्वजनिक गर्ने

टेस्लाले सन् २०२३ को तेस्रो त्रैमासिकमा साइबरट्रक सार्वजनिक गर्ने भएको छ । टेस्लाका प्…

नेपाली माटो सुहाउँदो ग्रन्थ विद्युतीय स्कुटर सार्वजनिक हुँदै, यस्ता छन् विशेषता 

आउँदो वैशाख २३ गते ग्रन्थ ईभी स्कुटर सार्वजनिक हुने भएको छ । नेपाली डिजाइनमा चीनम…

चीनको सांघाइमा ठूलो ब्याट्री फ्याक्ट्री निर्माण गर्ने टेस्लाको घोषणा

अमेरिकी कार निर्माता कम्पनी टेस्ला इन्कर्पोरेसनले नयाँ मेगा फ्याक्ट्री निर्माण गर्ने घोषणा गरेको छ ।

सन् २०२४ मा सार्वजनिक हुँदै होन्डाको पहिलो विद्युतीय गाडी

सन् २०२४ मा होन्डाको पहिलो विद्युतीय गाडी सार्वजनिक हुने भएको छ । होन्डाको पहिलो व…

सन् २०२४ मा साइबरट्रक सार्वजनिक गर्दै टेस्ला

टेस्लाले २०२४ मा साइबरट्रक सार्वजनिक गर्ने भएको छ । टेस्लाका प्रमुख एलन मस्कले विद्यु…

आधा घण्टामै ८० प्रतिशत चार्ज हुने एमजी जेडएस इभिको लागि बुकिङ खुल्ला, यस्ता छन् विशेषता 

एमजी भेइकलको लागि नेपालका एक मात्र आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्…

नेपालमै उत्पादन हुन लागेको ग्रन्थ ईभीको मूल्य बढाउन ठूला कम्पनीको दवाव

नेपालमै उत्पादन हुने तयारीमा रहेको विद्युतीय स्कुटर ग्रन्थको मूल्यलाई लिएर केही कम्प…

सीजी मोटर्सको एक्सचेञ्ज क्याम्प, कुनै पनि गाडीसँग नेटा भी इलेक्ट्रिक कार साट्न सकिने

सीजी मोटर्सले नेटा भी एक्सचेञ्ज क्याम्प प्रारम्भ गरेको छ । काठमाडौंको विशालनगर शोरुम…

मर्सिडिजले विद्युतीय सवारी साधन निर्माणमा अर्बौं डलर लगानी गर्ने 

मर्सिडिज बेन्जले विद्युतीय सवारी साधन निर्माणमा अर्बौं डलर खर्च गर्ने भएको छ । कम्पनी…