कीवर्डहरू -

अटो

टिभिएसले नाडा अटो शोमा आफ्नो इलेक्ट्रिक स्कुटर आईक्युब सार्वजनिक गर्दै, यस्ता छन् सुविधा

टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले यही भदौ २६ गतेदेखि हुन गईरहेको नाडा अटो शोमा आफ्नो इलेक्ट्रिक स्कुटर टिभिएस आईक्युब सार्वजनिक गर्दैछ ।

कार्यसम्पादन र व्यावहारिकता दुवैलाई ध्यानमा राखेर डिजाइन गरिएको यस विद्युतीय स्कुटरले नेपालीहरुको दैनिक आवत-जावतलाई अझै सहज बनाउँदै  शहरी दैनिकीमा एउटा गेम चेन्जरको रुपमा स्थापित हुने विश्वास कम्पनिले लिएको छ ।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले टिभिएस आईक्युब इलेक्ट्रिक स्कुटरले पर्यावरण र कुशल शहरी गतिशीलता प्रतिबद्धतालाई प्रतिनिधित्व गर्ने बताए ।
‘आकर्शक मूल्यमा कार्बनरहित भविष्य सुनिश्चित गर्दै आधुनिक शहरका सचेत नागरिकहरुको लागि आकर्षक मुल्यमा नवीनतम् विकल्पहरु प्रदान गर्ने उद्धेश्यले हामीले  टिभिएस आईक्युब नेपाली बजारमा ल्याएका हौँ,’ उनले भने ।

३ किलोवाटको बलियो बिएलडिसि हब मोटरको प्रयोग गरिएको यस टिभिएस आईक्युबको पर्फरमेन्स उत्कृष्ट  रहेको कम्पनिले जनाएको छ । ४.४० किलोवाटको अधिकतम् पावर र १४० एनएम म्याक्सिमम् टर्क भएकाले  आईक्युबले भीडभाड भएको ट्राफिकमा समेत स्पीड र एजिलिटि प्रदान गर्दछ। यस स्कुटरको टप स्पिड ७८ किलोमिटर प्रति घण्टा रहेको छ ।

टिभिएस आईक्युबको ३.०४ केडबल्युएच लिथियम-आयन ब्याट्रीले एक चार्जमा ७५ देखि १०० किलोमिटर सम्मको रेन्ज प्रदान गर्दछ जसले यस स्कुटरलाई दैनिक यात्राको लागि भरपर्दो विकल्प बनाएको छ ।

५ घण्टामा १०० प्रतिशतसम्म चार्ज हुन सक्ने टिभिएस आईक्युबमा पोर्टेबल चार्जर पनि आउँछ। चालकहरुले आफ्नो आवश्यकता अनुसार पावर अथवा इको मोडमा यस स्कुटरलाई चलाउन सक्नेछन् । ४.४० को पिक पावर र १४० एनएमको पिक टर्क रहेको यस टिभीएस आईक्युबले साघुरो सडक ट्राफिकमा पनि सजिलोसँग एक्सिरेलेट गर्न सक्छ ।

टिभिएस आईक्युबको ३.०४ केडबल्युएच लिथियम-आयन ब्याट्रीले एक चार्जमा ७५ देखि १०० किलोमिटर सम्मको रेन्ज प्रदान गर्दछ जसले यस स्कुटरलाई दैनिक यात्राको लागि भरपर्दो विकल्प बनाएको छ । ५ घण्टामा १००% सम्म चार्ज हुन सक्ने टिभिएस आईक्युबमा पोर्टेबल चार्जर पनि आउँछ ।

चालकहरुले आफ्नो आवश्यकता अनुसार पावर अथवा इको मोडमा यस स्कुटरलाई चलाउन सक्नेछन् । ४.४० को पिक पावर र १४० को पिक टर्क रहेको यस टिभिएस आइक्युबले साँघुरो सडक र व्यस्त ट्राफिकमा पनि सजिलोसँग एक्सिलरेट गर्न सकिन्छ ।

आईक्युबमा टिभिएस एनटर्क सिरिजका स्कुटरजस्तै स्मार्ट कनेक्ट फिचर समेत उपलब्छ छ । चालकले स्कुटरसँग आफ्नो स्मार्टफोन ब्लुटुथद्वारा कनेक्ट गरेर आगमन कल/एसएमएस अलर्ट, न्याभिगेसन, म्युजिक प्लेयर कन्ट्रोल, अन्तिम पार्क गरिएको ठेगाना तथा एन्टी-थेप्ट जस्ता स्मार्ट फिचरहरु पनि यस स्कुटरले प्रदान गरेको छ । स्कुटरको ७ इन्चको मल्टीफङ्सनल स्क्रिनले सबै स्मार्ट कनेक्ट फिचरलाई सहज कार्यान्वयनमा मद्दत पुर्‍याउनेछ ।

रिजेनेरेटिभ ब्रेकिङ सिस्टम भएको हुँदा टिभिएस आईक्युबको यात्रा सहज हुनुको साथै उर्जा पनि कम खपत हुन्छ । त्यस्तै यात्रुलाई अझ बढी सुविधा प्रदान गर्न यस स्कुटरमा टेलिस्कोपिक फोर्क र ट्विन हाइड्रोलिक एबजरबर सस्पेन्सन प्रयोग गरिएको छ । यस टिभिएस आईक्युबको सिटको उचाइ ७७० एमएमको रहेको छ भने ग्राउन्ड क्लियरेन्स १५० एमएमको रहेको छ । त्यस्तै यसको तौल ११७ किलोग्राम रहेको छ भने डिजाइन पनि हल्का र युजर-फ्रेण्ड्ली रहेको छ ।

यो नयाँ टिभिएस आईक्युब इलेक्ट्रिक स्कुटर नाडा अटो शोभरी टिभिएसको स्टलमा प्रदर्शन गरिनेछ । सहभागीहरूले स्टलमा आएर यसका सुविधाहरू एक्सप्लोर गर्ने र टेस्ट ड्राईभ गर्ने अवसर समेत पाउनेछन् । टिभिएस आईक्युब इलेक्ट्रिक स्कुटर वातावरणप्रति सचेत आधुनिक शहरी यात्रुहरुको लागि व्यवहारिक छनोट भएको कम्पनीले जनाएको छ ।

अटो

५८ लाख पर्ने विद्युतीय मोटरसाइकल

शुक्रबारदेखि काठमाडौंको भृकुटिमण्डपमा ईभी एक्सपोमा सुरू भएको छ । ईभी एक्सपोमा ५८ …

२३ लाखमै विद्युतीय गाडी हेनरी मिनकार पाइने

विद्युतीय गाडी हेनरी मिनकार २३ लाखमै पाइने भएको छ । शुक्रबारदेखि भृकुटिमण्डपमा स…

शुक्रबारदेखि अन्तर्राष्ट्रिय ईभी प्रदर्शनी, १०० भन्दा बढी कम्पनीको सहभागीता रहने 

नेपाल पावर, लाइट एन्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अपलायनसेस तथा…

साउन महिनामा इलेक्ट्रीक कार आयातमा कमी 

चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो महिनामा इलेक्ट्रीक कार (इभी) आयातमा कमी  आएको …

तेस्रो त्रैमासिकमा साइबरट्रक सार्वजनिक गर्दै टेस्ला

टेस्लाले सन् २०२३ को तेस्रो त्रैमासिकमा साइबरट्रक सार्वजनिक गर्ने भएको छ । टेस्लाका प्…

सांग्रिला मोटर्सले शुरु ग¥यो सिट्रोन इ–सि थ्रीको हस्तान्तरण

काठमाडौँ, भाद्र १– नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा.लि.…

अब कुनै पनि पुरानो गाडी दिएर नयाँ एमजी जेडएस ईभी लैजान पाइने 

एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लिले आफ्…

एफडी मोटर्सका विद्युतीय स्कुटर खरिद गर्न कुमारी बैंकले कर्जा दिने

एफडी मोटर्सका विद्युतीय स्कुटर खरिद गर्न कुमारी बैंकले अब कर्जा दिने भएको छ । यसका…

संघीय संसद् सचिवालयलाई चीनले दियो आठवटा विद्युतीय गाडी

चीन सरकारले संघीय संसद् सचिवालयलाई आठवटा विद्युतीय गाडी उपलब्ध गराएको छ। चीन सरक…

सिट्रोन ई सी थ्री विद्युतीय गाडीको प्रि-बुकिङ खुला, १ लाखमै बुकिङ गर्न सकिने 

फ्रेन्च डिएनएको सिट्रोन ई सी थ्री विद्युतीय गाडीको प्रि-बुकिङ खुला भएको छ । सिट्रोन …

जिडब्लुएमका गाडीहरुमा फाईनान्सिङ सुविधा उपलब्ध हुने

जिडब्लुएम सवारीसाधनहरुको लागि एक मात्र आधिकारिक आयातकर्ता तथा वितरक भिजी इम्पेक्स …

अब तीन दिनभित्रै टाटा मोटर्सका विद्युतीय गाडीको फाइनान्सिङ सुविधा

टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले आफ्ना ईभी अर्थात विद्…

प्रभु बैंकले विद्युतीय सवारीसाधन खरिदका लागि प्रतिस्पर्धी व्याजदरमा कर्जा दिने

प्रभु बैंक लिमिटेड र लक्ष्मी कन्टिनेन्टल प्रालिबीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्ध…

विद्युतीय गाडीमा लाग्ने कर व्यावहारिक बनाएका छौँ : अर्थमन्त्री महत

अर्थमन्त्री डा प्रकाशशरण महतले विद्युतीय गाडीमा विगतमा भएको अव्यावहारिक भन्सार करलाई…

एमजी जेडएस ईभी (डिलक्स) को बुकिङ खुल्ला

एमजी गाडीको लागि नेपालका एक मात्र आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्र…