अटो
टिभिएसले सार्वजनिक गर्यो नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी
टिभिएस मोटरको नेपालको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी सफलतापूर्वक सार्वजनिक गरेको छ । काठमाडौँको भृकुटीमण्डपमा कार्तिक २ गते भएको यस कार्यक्रममा टिभिएसका ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्का र प्रदीप खड्काद्वारा नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपीको अनावरण गरिएको थियो ।
जगदम्बा मोटर्सका सीईओ दीपक अग्रवाल र भाईस प्रेसिडेन्ट दीपक रौनियारद्वारा कार्यक्रमको उद्घाटन गरियो । यस कार्यक्रममा कलाकार उषा उप्रेती र विपिन श्रेष्ठको उपस्थिति रहेको थियो भने कलाकार प्रताप दास र रचना रिमालको विशेष प्रस्तुति रहेको थियो ।
लन्च कार्यक्रम संगै जगदम्बा मोटर्सले
टिभिएस ग्रेट ग्राण्ड एक्सचेन्ज एण्ड फाइनान्स मेला
नामक एक्सचेन्ज मेला पनि आयोजना गरेको छ । असोज ३१ बाट सुरु भएको यो मेला कार्तिक ५ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने छ ।
यस एक्सचेन्ज मेलामा ग्राहकहरुले कुनै पनि ब्राण्डका पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गर्दा आर्कष्क छुट तथा उपहारहरु पाउने छन् । यस मेलामा सहभागी हुने ग्राहकलेआफ्नो पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गरेर टिभिएसको दुई पाङ्ग्रे सवारी साधन लिँदा बजार मुल्याङ्कन भन्दा रु ७,००० बढीको मूल्य पाउने छन्, साथै नकिन्दै १ लाख र किन्दा १० लाख सम्मको नगद छुटको पनि व्यवस्था छ ।
यो योजनामा आर्कष्क फाइनान्स अफर पनि समावेश छ, जस अन्तर्गत न्यूनतम २५% डाउनपेमेन्ट र रु ४,२७७ को मासिक ईएमआइमा बाइक तथा स्कुटर लिन सकिन्छ । यस बाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर, र ब्याग जस्ता उपहार पनि प्राप्त गर्न सक्ने छन् ।
कनेक्टेड मोबिलिटीको क्षेत्रमा आफ्नै छुट्टै स्थान बनाइसकेको टिभिएसले स्कुटर उध्योगमै सबैभन्दा पहिलो भोइस–असिस्ट फिचर यस स्कुटरमा समावेश गर्न सफल भएको छ । स्मार्ट कनेक्ट कनेक्टिभिटी प्ल्याट्फम मार्फत संचालित भोइस–असिस्ट फिचर उपलब्ध यस स्कुटरलाई टिभिएस कनेक्ट मोबाइल एप मार्फत सजिलै कनेक्ट गर्न सकिन्छ ।
युवा वर्गको लागि लक्षित गरेर डिजाइन गरिएको एनर्टक स्कुटरमा रहेको भ्वाइस असिस्टको सहायताबाट राइडरहरुले मोड चेन्ज, नाभिगेसन, कन्सोल ब्राइट्नेस अड्जस्टमेन्ट र डिएनडि लगायत अन्य थुप्रै कनेक्टिभिटि फंसनहरु सजिलै प्रयोग गर्न सक्नेछन् ।
यसले गर्दा राइडरहरुले ड्राइभ गर्दा–गर्दै पनि कुनै पनि ब्लुटुथ कनेक्टेड डिभाइस मार्फत आवाजकै भरमा विभिन्न सेटिङ्हरु कन्ट्रोल गर्न सक्छन् । त्यस्तै यसको अर्को मेजर अपडेट भनेको पर्फर्मेन्स पारामिटरलाई ग्राफिकल्लि देखाइएको छ ।
यसै गरी यसमा नियमित आवतजावत गरीरहने रुटहरु सेभ पनि गर्न मिल्छ जसले गर्दा यसको न्याभिगेसन झनै उपयोगी बनाएको छ । यसमा समावेश गरिएको टिभिएस रेसिङ पेडिग्रीले स्कुटरलाई उच्चतम पर्फर्मेन्स प्रदान गर्छ । साथै यसमा भएको रेस टनेल फुएल इन्जेक्सन आरटीफाई ईन्जिन ले ५५०० आरपी टर्क प्रदान गर्दछ ।
अटो
नासाको स्पेस प्रविधिले विद्युतीय गाडी ५ मिनेट भित्रै चार्ज गर्न सक्ने
नासाको स्पेस प्रविधिले विद्युतीय गाडीलाई ५ मिनेट भित्रै चार्ज गर्न सक्ने भएको छ । यो…
ओएसएमका तीन पांग्रे विद्युतीय सवारी साधन नेपालमा आउँदै
एमएडब्लू भृद्धिले ओएसएमका ३ पांग्रे विद्युतीय सवारी साधन नेपालमा ल्याउने भएको छ । …
विद्युतीय माइक्रो बस सञ्चालनमा
लामो समयको प्रतीक्षापछि अभयपुर यातायात प्रालि दोलखाले दुईवटा विद्युतीय माइक्रो बस …
टेस्लाले उत्पादन गर्न थाल्यो विद्युतीय सेमिट्रक, कति पर्छ मूल्य ?
विद्युतीय सवारीसाधन निर्माता कम्पनी टेस्लाले विद्युतीय सेमिट्रक निर्माण गर्न सुरू गरे…
ओला इलेक्ट्रिकको स्कुटर नेपाली बजारमा
भारतीय विद्युतीय सवारी साधन कम्पनी ओला इलेक्ट्रिकले बिहीबार सीजी मोटर्ससँगको साझेद…
सुरू भयो नाडा ईभी अटो शो, यस्ता छन् प्रदर्शनीमा राखिएका विद्युतीय सवारीसाधन (फोटो फिचर)
बिहिबारदेखि काठमाडौंको भृकुटिमण्डपमा ‘नाडा ईभी अटो शो २०२२’ सुरू भएको छ । नाडा…
असोज ७ गतेदेखि हाम्रोबजारको सेकेन्ड ह्यान्ड कार मेला, एकैठाउँमा ३०० बढी कार छान्न पाइने
हाम्रो बजारले दशैं अवसरमा अहिलेसम्मकै सबैभन्दा ठूलो सेकेन्ड ह्यान्ड कार मेला आयोजना…
प्रोटोन नेपालले ल्यायो दशैं र तिहार अफर, सागा सेडान कारको खरिदमा टिभिएस एनटोर्क स्कुटर जित्ने मौका
बज्र ग्रुप अन्तर्गतको कम्पनी ईभी नेपाल मोटर्सले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटरमा द…
नाडा इभी एक्सपोका लागि अनलाइन टिकेटिङको सुविधा उपलब्ध
नाडा इभी एक्सपो, २०२२ का लागि यसपालि अनलाइन टिकेटिङको व्यवस्था गरिएको छ । एक्पो भ…
नाडा इभी एक्स्पो हुँदै, दुई पाँग्रेदेखि चार पाँग्रेसम्मका सवारी साधन प्रदर्शनी हुने
नेपालमै पहिलोपटक आयोजना हुन लागेको नाडा इभी एक्सपो २०२२ को स्टल बुकिङ तथा लक्की …
विद्युत प्राधिकरणले रत्नपार्कमा सञ्चालनमा ल्यायो चार्जिङ स्टेशन
नेपाल विद्युत प्राधिकरणले रत्नपार्कमा विद्युतीय चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ । म…
विश्वकै सानो इलेक्ट्रिक भेहिकल चार्जर ईओ मिनी नेपालमा, कति छ मूल्य र के के छन् सुविधा ?
एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्राइभेट लिमिटेडले नेपालमा …
सशस्त्र प्रहरीले सञ्चालन गर्ने गरी चार्जिङ स्टेसन बनाउँदै विद्युत प्राधिकरण
सशस्त्र प्रहरी बल नेपाल र नेपाल विद्युत प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ स्टेशन न…
नेपाल प्रहरीले सञ्चालन गर्ने गरी चार्जिङ स्टेसन बनाउँदै प्राधिकरण
नेपाल प्रहरी प्रधान कार्यालय र नेपाल विद्युत प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ स्ट…