कीवर्डहरू -

बैंकिङ

माछापुच्छ्रे बैंक, नेप्स र सिटिटेकबीच एकीकृत व्यापार व्यवस्थापन प्रणाली सञ्चालन गर्न सम्झौता

माछापुच्छ्रे बैंक, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स (नेप्स) र सिटिटेकले एकीकृत व्यापार व्यवस्थापन प्रणाली गेट पे सञ्चालनका लागि त्रिपक्षीय सम्झौता गरेका छन् ।

सम्झौता पत्रमा नेप्सका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बा, सिटिटेकका प्रमुख कार्यकारी अधिकृत साजन शर्मा र माछापुच्छ्रे बैंकका नायब महाप्रबन्धक प्रसिद्धराज अर्यालले हस्ताक्षर गरेका छन् ।

नेप्स र सिटिटेकको सहकार्यमा विकास गरिएको गेट पे नामक एमएमएस सञ्चालनमा आइसकेपछि हाल छरिएर रहेका विभिन्न भुक्तानी उपकरण र सञ्जाललाई बैंक र व्यापारीले एकीकृत रुपमा व्यवस्थापन गर्न सक्नेछन् ।

सम्झौताले व्यापारीको हाल भुक्तानी उपकरण तथा सञ्जालसँग अलग-अलग रजिस्ट्रेसन तथा व्यवस्थापन गर्नुपर्ने प्रक्रियालाई सरलीकृत गर्दै एकै प्लेटफर्ममार्फत सो कार्य गर्ने क्षमता प्रदान गर्नेछ ।

साथै हाल प्रचलनमा रहेका सबै भुक्तानी उपकरण तथा सञ्जाललाई समेटेर एकै प्रणालीबाट बैंक तथा व्यापारीलाई सेवा लिन र दिन सहज हुने जारी विज्ञप्तिमा उल्लखे छ ।

कारोबारी र कारोबारसँग सम्बन्धित महत्वपूर्ण डाटाहरुको पहुँच र नियन्त्रण बैंक तथा व्यापारीमा पुग्ने, पटक-पटक व्यापारीको रजिस्ट्रेसन र व्यवस्थापन गर्नुपर्ने हालको झन्झटिलो प्रक्रियाको समाधान हुने र व्यापारीलाई बैंकहरुले अझ परिष्कृत सेवा प्रदान गर्न सहज हुनेलगायतका विशेषता गेट पेमा छन् ।

बैंकिङ

नबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ्ग गर्ने सुविधा

बैंकिङ सेवा तथा सुविधालाई डिजिटल बनाउन अग्रणी भूमिका निभाउँदै आइरहेको नबिल बैंकले कियोस्क मेसिन मार्फत चेक क्लियरिङ्ग गर्न सक…

माछापुच्छ्रे बैंकले सुरू गर्‍यो पिओएस मेसिनमा इन्सट्यान्ट पेमेन्ट नोटिफिकेसन प्रविधि

माछापुच्छ्रे बैंकले नेपालमै पहिलो पटक पिओएस मेसिनमा इन्सट्यान्ट पेमेन्ट नोटिफिकेसन प्रविधिको सुरूवात गरेको छ । अब माछापुच्छ्रे ब…

बढ्दै मोबाइल बैंकिङ कारोबार, एक वर्षमै थपिए ३१ लाख बढी नयाँ प्रयोगकर्ता

एक वर्षमै ३१ लाख मोबाइल बैंकिङ प्रयोगकर्ता थपिएका छन् । गत वर्षको तुलनामा यस वर्ष ३१ लाख बढी नयाँ मोबाइल बैंकिङ प्रयोगकर्ता थपि…

सिटिजन्स बैंंकको मोबाइल बैंकिङ एपबाटै अब खाता खोल्नेदेखि कार्ड ब्लक गर्नेसम्म सुविधा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुको मोबाइल बैंकिङ्ग अनुभव अभिवृद्दि गराउने र वास्तविक डिजिटल बंैकिङ्गको अनुभूति गराउने उद्देश्यले सिटिजन्स स्…

अब सबै वाणिज्य बैंकहरूको मोबाइल बैंकिङबाट नेपाल पे क्युआर स्क्यान गर्न सकिने

अब सबै वाणिज्य बैंकहरुको मोबाइल बैंकिङ एपबाट नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । ग्राहकहरूले अब जुनसुकै व…

सिटिजन्स बैंकका मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई सूर्या हेल्थ केयरमा १५ प्रतिशतसम्मको छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नयाँ बानेश्वरस्थित सूर्या हेल्थ केयर बीच सिटिजन्स…

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

एनएमबि बैंक लिमिटेड र बुद्ध एयरले एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक गरेको छ…

ग्लोबल आइएमई बैंकका ग्राहकलाई मेट्रो मार्टमा क्यूआरमार्फत पेमेन्ट गर्दा १५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका ग्राहकहरुलाई मेट्रो मार्टका काठमाडौं उपत्यका भि…