कीवर्डहरू -

बैंकिङ

नबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ्ग गर्ने सुविधा

बैंकिङ सेवा तथा सुविधालाई डिजिटल बनाउन अग्रणी भूमिका निभाउँदै आइरहेको नबिल बैंकले कियोस्क मेसिन मार्फत चेक क्लियरिङ्ग गर्न सकिने सुविधाको प्रारम्भ गरेको छ । यस सुविधामार्फत आउटवार्ड क्लियरिङ चेक अब ग्राहक स्वयंले कियोस्कमार्फत सोझै सम्बन्धित नबिलको खातामा रकम जम्मा गर्न सक्नेछन् ।

यो सुविधासँगै अब ग्राहकले आफ्नो समय अनुकुल पारि कार्यलय समय बाहेकका समयमा पनि बिना झन्झट चेक डिपोजिट गर्न सक्नेछन् । यो सेवाबाट ग्राहकको समयको बचत तथा स्वचालित र स्फुर्त रुपमा कारोबार हुने हुनाले यसबाट आफ्ना ग्राहकहरुले पूर्ण रुपमा लाभ लिनेमा विश्वस्त रहेको बैंकले जानकारी दिएको छ ।

हाललाई नबिल बैंकका काठमाडौं उपत्यकामा  ६ र उपत्यका बाहिर ४ गरी १० वटा शाखाबाट उक्त सेवा संचालनमा ल्याएको छ । बैंकका अनुसार उपत्यका भित्रका तीनधारा, ललितपुर, त्रिपुरेश्वर, नयाँ बानेश्वर, न्यूरोड र कुलेश्वर शाखाबाट तथा उपत्यका बाहिरका विराटनगर, वीरगन्ज, पोखरा र बुटवल शाखामा यो सुविधा पाउन सकिनेछ ।

नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंक मध्ये एक हो । बैंकले देशभर २६६ शाखा सञ्जालसहित १९ वटा एक्सटेन्सन काउन्टर र ३१० एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ । नबिल बैंकसँग हालसम्म १८ लाखभन्दा बढी ग्राहक संख्या पुगेको छ ।
 

बैंकिङ

अब सबै वाणिज्य बैंकहरूको मोबाइल बैंकिङबाट नेपाल पे क्युआर स्क्यान गर्न सकिने

अब सबै वाणिज्य बैंकहरुको मोबाइल बैंकिङ एपबाट नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । ग्राहकहरूले अब जुनसुकै व…

सिटिजन्स बैंकका मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई सूर्या हेल्थ केयरमा १५ प्रतिशतसम्मको छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नयाँ बानेश्वरस्थित सूर्या हेल्थ केयर बीच सिटिजन्स…

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

एनएमबि बैंक लिमिटेड र बुद्ध एयरले एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक गरेको छ…

ग्लोबल आइएमई बैंकका ग्राहकलाई मेट्रो मार्टमा क्यूआरमार्फत पेमेन्ट गर्दा १५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका ग्राहकहरुलाई मेट्रो मार्टका काठमाडौं उपत्यका भि…