कीवर्डहरू -

बैंकिङ

सिटिजन्स बैंक र र्‍यापिडबीच सहकार्य : कर्पोरेट ग्राहकलाई एउटै प्लेटफर्मबाट बैंकिङ सुविधा

काठमाडौं । सिटिजन्स बैंकका कर्पोरेट ग्राहकले अब खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट डाउनलोड गर्न, फण्ड ट्रान्सफर गर्न, ईएमआई भुक्तानी गर्न तथा तलब वितरण गर्न फरक फरक प्लेटफर्म प्रयोग गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन् ।

यसका लागि एपीआई बैंकिङ प्लेटफर्म र्‍यापिड र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडबीच सहकार्य भएको छ । सहकार्यसँगै सिटिजन्स बैंकको प्रणालीमा ‘र्‍यापिड’ एकीकृत गरिएको छ ।

अब बैंकका ग्राहकले आफ्नै सफ्टवेयर वा ईआरपी प्रणालीमार्फत एउटै प्लेटफर्म प्रयोग गरेर विभिन्न बैंकिङ सेवा सञ्चालन गर्न सक्नेछन् । प्रयोगकर्ताले ‘Connect with API Banking’ विकल्पमार्फत आफ्नो बैंक खाता लिंक गर्न सक्नेछन् ।

गोक्यो ल्याब्सका बिजनेस प्रमुख अशितोष साहका अनुसार यस सहकार्यले सिटिजन्स बैंकका कर्पोरेट ग्राहकको सेवा प्रवाहमा ठूलो रूपान्तरण ल्याउनेछ । वित्तीय कामकाजलाई डिजिटल रूपमा एकीकृत गर्दै व्यवसायहरूको समय, लागत र सञ्चालनसम्बन्धी झन्झट उल्लेखनीय रूपमा घट्ने उनको भनाइ छ ।

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकले सेवा प्रयोग गर्न बैंकमा एक पटक मात्र मोबाइल बैंकिङजस्तै फाराम भर्नुपर्नेछ । त्यसपछि अधिकांश सेवा अनलाइनमार्फत सञ्चालन गर्न सकिने बैंकले जनाएको छ । ‘र्‍यापिड’ले ग्राहकको अनुमति (consent) प्रक्रियालाई पनि डिजिटल बनाएको छ, जसले थप सहजता र पारदर्शिता ल्याउने विश्वास गरिएको छ ।

सुरक्षाका दृष्टिले ‘र्‍यापिड’मा एण्ड–टु–एण्ड इन्क्रिप्सन, मल्टिलेयर भेरिफिकेशन तथा अत्याधुनिक सुरक्षा प्रोटोकल प्रयोग गरिएको कम्पनीले जनाएको छ । यसले सबै प्रकारका डिजिटल ट्रान्जेक्सनलाई सुरक्षित बनाउने दाबी गरिएको छ ।

‘र्‍यापिड’ एक एपीआई आधारित बैंकिङ प्लेटफर्म हो, जसले बैंकिङ एज ए सर्भिस (BaaS) मोडलमार्फत बैंक, फिनटेक तथा डिजिटल सेवा प्रदायकलाई जोड्ने काम गर्छ । कम्पनीका अनुसार एपीआई बैंकिङ अवधारणालाई सहज र पहुँचयोग्य बनाउँदै साना, मझौला तथा ठूला व्यवसायलाई समान रूपमा डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

बैंकिङ

बैंकिङ च्यानलबाट रेमिट्यान्स पठाउँदा अब उपहार पाइने

काठमाडौं । बैंकिङ च्यालनमार्फत् रेमिट्यान्स पठाउँदा उपहार पाइने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबा…

राष्ट्र बैंकको निर्देशन : एटीएमदेखि मोबाइल बैंकिङसम्म अपाङ्गमैत्री सेवा अनिवार्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई अपाङ्गता भएका व्यक्तिमैत्री डिजिटल बैंकिङ सेवा स…

डिजिटल बैंकिङमा नयाँ फड्को, मोबाइल बैंकिङमार्फत भारतमा सहजै रकम पठाउन सकिने

काठमाडौं । नेपालबाट भारततर्फ पैसा पठाउने प्रक्रिया अब थप सहज बनेको छ । ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङमा…

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो बैंकिङ एप ‘एनबैंक’मा ‘लगानी’ सम्बन्धी सेवा व…

एनआईसी एसिया बैंकको लिलाम बिक्री पोर्टल सुरु

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले बैंकिङ सम्पत्ति, बैंकको नाममा रहेको गैरबैंकिङ सम्पत्ति तथा धितो सुर…

नबिल बैंकको ‘एनबैंक’ थप स्मार्ट, एउटै प्लेटफर्मबाट बैंकिङ र लगानी सेवा

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो बैंकिङ एप ‘एनबैंक’मा ‘लगानी’ सम्बन्धी सेवा व…

स्मार्ट टेलिकम प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पक्राउ

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योति प्रकाश पाण्डे ठगी तथा…

ग्राहकमैत्री डिजिटल सेवाका लागि ग्लोबल आईएमई बैंक सम्मानित

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडलाई “बेष्ट म्यानेज्ड बैंक इन डिजिटल बैंकिङ ग्रोथ २०२६” अवार्…

राष्ट्रिय वाणिज्य बैंक ‘नेसनल कार्ड स्विच’ र ‘नेपालपे कार्ड’मा आबद्ध

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेडबिच ‘नेसनल कार्ड स्विच ‘नेपा…

कर प्रणाली सहज बनाउन एनआईसी एशिया बैंकको सूचना : प्यान र ईमेल अपडेट अनिवार्य

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न अनुर…

महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवा सुरु

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो क्यूआर भुक्तानी सेवामा अन्तर्राष्ट्रिय विस्तार गर्दै नयाँ सुविधा सुरु गर…

राष्ट्र बैंकको नयाँ नियम : एटीएमबाट पैसा निकाल्ने सीमा घट्यो, अब कति झिक्न पाइन्छ ?

 काठमाडौं । नगद कारोबारमा निर्भरता घटाउँदै डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपा…

ग्लोबल आइएमई बैंकमा अब किओस्क मेसिनबाटै खाता खोल्न सकिने सुविधा

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सरल, सहज र अत्याधुनिक बैंकिङ्ग प्रदान गर्ने उद्देश्यले ग्राहक स्वयंले बैंकको शाखा क…

एनएमबि बैंकले ल्यायो दुई नयाँ भिसा प्लाटिनम डेबिट कार्ड, कुनै पनि एटिएमबाट निःशुल्क नगद झिक्ने सुविधा

एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई थप सुविधा र अझै उत्कृष्ट बैंकिङ्ग अनुभव प्रदान गर्ने उद्देश्यले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट …

ट्रिप टर्बो र नबिल बैंकबीच साझेदारी, अब एनबैंक एपबाटै बस र हवाई टिकट बुक गर्न मिल्ने

नेपालको सबैभन्दा ठूलो अनलाइन ट्राभल मार्केटप्लेस ट्रिप टर्बो र अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेडबीच रणनीतिक साझेदारी भएको छ…