कीवर्डहरू -

बैंकिङ

सिटिजन्स फोनपे भर्चुअल क्रेडिट कार्ड सुरू, १४ लाख बढी फोनपे मर्चेन्टमा भुक्तानी गर्न सकिने

सिटिजन्स बैंकले फोनपे सँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्डको सुरुवात गरेको छ । सिटिजन्स फोनपे क्रेडिट कार्ड नेपालको आफ्नै कार्ड स्किम हो । 

यसले प्रयोगकर्तालाई सहज र सुरक्षित भुक्तानी अनुभव प्रदान गर्दै आफ्नो कारोबार सजिलै व्यवस्थापन गर्ने सुविधा प्रदान गर्नेछ । 

भर्चुअल कार्ड सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपबाट केही सेकेन्डमै पाउन सकिने छ । कार्डबाट १४ लाख भन्दा बढी फोनपे मर्चेन्टहरूमा सजिलै स्क्यान गरेर भुक्तानी गर्न सकिने भने आफ्नो खर्चहरू समेत ट्र्याक गर्न सजिलो हुने जनाइएको छ । 

४५ दिनसम्म बिना ब्याज क्रेडिट सुविधा समेत सिटिजन्स फोनपे भर्चुअल कार्डमा पाइने छ । कार्ड सुरूवात गरेको अवसरमा सिटिजन्स बैंकले सिटिजन्स फोनपे क्रेडिट कार्डको प्रयोग गरेर भएका कारोबारहरूमा प्रति प्रयोगकर्ता ५० प्रतिशत (१ हजार रूपैयाँ) सम्मको रकमको क्यासब्याक अफर समेत ल्याएको छ ।

यो अफर २०८१ भदौ २७ बाट सुरु हुनेछ र सबै योग्य सिटिजन्स फोनपे क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि सिमित अवधिसम्म उपलब्ध हुनेछ । यस अफरले ग्राहकहरूलाई सिटिजन्स फोनपे क्रेडिट कार्डको सुविधाहरू अनुभव गर्न ठूलो अवसर प्रदान गर्नेछ ।

सिटिजन्स बैंकका सिइओ गणेश राज पोखरेलले फोनपे सँगको साझेदारीमा नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गर्न पाउँदा निकै उत्साहित रहेको बताए ।

‘नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गर्न पाउँदा खुसी छौं । कार्डबाट फोनपे मर्चेन्टहरूमा स्क्यान र पेमेन्ट गरी प्रयोग गर्न सकिन्छ,’ उनले भने, ‘यो कदमले हाम्रा ग्राहकहरूको क्रेडिट र भुक्तानीको प्रक्रियालाई पूर्ण रूपमा परिवर्तन गर्नेछ ।’ 

यस्तै फोनपेका सिइओ दिवस कुमारले नेपालकै आफ्नै भर्चुअल क्रेडिट कार्ड प्रस्तुत गरेको बताउँदै कार्डले ग्राहकहरूलाई डिजिटल भुक्तानीमा थप सजिलो अनुभव दिने जानकारी दिए । 

‘नेपालमा क्रेडिट कार्डको प्रयोग २ प्रतिशत भन्दा कम भएको अवस्थामा, हाम्रो भर्चुअल क्रेडिट कार्डले यो कमी पूरा गर्दै स्थानीयदेखि ठूला व्यापारीहरूसम्मको नेटवर्कमा तुरुन्त पहुँच पुर्याएका छौं,’ उनले भने, ‘यो केवल नयाँ सेवाको  सुरुवात नभई सम्पूर्ण नेपाली उपभोक्ताको बदलिँदो आवश्यकतालाई ध्यानमा राखेर लचक र अनुकूल समाधान सिर्जना गर्ने प्रयास हो ।’

के हो फोनपे भर्चुअल कार्ड ? 

फोनपे भर्चुअल कार्ड स्किम पूर्ण रूपमा डिजिटल कार्ड समाधान हो, जसले प्रयोगकर्ताहरूलाई आफ्नो क्रेडिट कार्ड कार्य-क्षमतामा सजिलो, लचकता र नियन्त्रण प्रदान गर्नेछ ।

यस कार्ड स्किमले फोनपे नेटवर्कमा क्यूआर भुक्तानी, अनलाइन वा इ-कमर्स भुक्तानीहरू, र सहज ईएमआई कन्भर्जन जस्ता सुविधाहरू दिनेछ फोनले जनाएको छ ।

फोनपे क्रेडिट कार्डले ग्राहकहरूलाई आफ्नो मोबाइल बैंकिङ एपबाट केही सेकेन्डमै सजिलै कार्ड सुरू गर्न र प्रयोग गर्न अवसर दिनेछ ।

यसमा ग्राहकले कार्ड व्यवस्थापन, लिमिट कन्ट्रोल र स्टेटमेन्ट डेलिभरीजस्ता उन्नत सुविधाहरूको पूर्ण फाइदा लिन सक्छन्, जसले ग्राहकहरुलाई आफ्नो कार्डमा सम्पूर्ण नियन्त्रण दिएको छ ।

बैंकिङ

गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट नेपालमा सहजै पैसा पठाउन सकिने

ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबिच कतारबाट नेपालमा सहज रूपमा रेमिटेन्स पठाउनेसम्बन्धी सम्झौता भए…

आइएमईमार्फत विदेशबाट पठाएको रकम अब सिधै सहकारीको खातामा जम्मा गर्न सकिने

आइएमई लिमिटेड र सहकारी संस्थालाई प्रविधिमैत्री बनाई रहेको कम्पनी एम बैंक- (मोबाइल बैङ्किग) बिच विदेशबाट पठाएको रकम अब सिधै स…

एनआईसी एशिया बैंकमा खाता छ ? यसरी गर्नुहोस् प्यान नम्बर अपडेट

एनआईसी एशिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको छ ।

एभरेष्ट बैंक लिमिटेडमा एसबी सोलुसन्सको क्रेडिट स्वचालन प्रणाली (क्रेडिट एक्स) लागु

एभरेष्ट बैंक लिमिटेडले क्रेडिट स्वचालन प्रणाली (क्रेडिट–एक्स) लागु गरी सञ्चालनमा ल्याएको छ । उक्त प्रणाली लागु गर्ने सम्झौताम…

माछापुच्छ्रे बैंकले ल्यायो नियोन क्रेडिट कार्ड, कारोबारमा विशेष छुट तथा क्यासब्याक अफर

माछापुच्छ्रे बैंक लिमिटेडले नियोन क्रेडिट कार्ड सुविधा सञ्चालनमा ल्याएको छ । नेपाली बैंकिङ उद्योगमा नै पहिलो पटक ग्राहकका लागि …

महालक्ष्मी विकास बैंकमा क्यूआर कोडबाटै कर्जा आवेदन दिन सकिने

महालक्ष्मी विकास बैंकले आफ्ना सेवा सुविधाहरुलाई डिजिटलमैत्री तथा स्वचालित बनाउँदै जाने उद्देश्य अनुरुप क्युआर कोडमार्फत कर्जा आवे…

एनआईसी एशिया बैंकमा खाता छ ? यसरी गर्नुहोस् प्यान नम्बर अपडेट

एनआईसी एशिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको छ ।

भिसासँगको सहकार्यमा प्रभु बैंकले ल्यायो बिजनेस डेबिट कार्ड, के के छन् सुविधा ?

प्रभु बैंक लिमिटेडले भिजा इन्टरनेसनलसँगको सहकार्यमा पूर्ण नविनतम सुविधासहितको प्रभु बिजनेस डेबिट कार्ड सेवा आइतबारदेखि सञ्चालन…

एनसेल एपमा अब माछापुच्छ्रे बैंकको प्लेटफर्मबाट भुक्तानी सुविधा

माछापुच्छ्रे बैंक लिमिटेड र एनसेलबीच डिजिटल प्लेटफर्म मार्फत सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता …

सिद्धार्थ बैंक ल्यायो रिवार्ड्स योजना, डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने उद्देश्य

सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमै पहिलो पटक डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने उद्देश्यका  साथ  ‘सिद्…

ग्लोबल आइएमई बैंकका दुई दर्जन बढी सेवाहरू अब वेबसाइटबाटै लिन सकिने

ग्लोबल आइएमई बैंक लिमिटेडले अधिकांश बैंकिङ सेवाहरु बैंकको वेबसाइटमार्फत अनलाइन उपलब्ध गराउने गरी डिजिटल युनिभर्स सञ्चाल…

ग्लोबल आइएमई बैंक सञ्चालनमा ल्यायो डिजिटल युनिभर्स, के के छन् सुविधा ?

ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरु प्रदान गर्ने गरी छुट्टै लाउन्ज  डिजिटल युनिभर्स सञ्…

नबिल बैंकलाई प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन अवार्ड

नबिल बैंक लिमिटेडले प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन अवार्ड पाएको छ ।

इन्फोसिस फिनाकल …

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक ग्राहकहरुलाई दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट दिने योजना पुनः …

कुमारी बैंकको एपबाट अब विनाधितो २ लाख रुपैयाँसम्म कर्जा लिन सकिने

 कुमारी बैंक लिमिटेडले क्यूआर कोडबाट कारोबार गर्ने ग्राहकका लागि मोबाइल बैंकिङ एप मार्फत विना धितो दुई लाख रुपैयाँसम्मक…