बैंकिङ
एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने
एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूका लागि 'नेपालपे कार्ड' जारी गर्ने भएको छ। भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यसहित बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग यस सम्बन्धी रणनीतिक सम्झौता गरेको हो।
उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।
यो सम्झौतासँगै एनआईसी एशिया बैंक नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त एनसीएचएलद्वारा सञ्चालित 'डोमेस्टिक कार्ड स्कीम' अन्तर्गतको नेपालपे कार्ड जारी गर्ने प्रमुख साझेदार बनेको छ। साथै, बैंक नेसनल कार्ड स्वीचमा पूर्ण रूपमा आबद्ध भएको छ।
यस सम्झौताले बैंकलाई नेपालको राष्ट्रिय भुक्तानी स्वीचमा पूर्ण रूपमा एकीकृत हुन मद्दत गर्नेछ। अब एनआईसी एशिया बैंकका ग्राहकले स्वदेशी कार्डको रूपमा 'नेपालपे कार्ड' प्राप्त गर्न सक्नेछन्।
ग्राहकहरूले यो कार्ड प्रयोग गरी देशभरका कुनै पनि बैंकका एटीएम र पोस मेसिनमार्फत कारोबार गर्न सक्नेछन्। विशेष गरी, यस्ता कारोबारहरू 'राष्ट्रिय शुल्क संरचना' अन्तर्गत रहने सुनिश्चित गरिएको बैंकले जनाएको छ।
बैंकले यस सहकार्यमार्फत ग्राहकलाई आधुनिक, भरपर्दो र राष्ट्रिय मापदण्डको स्वदेशी कार्ड सेवा प्रदान गर्दै देशमा डिजिटल बैंकिङ्ग र नगदरहित अर्थतन्त्रको विकासमा टेवा पुर्याउने विश्वास लिएको छ।
बैंकिङ
एनएमबि बैंकले पाटा र भिसासँगको सहकार्यमा प्रयोगमा ल्यायो सजिलो डिजिटल भुक्तानी
एनएमबि बैंक लिमिटेडले प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र भिसासँग सहकार्य गर्दै ‘एनएमबि सफ्ट पस&rsqu…
एनएमबि बैंकको सफ्टपोस सेवा सुरू, अब एन्ड्रोइड फोनलाई नै पोस मेसिनको रूपमा प्रयोग गर्न सकिने
एनएमबि बैंकले नेपालमा पहिलोपटक सफ्टपोस (Soft POS) सेवा सुरु गर्दै डिजिटल भुक्तानी प्रविधिमा एक महत्वपूर्ण कदम अघि बढाएको छ । …
स्टयाण्डर्ड चार्टर्ड बैंक नेपालपे कार्डमा आवद्ध
स्टयाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड र एनसीएचएल बीच एनपीएस - नेशनल कार्ड स्वीच (एनसीएस) तथा नेशनल/डोमेस्टिक कार्ड स्किम (नेपाल…
गरिमा विकास बैंकको भर्चुअल क्रेडिट कार्ड सेवा सुरु
गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि नयाँ सेवा सुरु गरेको छ। बैंकले फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्नो मोबाइल बैंक…
सकेसम्म डिजिटल वित्तीय सेवा प्रयोग गर्न राष्ट्र बैंकको अनुरोध
नेपाल राष्ट्र बैंकले सकेसम्म डिजिटल वित्तीय सेवा प्रयोग गर्न सर्वसाधरणलाई अनुरोध गरेको छ ।
इन्भेष्टमेण्ट मेगा बैंकले नेपालमै पहिलो पटक ल्यायो पस मेसिनबाट भुक्तानी गर्दा ‘इन्स्टा ईएमआई’ सुविधा
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नेपालमै पहिलो पटक पीओएस मेसिनमार्फत भुक्तानी गर्दा ‘इन्स्टा ईएमआई’ सुविधा ल्याएको छ …
गरिमा विकास बैंक नेपालपे कार्डमा आबद्ध
गरिमा विकास बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच ‘एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम नेपाल पे…
एससीटी युपीआई कार्ड जारी गर्नका लागि एससीटी र सांग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपाल राष्ट्र…
एक्सेल डेभलपमेन्ट बैंक नेपालपे कार्डमा आबद्ध
एक्सेल डेभलपमेन्ट बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच ‘एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम नेपा…
नेपालपे कार्डका लागि नेपाल एसबिआई बैंक लिमिटेड र क्लियरिङ हाउसबिच सम्झाैता
नेपाल एसबिआई बैंक लिमिटेडले एनपीएस - राष्ट्रिय कार्ड स्वीच तथा नेपाल पे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि नेपाल क्लियरिङ हाउस लिमिटेसँग सम्झौता गरेको…
ग्लोबल आइएमई बैंकको ल्यायो ग्लोबल स्काई क्लब कार्ड, के के छन् सुविधा ?
ग्राहकका लागि सहज सेवा र आकर्षक स्किम उपलब्ध गराउन नवीन खोज गरिरहने निजी क्षेत्रको अब्बल ग्लोबल आइएमई बैंक यस पटक यती एयरलाइन्सस…
एभरेष्ट बैंक नेशनल पेमेन्ट स्वीच तथा नेपालपे कार्डमा आवद्ध
एभरेष्ट बैंक र एनसीएचएलबीच एनपीएस - एनसीएस तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको…
गोक्यो ल्याब्स प्रालिसँगको सहकार्यमा सिटिजन्स बैंकले सुरू गर्यो र्यापिड एपीआई बैंकिङ प्रणाली
सिटिजन्स बैंकले नेपालमै पहिलो पटक गोक्यो ल्याब्स प्रालिसँगको सहकार्यमा व्यवसायिक बैंकिङलाई सरल, छिटो र सुरक्षित बनाउन…
नबिल बैंकले लाइफटाइम निःशुल्क दिदै क्रेडिट कार्ड, अनलाइनबाटै लिन सकिने
नबिल बैंकले नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्डको योजनाको म्याद थप गरेको छ । ग्राहकको उत्साहजनक सहभागिता तथा प्रतिक्रियापछि यो…
नबिल बैंकको दिगो बचत खाता, एनबैंक आजीवन निःशुल्क प्रयोग गर्न सकिने
नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण र नियन्त्रणलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकिङ क्षेत्रमा नौलो र प्रभावकारी किसिमको खाता ‘नबिल दिग…