बैंकिङ
एससिटीले ल्यायो ‘माई कार्ड’ सेवा, अब डेबिट कार्डमा आफ्नै फोटो राख्न सकिने
भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाईस टेक्नोलोजीज लिमिटेड (एससिटी) ले ‘माई कार्ड’ नामक नयाँ सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीले बिहीबार एक विज्ञप्ति जारी गर्दै ‘पर्सनराइज्ड कार्ड सेवा’ को औपचारिक सुरुवात गरेको जानकारी दिएको हो।
यो नयाँ सुविधासँगै अब एससिटी नेटवर्क अन्तर्गतका बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले आफ्नो इच्छा अनुसारको फोटो राखेर एससीटी–युनियनपे डेबिट कार्ड लिन सक्नेछन्। ग्राहकले आफ्नो तस्बिर वा आफूलाई मन पर्ने कुनै पनि तस्बिर कार्डमा प्रिन्ट गराउन सक्ने कम्पनीले जनाएको छ।
हालका लागि यो सेवा आईसीएफसी फाइनान्स लिमिटेडबाट सुरु गरिएको छ। आईसीएफसीका ग्राहकले यस योजना अन्तर्गत आफ्नो फोटो सहितको कार्ड प्राप्त गर्न सक्नेछन्। कम्पनीले यो सेवालाई भविष्यमा भिसा तथा नेपालपे स्किममा समेत सुरु गर्न सकिने गरी विकास गरेको छ। साथै, एससिटी नेटवर्क भन्दा बाहिरका बैंक तथा वित्तीय संस्थाहरूले पनि ‘माई कार्ड’ को प्लेटफर्म प्रयोग गरी आफ्ना ग्राहकलाई यो सेवा प्रदान गर्न सक्ने कम्पनीले स्पष्ट पारेको छ।
नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त एससिटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरूमार्फत कार्ड जारी गर्दै आएको छ। विगत दुई दशकदेखि सुरक्षित र भरपर्दो भुक्तानी सेवा दिँदै आएको एससिटी नेपालको पहिलो डोमेस्टिक कार्ड स्किम हो।
बैंकिङ
नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार
नबिल बैंक लिमिटेडले मुलुकभरका विभिन्न २७ वटा शाखामा अन्तर्राष्ट्रिय भुक्तानी सेवा विस्तार गरेको छ । यसअघि बैंकको केन्द्रीय …
एनएमबि बैंकद्वारा डिजिटल नेपालको लागि नयाँ पेमेन्ट गेटवे सुरू
एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यमा देशभर डिजिटल कारोबारलाई सरल र सुरक्षित बनाउन कार्डमा आ…
एनएमबि बैंकको अनलाइन पेमेन्ट गेटवेको लागि एनसीएचएलसँग सहकार्य
एनएमबी बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) सँग सहकार्य गर्दै कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सेवा सुरु गर्ने भएको छ। नय…
एनएमबि बैंकले पाटा र भिसासँगको सहकार्यमा प्रयोगमा ल्यायो सजिलो डिजिटल भुक्तानी
एनएमबि बैंक लिमिटेडले प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र भिसासँग सहकार्य गर्दै ‘एनएमबि सफ्ट पस&rsqu…
एनएमबि बैंकको सफ्टपोस सेवा सुरू, अब एन्ड्रोइड फोनलाई नै पोस मेसिनको रूपमा प्रयोग गर्न सकिने
एनएमबि बैंकले नेपालमा पहिलोपटक सफ्टपोस (Soft POS) सेवा सुरु गर्दै डिजिटल भुक्तानी प्रविधिमा एक महत्वपूर्ण कदम अघि बढाएको छ । …
स्टयाण्डर्ड चार्टर्ड बैंक नेपालपे कार्डमा आवद्ध
स्टयाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड र एनसीएचएल बीच एनपीएस - नेशनल कार्ड स्वीच (एनसीएस) तथा नेशनल/डोमेस्टिक कार्ड स्किम (नेपाल…
गरिमा विकास बैंकको भर्चुअल क्रेडिट कार्ड सेवा सुरु
गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि नयाँ सेवा सुरु गरेको छ। बैंकले फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्नो मोबाइल बैंक…
सकेसम्म डिजिटल वित्तीय सेवा प्रयोग गर्न राष्ट्र बैंकको अनुरोध
नेपाल राष्ट्र बैंकले सकेसम्म डिजिटल वित्तीय सेवा प्रयोग गर्न सर्वसाधरणलाई अनुरोध गरेको छ ।
इन्भेष्टमेण्ट मेगा बैंकले नेपालमै पहिलो पटक ल्यायो पस मेसिनबाट भुक्तानी गर्दा ‘इन्स्टा ईएमआई’ सुविधा
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नेपालमै पहिलो पटक पीओएस मेसिनमार्फत भुक्तानी गर्दा ‘इन्स्टा ईएमआई’ सुविधा ल्याएको छ …
गरिमा विकास बैंक नेपालपे कार्डमा आबद्ध
गरिमा विकास बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच ‘एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम नेपाल पे…
एससीटी युपीआई कार्ड जारी गर्नका लागि एससीटी र सांग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपाल राष्ट्र…
एक्सेल डेभलपमेन्ट बैंक नेपालपे कार्डमा आबद्ध
एक्सेल डेभलपमेन्ट बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच ‘एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम नेपा…
नेपालपे कार्डका लागि नेपाल एसबिआई बैंक लिमिटेड र क्लियरिङ हाउसबिच सम्झाैता
नेपाल एसबिआई बैंक लिमिटेडले एनपीएस - राष्ट्रिय कार्ड स्वीच तथा नेपाल पे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि नेपाल क्लियरिङ हाउस लिमिटेसँग सम्झौता गरेको…
ग्लोबल आइएमई बैंकको ल्यायो ग्लोबल स्काई क्लब कार्ड, के के छन् सुविधा ?
ग्राहकका लागि सहज सेवा र आकर्षक स्किम उपलब्ध गराउन नवीन खोज गरिरहने निजी क्षेत्रको अब्बल ग्लोबल आइएमई बैंक यस पटक यती एयरलाइन्सस…
एभरेष्ट बैंक नेशनल पेमेन्ट स्वीच तथा नेपालपे कार्डमा आवद्ध
एभरेष्ट बैंक र एनसीएचएलबीच एनपीएस - एनसीएस तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको…