कीवर्डहरू -

बैंकिङ

गोक्यो ल्याब्स प्रालिसँगको सहकार्यमा सिटिजन्स बैंकले सुरू गर्‍यो र्‍यापिड एपीआई बैंकिङ प्रणाली

सिटिजन्स बैंकले नेपालमै पहिलो पटक गोक्यो ल्याब्स प्रालिसँगको सहकार्यमा व्यवसायिक बैंकिङलाई सरल, छिटो र सुरक्षित बनाउन डिजाइन गरिएको सुरक्षित एपीआई बैंकिङ प्लेटफर्म (र्‍यापिड) सञ्चालनमा ल्याएको छ । 

यस सेवा अन्तर्गत प्रथम चरणमा, व्यवसायिक ग्राहकको सहमतिमा र्‍यापिडले ग्राहकको ईआरपी प्रणालीहरूलाई बैंक खातासँग प्रत्यक्ष रूपमा जोड्ने गर्छ, जसले गर्दा ईआरपीभित्रैबाट वास्तविक समयमा ब्यालेन्स चेक र स्टेटमेन्ट हेर्न सकिन्छ ।

साथै दोस्रो चरणमा, र्‍यापिड विश्वव्यापी मापदण्ड आईएसओ २००२२ तथा एमएफए र ओअथ२ जस्ता प्रविधिहरू प्रयोग गरी भुक्तानी प्रारम्भ गर्ने सुरक्षित एपीआई उपलब्ध गराउनेछ, जसमा भुक्तानी स्वीकृतिका लागि हस्ताक्षरकर्ता (एकल वा बहु–हस्ताक्षर) परिभाषित गर्न सकिने, क्यूआर कोड र कार्डमार्फत गरिएका कारोबारहरूको सेटलमेन्ट डेटाको विस्तृत भुक्तानी विवरण प्राप्त गर्न सकिने, कर्मचारीहरूको तलब भुक्तानीलाई छिटो प्रभावकारी र स्वचालित गराउन सकिने, एउटा खाताबाट अर्को खातामा रकमान्तर तथा अन्तर बैंक रकमान्तर सहज र सुरक्षित तरिकाले गराउन सकिने, अनलाइन खाता खोल्न सकिने, जस्ता सेवाहरू उपलब्ध हुनेछन् । 

र्‍यापिडले व्यवसायिक प्रयोगकर्तालाई ओअथ२ मार्फत सुरक्षित डिजिटल सहमतिद्वारा पूर्ण नियन्त्रण दिन्छ, र प्रत्येक महत्त्वपूर्ण कार्यका लागि एक पटक प्रयोग हुने पासकोड (टीओटीपी) को माध्यमबाट थप सुरक्षा प्रदान गर्छ। सम्पूर्ण डेटा आधुनिक पीकेआई प्रविधिको प्रयोगद्वारा पूर्ण रूपमा इन्क्रिप्ट गरिएको हुन्छ ।

बैंकिङ

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टल सार्वजनिक

एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ्ग सम्पत्तिहरु, बैंकको नाममा रहेको गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेत…

हिमालयन बैंकको मोबाइल बैंकिङबाट अब इसेवामा रकम लोड गर्न सकिने

डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र हिमालयन बैंकबिच विद्युतीय कारोबारसम्बन्धी साझेदारी भएको छ । यस साझेदारी पश्चात् अब …

ग्लोबल आईएमई बैंक र इन्फोडेभलपर्सबीच सम्झौता

ग्लोबल आईएमई बैंक लिमिटेडले इन्फोडेभलपर्स प्राइभेट लिमिटेडले विकास गरेको बजेट सूचना व्यवस्थापन प्रणाली ‘बजेट ३६०’ …

ज्योति विकास बैंक एक्सिलेन्स इन डिजिटल ट्रान्जेक्सन अवार्डबाट सम्मानित

ज्योति विकास बैंक उत्कृष्ट डिजिटल सेवाको साथै सबैभन्दा बढी डिजिटल कारोबार गर्दै विद्युतीय भुक्तानीलाई प्रोत्साहन गरेकोमा नेपाल क्…

राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङमा नयाँ रजिष्टर गर्दा स्मार्टफोन जित्ने मौका

आफ्नो वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंकले आफ्ना ग्राहकहरूका लागि नयाँ अभियानको घोषणा गरेको छ ।  यस अन्तर्गत ग्राहक…

सानिमा बैंक र एनसीएचएलबीच अलिपे प्लसमार्फत अन्तरदेशीय क्युआर भुक्तानी गर्ने सम्झौता

सानिमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग अलिपे प्लस नेटवर्क प्रयोगकर्ताहरुलाई सहज रुपमा अन्तरदेशीय क्युआर भुक्तानी गर्न सम्झौ…

भ्वाइससहितको इन्टिग्रेटेड ईआपी कोर बैंकिङ प्रयोग गर्दै किसान साकोस

गैंडाकोट नवलपुरमा अवस्थित किसान बचत तथा ऋण सहकारी संस्थाले सिनर्जी टेक सफ्टवेयरसँगको सहकार्यमा भ्वाईस सोलुसन इन्टिग्रेटेड ईआपी …

महालक्ष्मी विकास बैंकको डिजिटल भुक्तानी केन्द्र उद्घाटन, के के छन् सुविधा ?

महालक्ष्मी विकास बैंकले आज आयोजित एक कार्यक्रमका बीच शाखा कार्यालय दरबारमार्गमा डिजिटल भुक्तानी केन्द्रको उद्घाटन गरेको छ । …

लक्ष्मी सनराइज बैंकको डिजिटल डिसेम्बर अभियान, महिनाभर डिजिटल भुक्तानीमा छुट सुविधा

डिजिटल बैंकिङ प्रवर्द्वन गर्नका लागि भन्दै लक्ष्मी सनराइज बैंक #DigitalDecember2024 अभियान सुरु गरेको छ ।

असोजमा मात्रै थपिए ३ लाख मोबाइल बैंकिङ प्रयोगकर्ता, कारोबार ४ खर्ब माथि

एक महिनामै ३ लाख मोबाइल बैंकिङ थपिएका छन् । २०८१ भदौको तुलनामा असोजमा मात्रै ३ लाख नयाँ मोबाइल बैंकिङ प्रयोगकर्ता थपिएका हु…

ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङबाट भुक्तानी गर्दा एजिलस डायग्नोष्टिकमा १५ प्रतिशत छुट पाइने

ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई एजिलस डायग्नोष्टिक नेपालमा उपलब्ध प्याथोलोजि टेष्ट शुल्कमा १५ प्रतिशत छुट प्रदान गर्ने समझदारी सम्…

नबिल बैंकको कार्डमा आधारित विप्रेषण सेवा अब हाम्रो पात्रोमा, ५ हजार डलरसम्म नेपाल पठाउन सकिने

नबिल बैंक लिमिटेड र स्मार्ट आइडियाज प्रालि (हाम्रो पात्रो) बिच कार्ड–आधारित विप्रेषण सेवाका लागि समझदारी भएको छ । नबिल ब…

महालक्ष्मी विकास बैंकमा भिसा थ्रीडी सुविधा, अनलाइन कारोबारको सुरक्षा तहमा थप वृद्धि हुने

महालक्ष्मी विकास बैंकले भिसा थ्रीडी सुविधा थप गरेको छ । नेपालमा यस्तो सुविधा प्रदान गर्नेमा विकास बैंकहरु मध्ये महालक्ष्मी विकास…

सिद्धार्थ बैंकको मोबाइल बैंकिङबाट कारोबारमा २ गुणा बढी प्वाइन्ट पाइने

सिद्धार्थ बैंक लिमिटेडले नेपालीहरुको महान् चाड विजया दशमीको उपलक्ष्यमा आफ्ना ग्राहकहरूको लागि विशेष योजना ल्याएको छ ।

ग्लोबल आइएमई बैंकमा अनलाइनबाटै सेयर धितो कर्जाको लागि आवेदन दिन सकिने

ग्लोबल आइएमई बैंक लिमिटेडले फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म सार्वजनिक गरेको छ। यसअन्तर्गत इच्छुकले अनलाइनबाट सेयर धितो कर्जाको ल…