कीवर्डहरू -

समाचार

ग्लोबल आईएमईको मोबाइल बैंकिङबाट समाज डेन्टलमा भुक्तानी गर्दा विशेष छुट

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने भएका छन् । 

यससम्बन्धी सम्झौतामा बैंकका ट्रान्जेक्सन बैंकिङ्ग सेल्स तथा विजनेश प्रमुख प्रकाश पौडेल र समाज डेन्टल अस्पतालका प्रबन्ध निर्देशक शंकु घिमिरेले हस्ताक्षर गरेका छन् । 

साथै, बैंकको क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १२ महिनासम्म किस्ताबन्दीमा भुक्तानी गर्न मिल्ने सेवा (ईएमआई) समेत प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकहरुले समाज डेन्टलमा बैंकको डेबिट÷क्रेडिट कार्ड र ग्लोबल स्मार्ट प्लस मार्फत भुक्तानी गर्दा ओपीडी दर्ता शुल्क, डाक्टरको परामर्श शुल्क र अस्पतालको आजीवन सदस्यता शुल्कमा शतप्रतिशत छुट पाउनेछन् । 

यसका साथै, बैंकका ग्राहकहरुले एक्सरे बाहेकका सम्पूर्ण सेवा शुल्कमा एकमुष्ठ १० प्रतिशत छुट पाउने जनाइएको छ । 

किस्ताबन्दी सेवाअन्तर्गत बैंकका क्रेडिट कार्डवाहकले समाज डेन्टल अस्पतालमा उपचार बापत खर्च रु. १५,००० देखि अधिकतम रु. ५००,००० सम्मको बिलमा ६ देखि १२ महिनासम्मको सरल किस्ताबन्दीमा भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । 

यस्ता विभिन्न किसिमका सुविधाहरुको उपभोग गर्न इच्छुकहरुले ग्लोबल आइएमई बैंकको जुनसुकै शाखाबाट आवेदन दिई बैंकको क्रेडिट कार्ड लिन सक्नेछन् ।

समाचार

टिकटकसँग चाइल्डसेफनेटको सहकार्य, बालबालिका र युवाको डिजिटल सुरक्षामा काम गर्ने

बालबालिका र युवाहरुको डिजिटल सुरक्षाको लागि चाइल्डसेफनेटले टिकटकसंग सहकार्य शुरु गरेको छ । सहकार्यको पहिलो चरणमा बागमती, गण्…

सैनामैनाको मुर्गिया क्षेत्रमा डिशहोमको नयाँ सेवा केन्द्र

डिशहोमले सैनामैना नगरपालिकाको मुर्गिया क्षेत्रमा इन्टरनेट सेवा विस्तार गरेको छ । मुर्गिया क्षेत्रमा स्थापना गरिएको डिशहोमको नयाँ…

एनसेलमा भ्वाइस सेवा डेटासँग वा डेटा सेवा भ्वाइससँग साट्न सकिने सुविधा

एनसेलका ग्राहकहरुले एक नयाँ विशेष सुविधाबाट फाइदा लिन सक्ने भएका छन् । यो सुविधा अन्तर्गत ग्राहकहरुले आफ्नो सधैं अन प्याकमा बाँ…

जोय स्टोर र सन सेक्युरिटीबीच सम्झौता, एप्पलका उत्पादनमा २० प्रतिशतसम्म छुट

नेपालमा आईफोनको आधिकारीक बिक्रेता जोय स्टोर र सन सेक्युरिटीबीच सम्झौता भएको छ । उक्त सम्झौतामा जोय स्टोरका तर्फबाट प्रबन्ध न…

सुदूरपश्चिम रोयल्सको टेलिकम पार्टनरमा नेपाल टेलिकम

मंसिर १५ गतेदेखि काठमाडौंमा आयोजना हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) को प्रथम संस्करणमा सहभागी टोली सुदूरपश्चिम रोयल्स…

सिटिजन्स बैंक र एनसीएचएलबीच अन्तरदेशीय भुक्तानी सम्बन्धि सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच अलिप्लेप्लस नेटवर्कमा रहेका सदस्य वालेटहरू मार्फत नेपाल प…

नेपाल प्रिमियर लिगको पावर्ड बाई पार्टनरमा एनसेल, लाइभ स्क्रिनिङमार्फत खेलहरू पनि देखाउने

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ मा एनसेल पावर्ड बाई पार्टनरमा सहभागी भएको छ । एनपीएलमा ए…

एससीटी र पायोनियर असोसिएट्सबीच सहकार्य

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र दशकौँ देखि बिभिन्न वित्…

एफएनसीसीआईले स्थापना गर्‍यो साना तथा मझौला उद्यम विकास केन्द्र, उद्यमीलाई नवप्रवर्तनमा सघाउने

नेपाल उद्योग वाणिज्य महासंघमा लघु घरेलु तथा साना मझौला उद्यम बिकास केन्द्र स्थापना भएको छ । केन्द्रको उद्घाटान सोमबार राष्ट्रिय यो…

क्यासियोले ल्यायो पहिलो रिङ-आकारको घडी, क्लासिक डिजाइनसहित नयाँ प्रविधि

डिजिटल घडी बनाउने लोकप्रिय कम्पनी क्यासियोले हालै आफ्नो पहिलो रिङ आकारको घडी प्रस्तुत गरेको छ ।  

क्यान महासंघ बाँकेको अध्यक्षमा यज्ञ राज जोशी सर्वसम्मत

क्यान महासंघ बाँकेको अधिवेशनले नयाँ कार्यसमितिको अध्यक्षमा यज्ञ राज जोशी र सचिवमा रमेश क्षेत्री सर्वसम्मत निर्वाचित भएका छन्।

…

पाँच वर्षमा एनसेलले तिर्‍यो १ खर्ब ७० अर्ब कर

निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलले पाँच वर्षमा भण्डै १ खर्ब ७० अर्ब रुपैयाँ सरकारलाई कर तिरेको छ । यो रकम सरकारलाई १५ वटा …

सबैभन्दा बढी कर तिर्ने संस्थाको रूपमा नेपाल टेलिकम सम्मानित

सबैभन्दा बढी कर तिर्ने संस्थाको रूपमा नेपाल टेलिकम सम्मानित भएको छ । आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी आयकर दाखिला गर्ने…

आईटी सेवा निर्यात गरेर सबैभन्दा बढी कर तिर्ने कम्पनीको रूपमा कोडावतार टेक सम्मानित

सूचना प्रविधि (आईटी) सेवा निर्यात गरेर सबैभन्दा बढी कर तिर्ने करदाताको रूपमा कोडावतार टेक प्रालि सम्मानित भएको छ ।

आइसिटी अवार्ड २०२४ को ग्राण्ड जुरी सेसन सम्पन्न

आइसिटी अवार्ड २०२४ को ग्राण्ड जुरी सेसन सम्पन्न भएको छ । शनिबार काठमाडौंको आनन्द इभेन्ट्स एण्ड मिटिङमा ग्राण्ड जुरी सेसन सम्पन्न भएक…