समाचार
विदेशबाट पठाएको रकम आइएमई पेमा प्राप्त गर्दा एक हजार रूपैयाँसम्म क्यासब्याक
डिजिटल वालेट आइएमई पेले विदेशबाट पठाएको रकम आइएमई पे वालेटमा प्राप्त गर्दा ग्राहकहरुलाई एक हजार रूपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ ।
अफर अन्तर्गत सेवाग्राहीहरुले विदेशबाट आइएमई पे वालेटमा पठाएको पैसा आइएमई पे एप प्रयोगकर्ताहरूले जुनसुकै समयमा नेपालमा प्राप्त गर्दा एक हजार रूपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
यथावत रहिरहेको 'आइएमई गरौँ,करोडपति बनौँ' योजनालाई थप परिस्कृत गर्दै बम्परमा एक करोड र हरेक महिना एक लाख बाहेक अब हरेक कारोबारमा समेत क्यास ब्याक अफर पनि सार्वजनिक गरिएको छ ।
सेवाग्राहीहरुको उत्साह तथा हितको लागि बेला बेलामा विभिन्न अफर सार्बजनिक गर्दै आएको आइएमई पेले यस अघिको योजनामा प्रयोगकर्ताहरुको उल्लासमय सहभागिता र ग्राहक वर्गको अनुरोधलाई ध्यानमा राखेर यो योजना सार्बजनिक गरिएको बताइएको छ ।
आइएमई पे वालेटमा प्राप्त गरेको रकममा ब्याज प्राप्त गर्नुको साथै ग्राहकले जुनसुकै समयमा घरै बसेर सजिलै घरायसी बिल भुक्तानी गर्न , फ्लाइट टिकट खरिद गर्न , मोबाइल रिचार्ज गर्न साथै सबै प्रकारको बीमा नवीकरण तथा थुप्रै सेवाहरुको सहजै भुक्तानी गर्न सक्नेछन् र आफ्नो वालेटमा रहेको रकम आवश्यकता अनुसार बैंक खातामा समेत पठाउन सक्नेछन् ।
समाचार
कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा सा…
कक्षा १२ को नतिजा सार्वजनिक हुँदै, यसरी हेर्न सकिने छ नतिजा
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । त्यसका लागि बोर्डले बिहान १० बजे बोर्ड बैठक स…
सीजी मोटर्सले सिएटिएल ब्याट्रीको सर्भिस सेन्टर तथा ल्याब स्थापना गर्ने
चौधरी ग्रुप अन्तर्गतको सीजी मोर्टसले नेपालमा ईभी ब्याट्री निर्माता कम्पनी सिएटिएलको ब्याट्री ल्याब र सर्भिस सेन्टर स्थापना गर्ने भएको …
राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्दा सिन्दूर, टिका, टोपी तथा सास्कृतिक पहिरन लगाउन सकिने
राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्दा सिन्दूर, टिका, राष्ट्रियता झल्कने टोपी, धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन …
इसेवाबाट दिनमा ३ पटक भन्दा बढी पैसा पठाउँदा अब १० रूपैयाँ सेवा शुल्क लाग्ने
इसेवाबाट दिनमा ३ पटक भन्दा बढी पैसा पठाउँदा शुल्क लाग्ने भएको छ । सेन्ड मिनी फिचर प्रयोग गरेर दिनमा ३ पटक बढी पैसा पठाउँदा १…
पेन्सन पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य
पेन्सन अर्थात निवृत्तभरण लिनका लागि राष्ट्रिय परिचयपत्र नम्बर हुने भएको छ । निवृत्तभरण व्यवस्थापन कार्यालयले आवश्यक व्यवस्था मिलाउन न…
माइक्रोसफ्ट ३६५ सेवामा समस्या
क्राउडस्ट्राइक आउटेजपछि माइक्रोसफ्टको सेवा पुनः ठप्प भएको छ । माइक्रोसफ्ट ३६५ सेवामा प्रयोगकर्ताहरूलाई समस्या आइरहेको छ । प्रयोगकर्त…
टिकटकले मनायो बीटीएसका जिमिनको दोस्रो सोलो एल्बम म्युज रिलिजको उत्सव
टिकटकले चर्चित सांगीतिक समूह बीटीएसका सदस्य जिमिनको बहुप्रतिक्षित सोफोमोर एल्बम म्युज रिलिजको उत्सव मनाउँदै एउटा इमर्सिभ इन-एप …
कर्णालीका तीन पालिकामा एकीकृत सेवा प्रवाह सुरू
कर्णालीका तीन पालिकाले एकीकृत सेवा सुरु गरेका छन् । रुकुमपश्चिमको चौरजहारी नगरपालिका, सुर्खेतको पञ्चपुरी र दैलेखको दुल्लु नगर…
वारेन्टी रहेका सामसङका मोबाइलमा कुनै समस्या देखिए नि:शुल्क पिकअप र ड्रप सेवा
सामसङ नेपालले साउन १ गतेदेखि काठमाडौं उपत्यकाभरि वारेन्टीमा रहेका मोबाइलका ग्राहकहरूका लागि फ्री पिक–अप र ड्रप सेवा बज…
डिजिटल कारोबारका लागि एनसेल र नबिल बैंकबीच सहकार्य
नबिल बैंक र एनसेलबीच एक आपसमा डिजिटल कारोबार सेवा प्रदान गर्न सम्झौता भएको छ।
यो सम्झौ…
स्मार्टफोनमा हुने न्वाइज क्यान्सिलेशन फिचर कहाँ हुन्छ र कसरी गर्छ काम ?
आजको समयमा धेरैजसो मानिसहरूसँग स्मार्टफोन छ । तर फोन प्रयोग गर्ने धेरै मानिसलाई फोनको हरेक पार्टको सही जानकारी हुँदैन् । मानि…
नेपाल चेम्बर अफ कमर्शको साईबर सुरक्षा सल्लाहकार चिरञ्जीवी अधिकारी नियुक्त
नेपाल चेम्बर अफ कमर्शले आईटी सफ्टवयर तथा टेक्नोलोजी समितिको साईबर सुरक्षा सल्लाहकारमा क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारी …
प्रधानमन्त्री केपी शर्मा ओलीको आईटी विज्ञमा अस्गर अली नियुक्त
प्रधानमन्त्री केपी शर्मा ओलीको सूचना प्रविधि (आईटी) विज्ञमा इन्जिनियर अस्गर अली नियुक्त भएका छन् ।
१८औं वर्षमा ब्रोडवे इन्फोसिस, सबै कोर्षहरूमा २८ प्रतिशत छुट
आईटी ट्रेनिङमा अग्रणी संस्था ब्रोडवे इन्फोसिस १७औं वर्ष पुरा गरी १८औं वर्षमा प्रवेश गरेको छ । नेपालमा दक्ष आईटी जनशक्ति विकास गर्न…