समाचार
नबिल बैंक ४१औं वर्षमा प्रवेश, हरित प्रविधिमा पनि लगानी बढाउने
मुलुकको अग्रणी वित्तीय संस्था नबिल बैंकले आज एक कार्यक्रम आयोजना गरी स्थापनाको ४०औँ वार्षिकोत्सव मनाएको छ । ‘४० एण्ड फर्दर फर सस्टेनेबल फ्युचर’ नाम गरेको वार्षिकोत्सवको कार्यक्रममा दिगो विकासमा बैकिङको भुमिका भन्ने विषयमा छलफल गरिएको थियो ।
काठमाडौँमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक हाना सिंगर, इसिमोडका प्रबन्ध निर्देशक डा पेमा ग्याम्त्सो, डब्ल्युडब्ल्यूएफ नेपालका प्रतिनिधि डा घनश्याम गुरुङ, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, ह्याबिट्याट फर ह्युमनिटी इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक एलिजा स्थापितलगायतको उपस्थिति थियो ।
अध्यक्ष पौड्यालले पछिल्लो समय बैंक दिगो विकासमा केन्द्रित गरेको उल्लेख गर्दै कार्यक्रम र सेवा प्रवाहलाई सोहीअनुसार अघि बढाइएको जानकारी दिए । बैंकले सुरु गरेको दिगो बैंकिङको योजना दीर्घकालीन सोचमा आधारित रहेको उल्लेख गर्दै उनले यसमार्फत कार्बन उत्सर्जन कम गर्न, हरित प्रविधिमा लगानी गर्न र सामाजिक र आर्थिक विकासलाई प्रवद्र्धन गर्ने परियोजना अगाडि बढाउन सहयोग पुग्ने उनले बताए ।
कार्यक्रममा नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक हाना सिंगर हाम्डीले दिगो विकासका लक्ष्य प्राप्तका लागि ठूलो लगानी आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि नबिल जस्ता बैंकले लगानी गर्नुपर्नेमा जोड दिइन ।
‘दिगो विकासका लक्ष्य पूरा गर्नका लागि विश्वका लागि प्रत्येक वर्ष ४ ट्रिलियन डलर आवश्यक पर्छ, जुन कोरोना महामारीअघि वार्षिक २.५ ट्रिलियन डलर आवश्यक पर्ने अनुमान थियो,’ उनले भनिन्, ‘नेपालका हकमा २३ अर्ब डलर आवश्यक भएको र प्रत्येक वर्ष ६ अर्ब डलर अपुग छ । जुन कुल जीडीपीको ११ प्रतिशत हो ।’
सन् १९८४ मा जुलाई १२ मा नेपाल अरब बैंकका नाममा स्थापना नबिल बैंक ग्राहकको सुविधा तथा सरल बैंकिङ सेवालाइ केन्द्रमा राखी सेवा प्रवाह गर्दै आएको छ । बैंकले आफूलाई नेपालको बैंकिङ क्षेत्रमा अग्रणी बैंकका रुपमा स्थापित गरेको छ । स्थापनाकालदेखि नै प्रविधिको प्रयोगमा जोड दिएको बैंकले पछिल्लो समय डिजी बैंकमार्फत ग्राहकलाई सरल र सहज सेवा प्रदान गरिरहेको जनाएको छ ।
‘नबिल बैंक सँगै अघि’ नाराका साथ ग्राहक तथा सरोकारवालासँग हातेमाले गर्दै अघि बढिरहेको बैंकले पछिल्लो समय दिगो बैंकिङमा जोड दिएको छ । सरलीकृत बैंकिङ सेवा विस्तार गर्ने क्रममा उच्चतम प्रविधिको प्रयोग गर्दै आएको नबिल बैंकले नेपालमा पहिलो पटक कम्प्युटराइज्ड बैंकिङ सुरुआत गरेको थियो ।
नबिलले सन् १९९४ मा पहिलो पटक एटिएम, सन् २०१२ मा पहिलो पटक मोबाइल बैंकिङ, सन् २०१४ मा अन्तर्राष्ट्रिय मास्टर कार्ड तथा डेबिट कार्डमा स्मार्ट चिप सेवा सुरुआत गरेको थियो । सन् २०१६ मा कन्ट्याकलेस पेमेन्ट कार्ड नेपालमा पहिलो पटक ल्याएको थियो । बैंकले पछिल्लो पटक सन् २०२२ मा ‘एन बैंक’ सुरुआत गरी नेपालमा पहिलो पटक मोबाइलबाटै ६० भन्दा बढी बैंकिङ सेवा प्रवाह गरेको थियो ।
बैंकले देशभर २६८ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१६ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ । नबिल बैंकले २२ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
समाचार
इ-गभर्नेन्स ब्लूप्रिन्ट र नागरिक सेवा केन्द्र स्थापनाको काम अन्तिम चरणमा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इ-गभर्नेन्स ब्लूप्रिन्ट र नागरिक सेवा केन्द्र स्थापनाको काम अन्तिम चरणमा पुगेका …
विद्युतीय सवारी साधन र विद्युतीय चुल्होको प्रयोग व्यापक बढेको छः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ले विद्युतीय सवारी साधन र विद्युतीय चुल्होको प्रयोग व्यापकरूपमा बढेको बताएका छन् ।…
आईओईमा दूरसञ्चार प्राधिकरणको आईसीटी एक्सिलेन्स सेन्टर स्थापना
नेपाल दूरसञ्चार प्राधिकरणले इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) मा आईसीटी एक्सिलेन्स सेन्टर स्थापना गरेको छ ।
सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने
सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयबाट सरकार पछि हटेको छ ।
सीजी मोबाइलले नेपाल भित्र्यायो नथिङ टेक्नोलोजीको उपब्रान्ड सीएमएफ
सीजी मोबाइलले बेलायती कम्पनी नथिङ टेक्नोलोजीको उप–ब्रान्ड सीएमएफ नेपाल भित्र्याएको छ ।
एनसेल र मेटाबीच सहकार्य, अब ब्यालेन्स बिना पनि फेसबुक चलाउन सकिने
एनसेलका ग्राहकले अब इन्टरनेट चलाउन डेटा प्याक वा ब्यालेन्स नभएको अवस्थामा पनि इन्टरनेट र फेसबुक चलाउन सक्छन् । यसलाई सम्भव बनाउँद…
माइक्रोसफ्टले एन्ड्रोइडमा लगायो प्रतिबन्ध, कर्मचारीलाई आईफोन प्रयोग गर्न निर्देशन
चीनमा माइक्रोसफ्टले एन्ड्रोइडमा प्रतिबन्ध लगाएको छ । अब कम्पनीका कर्मचारीहरूले चाँडै नै आईफोनमा स्विच गर्नुपर्नेछ ।
गुगल प्लेस्टोरबाट १ करोडले डाउनलोड नेपाली पात्रो एप
नेपालको पहिलो बिक्रम सम्बतमा आधारित चर्चित मोबाइल एप नेपाली पात्रोले गुगल प्लेस्टोरमा १ करोड डाउनलोड पुरा भएको छ ।
…प्रोटोनले सार्वजनिक गर्यो आफ्नो भर्सनको गूगल डक्स
प्रोटोनले आफ्नो भर्सनको गूगल डक्स सार्वजनिक गरेको छ । यो सेवा प्रोटोनको ड्राइभ क्लाउड स्टोरेजसँग उपलब्ध हुनेछ ।
सीजीको वासर ड्रायर वासिङ मेसिन बजारमा
कपडा धुने र मेसिनभित्रनै सहजै सुक्ने प्रविधियुक्त ‘वासर एन्ड ड्रायर वासिङ मेसिन’ सीजीले उपलब्ध गराएको छ ।
<…एकै दिन ३४ लाख बाढीसम्बन्धी एसएमएस सम्प्रेषण
जल तथा मौसम विज्ञान विभागले २४ घण्टामा ३४ लाख एसएमएस सर्वसाधारणलाई सम्प्रेषण गरेको छ । विभागले नेपाल टेलिकम र एनसेलसँग…
करिब १० अर्ब पासवर्ड लिक, आफ्नो पर्यो की परेन यसरी चेक गर्नुहोस्
के तपाई एउटै पासवर्ड विभिन्न अकाउन्टमा प्रयोग गर्नुहुन्छ ? यदी गर्नुहुन्छ भने यतिबेला सोच्ने समय आएको छ । किनभने करिब १० अर्…
सिद्धार्थ बैंकका ग्राहकले हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट
सिद्धार्थ बैंक र हेयर एण्ड शान्ति ब्यूटी पार्लर प्रालि (काठमाडाैँ, कमलादी) बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने…
अब काठमाडौंका सबै नगरपालिकाबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न सकिने
अब काठमाडौंका सबै नगरपालिकाको कार्यालयबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न सकिने भएको छ । सामाजिक सुरक्षा भत्ता लगायत सरक…
बाहुनडाँगीमा हात्ती आगमन सूचना प्रविधि केन्द्र स्थापना, एपबाटै हात्ती कहाँ छ भन्ने थाहा हुने
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मेचीनगर–४ स्थित बाहुनडाँगीमा हात्ती आगमन सूचना प्रविधि केन्द्रको उद्घाटन गरेका छन्।…