कीवर्डहरू -

समाचार

टेलिकमको सेवा बारे जानकारी लिन र गुनासो राख्न चाहनुहुन्छ ? पैसा नलाग्ने यी नम्बरमा कल गर्नुस्

नेपाल टेलिकमका विभिन्न सेवाका बारेमा जानकारी लिन तथा गुनासाहरु राख्नका लागि विभिन्न नम्बरहरु प्रयोग गर्न सकिन्छ ।

हाल कम्पनीले उपलब्ध गराइरहेको १९१, १९७, १९८ र १४९८ नम्बरहरु कम्पनीद्वारा प्रदत्त विभिन्न सेवाहरुका बारेमा बुझ्न र गुनासा टिपाउन धेरै नै उपयोगी बनेका छन् ।

सोधपुछ तथा गुनासा व्यवस्थापनका लागि प्रयोग गरिएका यी नम्बरहरु ग्राहककै सहजताका लागि निःशुल्क गरिएका छन् ।

१९१

जीएसएम, सीडीएमए र वाइम्याक्स सेवाको बारेमा जानकारी लिनका लागि १९१ नम्बरमा कल गर्न सकिन्छ । १९१ नम्बरमा कल गरेपछि प्राप्त निर्देशन अनुसार जीएसएमको लागि अंक १ सीडीएमएको लागि अंक २ र वाइम्याक्सका लागि अंक ३ थिच्नुपर्छ । त्यसपछि सम्बन्धित सेवाका बारेमा जिज्ञासा राख्न र गुनासो टिपाउन सकिन्छ ।

१९७

नेपाल टेलिकमको ल्यान्डलाइन अर्थात स्थानीय टेलिफोनको नम्बर थाहा पाउनका लागि १९७ नम्बरमा मोबाइल वा कुनैपनि टेलिफोन नम्बरबाट कल गर्न सकिन्छ । त्यसपछि अपरेटरले ग्राहकले खोजेको व्यक्ति वा संस्थाको टेलिफोन नम्बर टेलिफोनबाटै उपलब्ध गराउँछ ।

हाल आफूलाई चाहिएको व्यक्ति वा संस्थाको ल्यान्डलाइन नम्बर कम्पनीको वेबसाइटमामा गएर पनि खोज्न सकिन्छ ।

व्यक्तिगत ग्राहकको हकमा व्यक्तिको नामका साथै ठेगाना र जिल्ला लेखेर नम्बर पत्ता लगाउन सकिन्छ भने संस्थागत ग्राहकको हकमा कम्पनीको नाम, ठेगाना र जिल्ला अनुसार टेलिफोन नम्बर खोज्न सकिन्छ ।

१९८

नेपाल टेलिकमका सेवाहरुका बारेमा गुनासो टिपाउनका लागि १९८ नम्बरमा डायल गर्न सकिन्छ । नेपाल टेलिकमले सञ्चालन गरिरहेको तारवाला स्थानीय टेलिफोन, एडीएसएल, भिस्याट टेलिफोन, फाइबर टु द होम (एफटीटीएच) र लिज लाइन मर्मतका लागि यसको प्रयोग गर्न सकिन्छ ।

१९८ नम्बरमा कल गरेपछि स्वचालित सिस्टमबाट प्राप्त निर्देशन अनुसार टेलिफोन कम्प्लेनको लागि अंक १, एडीएसएल कम्प्लेनको लागि अंक २, भिस्याट कम्प्लेनको लागि अंक ३, एफटीटीएच कम्प्लेनको लागि अंक ४ र लिज लाइन कम्प्लेनको लागि अंक ५ थिच्नुपर्छ ।

त्यसपछि दिइएको निर्देशन अनुसार मर्मत गर्नुपर्ने नम्बर उपलब्ध गराएपछि कम्पनीको तर्फबाट मर्मत कार्यको प्रक्रिया अगाडि बढ्छ ।

१४९८

मोबाइल र वाइम्याक्स सेवाको बारेमा जानकारी लिनका लागि १४९८ मा फोन गर्न सकिन्छ । मोबाइल तथा वाइम्याक्स सेवा सम्बन्धी कुनै जिज्ञासा वा गुनासो मात्र नभई सेवा प्रयोगका बारेमा कुनै जानकारी प्राप्त गर्नुपरेमा पनि यस नम्बरमा कल गर्न सकिन्छ ।

यसका अलावा नेपाल टेलिकमको कम्पनीको वेबसाइट, नेपाल टेलिकम एप, कम्पनीको फेसबुक, ट्विटरलगायतका विभिन्न सामाजिक सञ्जालहरुबाट पनि कम्पनीका सेवाहरुका बारेमा आवश्यक जानकारी प्राप्त गर्न सकिन्छ ।

समाचार

अब गुगल सर्चको सहयोगमा एआई इमेज पनि बनाउन सकिने

अब गुगल सर्चको सहयोगमा एआई इमेज पनि बनाउन सकिने भएको छ । गुगलको (सर्च जेनेरेटिभ एक्सपिरियन्स) सुविधाको सहयोगमा एआई इमेज बनाउन सम्भव हुनेछ ।

१५५ देशमा सञ्चालित बोटिम अल्ट्रा एपबाट अब आईएमई पेमा सोझै रेमिट्यान्स पठाउन सकिने

नेपालको रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमई  र मध्यपूर्व लगायत १५५ देशहरुमा सन्चालनमा रहेको अस्ट्र टेकद्वारा प्रवर्दित बोटिम अल्ट्रा एपमार्फत नेपालमा रकम …

डिजिटल मिडिया सोसाइटी गठन

डिजिटल मिडियाका प्रकाशकहरूले ‘डिजिटल मिडिया सोसाइटी’ गठन गरेका छन् । मूलधारका नेपाली पत्रकारितामा डिजिटल मिडियाको प्रभाव क्रमशः बढेर गएको भ…

पठाओ दशैं महोत्सवमा बोगटी र सिंहले जिते यामाहा रे जेडआर

‘पठाओ दशैं महोत्सव-२०८०' को बम्पर पुरस्कार अन्तर्गत पठाओ क्याप्टेन नवराज बोगटी र पठाओ राइडर विशन सिंह कोट्टारीले यामाहा रे जेडआर १२५ एफआई हाइब्रि…

बनेपामा सीजी डिजिटलको २५ औँ शोरुम

चौधरी गु्रप अन्तर्गतको मल्टी ब्रान्ड  शोरुम सिजी डिजिटलको २५औँ शाखा बनेपामा खोलिएको छ । बनेपा नगरपालिकाका नगर प्रमुख शान्ति रत्न शाक्य र सिजी …

राष्ट्रिय पारा खेलाडीहरूको सीप विकास र प्रशिक्षणमा एनसेलको सहकार्य

एनसेलले देश तथा विदेशमा नेपाललाई प्रतिनिधित्व गर्ने राष्ट्रिय पारा खेलाडीहरुको सहयोगार्थ सम्पूर्ण पारा खेलाडीहरुको सिप विकास र प्रशिक्षणका लागि राष्ट्रिय पारा…

नेपालको पहिलो एडब्लुएस क्लाउड क्लब त्रिविमा स्थापना

त्रिभुवन विश्वविद्यालया (त्रिवि) मा नेपालको पहिलो अमेजन क्लाउड सर्भिसेस (एडब्लुएस) क्लाउड क्लब स्थापना भएको छ । 

एडब्लुएस क्लाउड क्लबले विशेष गर…

पठाओ र इन्ड्राइभको नाममा अफलाइन राइड गर्ने ८३ जना पक्राउ

पठाओ र इन्ड्राइभको नाममा अफलाइन राइड गर्ने ८३ जना पक्राउ परेका छन् ।

असोज २८ गते काठमाण्डौका विभिन्न स्थानहरुबाट अनाधिकृत तवरले सर्वसाधारणहरुलाई …

तिलिचो ताल क्षेत्रमा इन्टरनेट सेवा

विश्वको सबैभन्दा बढी उचाईमा रहेका तालमध्ये एक तिलिचो ताल क्षेत्रमा ‘इन्टरनेट’को पहुँच पुगेको छ। हिमाली जिल्ला मनाङ…

चौंथो वर्षमा आइसिटी समाचार डटकम

‘प्रविधि सँगसँगै’ भन्ने नारासहित सुरू भएको आईसीटी समाचार डटकम तेस्रो वर्ष पूरा गरी चौंथो वर्षमा प्रवेश गरेको छ । हरेक क्षेत्रमा सूचना तथा सञ्चा…

कोड फेस्ट २०२३ सम्पन्न, सुदूरपश्चिमको नास्ट टिम बन्यो विजेता

कोड फर चेन्ज द्वारा आयोजित नेपालकै ठूलो भनिएको ह्याकथन कोडफेस्ट २०२३ काठमाडौंमा स…

आईतबार सार्वजनिक हुँदै महावीर पुनको जीवन कथामा आधारित पुस्तक, अनलाइनबाटै अर्डर गर्न सकिने 

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको जीवन कथामा आधारित पुस्तक अनलाइनबा…

२४औँ वार्षिकोत्सवको अवसरमा पुराना ग्राहकको इन्टरनेट निःशुल्क अपग्रेड गर्दै भायानेट

भायानेटले २४ औँ वार्षिकोत्सवको अवसरमा विशेष वार्षिकोत्सव अफर घोषणा गरेको छ । यस अ…

नेटा भीको एक्स्चेन्ज क्याम्प आयोजना हुँदै, असोज २८ गतेसम्म सञ्चालन हुने

सिजि मोटर्सले पुराना गाडीसँग एक्स्चेन्ज गरी नेटा भी लिन इच्छुकहरुका लागि आश्विन २४ …

वर्ल्डलिंकका ग्राहकहरुका लागि खल्ति तथा सामसङको उत्कृष्ट चाडपर्व अफर

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकका ग्राहकले सामसङ ब्रान्डका विद्युतीय सामग्री …