कीवर्डहरू -

समाचार

ईसेवा मनि ट्रान्सफर र मलेसियाको सिबिएल मनि ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्झौता

ईसेवा मनि ट्रान्स्फर र मलेसियाको सिबिएल मनि ट्रान्स्फरबिच रेमिट्यान्स भुक्तानी सम्बन्धमा सम्झौता भएको छ।

स्थापना भएको तीन बर्षकै अन्तरालमा रेमिट्यान्स क्षेत्रमा निकै ठूलो फड्को मारेको ईसेवा मनि ट्रान्स्फर परम्परागत शैलीको सिस्टमलाई आत्मसात् गर्दै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिदै अघि बढेको छ।

यो सम्झौतासंगै मलेसियामा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले सिबिएल मनि ट्रान्स्फरको १५ शाखाहरु, वा मोबाईल एपबाट नेपालमा ईसेवा मनि ट्रान्स्फर मार्फत रेमिट्यान्स पठाउन सक्ने छन् ।

साथै सिबिएल मनि ट्रान्स्फरबाट पठाएको रेमिट्यान्स ईसेवा मनि ट्रान्स्फरका १३,८०० भन्दा बढी भुक्तानी केन्द्र, बैंक तथा वित्तिय संस्थाहरु तथा इसेवाका १००,००० भन्दा बढी क्यास प्वाइन्ट र ७५ लाख बढी प्रयोगकर्ताहरूले वालेटबाट सहजै प्राप्त गर्न सक्नेछन् ।

सम्झौता पत्रमा ईसेवा मनि ट्रान्सफरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेश कोईराला र सिबिएल मनि ट्रान्स्फरको तर्फबाट, प्रमुख कार्यकारी अधिकृत मोहम्मद सैदुर रहमान फराजीले हस्ताक्षर गरेका थिए।

ईसेवा मनि ट्रान्स्फर र सिबिएल मनि ट्रान्स्फर बीचको यो साझेदारीले रेमिट्यान्स सेवाहरूमा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।

यस सम्झौताबारे बोल्ने क्रममा ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत, अजेश कोईरालाले सिबिएल मनि ट्रान्स्फर मलेशियामार्फत अब नेपालमा रेमिट्यान्स पठाउन मिल्ने भएकाले विदेशमा रहेका नेपालीहरुलाई सुरक्षित र भरपर्दो माध्यमबाट आफ्नो घर रेमिट्यान्स पठाउन थप सहजता हुने बताए ।

ईसेवा मनि ट्रान्स्फरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । ई

सेवा मनि ट्रान्स्फरले सेवाग्राहीहरुलाई आफ्ना १३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ईसेवा मनि ट्रान्सफर, देशभरका दुई करोड भन्दा बढी जनसंख्या र १२ लाख भन्दा बढी साना तथा मझौला उद्योगहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

सिबिएल मनि ट्रान्स्फर विश्वव्यापी रेमिट्यान्समा अग्रणी नामहरू मध्ये एक हो । सिबिएल मनि ट्रान्स्फर विश्वसनीयता र विप्रेषण करोबारको सुरक्षाका लागि प्रसिद्ध छ र कम्पनीले लाखौं मानिसहरूलाई छिटो र सहज रूपमा पैसा पठाउन र प्राप्त गर्न मद्दत गरेको छ।

समाचार

क्यानले आयोजना गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलको टिकेटिङ्ग पार्टनरमा आईएमई पे

नेपाल क्रिकेट संघ (क्यान) र आई एम ई डिजिटल सोलुसन लिमिटेड (आई एम ई पे) बिच  रणन…

एनसेलको नयाँ नियम, अब न्युनतम ४० रूपैयाँ टपअप गर्नुपर्ने

अब एनसेल नम्बरमा डिजिटल वालेटबाट ४० रूपैयाँभन्दा कम टपअप गर्न नसकिने भएको छ । डि…

ओभरहिटिङ समस्या समाधान गर्न एप्पलको नयाँ अपडेट

एप्पलले आफ्नो नवीनतम आइओएस  १७.०.३ अपडेट जारी गरेको छ । यो एक विशेष समस्या समाधा…

दराजको दशैं धमाका अफरः ७० प्रतिशतसम्म छुट, एक लाख बराबरको सपिङ्ग भौचर जित्ने मौका

नेपालीहरुको महान पर्व बडा दशैंलाई लक्षित गर्दै दराज अनलाइन सपिङ्गले ‘दराज दशैं धम…

अप्टिकल फाइबर काटिएपछि अवरूद्ध भएको एनसेलको सेवा पुनः सुचारू

अप्टिकल फाइबर काटिएपछि अवरूद्ध भएको एनसेलको सेवा पुनः सुचारू भएको छ । बिहीबार ब…

सातै प्रदेशका स्टार्टअप तथा आईडियाका लागि आयोजना गरिएको दुई दिने बुटक्याम्प सम्पन्न 

सातै प्रदेशका स्टार्टअप तथा आईसीटी अवार्ड २०२३ का उत्कृष्ट १२ स्टार्टअप, १३ राइजिङ स्ट…

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका…

अब जीमेलमा पनि इमोजी रियाक्सन पठाउन सकिने

जीमेलबाट इमेल पठाउँदा अब इमोजी रियाक्सन समेत पठाउन सकिने भएको छ । जीमलेको एन्ड्र…

तिंकरमा नेपाल टेलिकमको मोबाइल सेवा सञ्चालनमा

नेपाल टेलिकमले नेपालको उत्तर पश्चिमको अन्तिम बस्ती तिंकरमा मोबाइल सेवा सञ्चालनमा ल्…

चाडपर्वमा कालोबजारी गर्ने र गुणस्तरहीन वस्तु विक्री गर्नेलाई अनलाइनबाटै उजुरी दिन सकिने 

चाडपर्वहरुको अवसरमा बजारमा कृत्रिम अभाव सिर्जना गर्ने र गुणस्तरहीन वस्तु विक्री वितर…

दशैंका लागि गाडी भाडामा दिदै सजिलो रेन्टल, अनलाइनबाटै रिजर्भ गर्न सकिने

सजिलो रेन्टलले अनलाइनमार्फत गाडी भाडामा दिने सुविधा प्रदान गर्दै आएको छ । ‘सजिलो …

सानिमा बैंकको कार्डबाट दराजमा भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट

नेपालीहरुको महान चाड वडा दशैंको अवसरमा सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग …

सूचना प्रविधि उद्योगमा अब ५० करोडसम्म विदेशी लगानी, न्युनतम सीमा लागु नहुने

सूचना प्रविधिमा आधारित उद्योगमा अब विदेशी लगानीकर्ताले स्वचालित रूप (अटोमेटिक रूट…

डिजिटल पेन्ट्सको  चाडपर्व अफर, ल्यापटपदेखि टिभीसम्म जित्न सकिने

ग्राहकहरुलाई सर्बसुलभ दरमा गुणस्तरीय उत्पादनहरू प्रदान गर्दै आएको डिजिटल पेन्टसले  च…

आइशरको दशैं तिहार योजना, बम्परमा मिनी इभी कार जित्ने मौका

आइशरले नेपालीहरुको महान चाड दशैं र तिहारको उल्लासमय माहोलमा आफ्ना ग्राहकहरुका ला…