कीवर्डहरू -

समाचार

पठाओको ५ औं वार्षिकोत्सवमा १३१ राइडर सम्मानित, राइडरहरूको कमिसन पनि घट्दै 

पठाओ नेपालले आफ्ना राइडर, क्याप्टेन (ट्याक्सी चालक) र पठाओ हिरो‍(फुड डेलिभरी पर्सन)का लागि 'पठाओ बेनिफिट प्रोग्राम' सुरू गरेको छ ।

आफ्नो स्थापनाको पाँच वर्ष पूरा गरेको उपलक्ष्यमा सेप्टेम्बर २४ (आइतबार) मा उत्कृष्ट चालकहरूलाई सम्मान गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक असिम मान सिंह बस्न्यातले यस्तो घोषणा गरेका हुन् ।

पठाओको सुरूवाती दिनदेखि हालसम्म राइड गरेका १३१ उत्कृष्ट  चालक तथा पठाओ हिरोहरू छनोट भइ छुट्टाछुटै क्याटागोरीमा सम्मानित  भएका छन् ।

कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक बस्न्यातले एक व्यक्तिलाई एक ठाउँबाट अर्को ठाउँमा जान सहज बनाउनका लागि एउटा शहरबाट सुरू गरिएको पठाओ अहिले विभिन्न शहरमा जाने क्रममा रहेको बताए । उनले भने,'अब चाँडै अर्को ५/६ वटा शहरमा जाँदै छौँ ।'

उनले पठाओले मुलुकको कुल जिडीपीमा पनि राम्रो योगदान गरिरहेको सुनाए ।

कम्पनीका अनुसार पठाओ चालकहरूलाई उनीहरूले अहिलेसम्म लिएका राइडका आधारमा डाइमन्ड, प्लाटिनम, गोल्ड, सिल्भर र ब्रोन्ज क्याटागोरीमा वर्गीकरण गरि सम्मान गरिएको हो ।

साथै राइडरहरूका लागि दुर्घटना भत्ताको समेत व्यवस्था गरिएको छ । दुर्घटना भई उपचारपछि वेड रेस्टमा बस्नुपरेको अवस्थामा कमाइ नहुने हुँदा कम्पनीको  डाइमन्ड, प्लाटिनम, गोल्ड, सिल्भर र ब्रोन्ज क्याटागोरीमा परेका राइडरहरूलाई १० हजारदेखि ३० हजार रुपैयाँसम्म दुर्घटना भत्ता प्रदान गरिने कम्पनीले जनाएको हो ।

यस्तै केही तोकिएका अस्पताल, रेस्टुरेन्ट र वर्कशपहरूमा आकर्षक छुटहरू पाउने पठाओ नेपालका प्रवक्ता शशांक शमशेर थापाले जानकारी दिए । क्याटागोरी अनुसार स्कुल फी स्पोन्सरशीप, मोबाइल डाटा प्याकेज, मासिक क्वेस्टहरू पनि रहेको कम्पनीले जनाएको छ ।

यो कार्यक्रम पठाओसँग आवद्ध भएर लामो समय मेहनतका साथ काम गर्ने काठमाडौँ उपत्यकाभित्रका राइडर, क्याप्टेन र पठाओ हिरोहरूका लागि सहुलियत स्वरुप कम्पनीका तर्फबाट उपहार भएको थापाले जानकारी दिए ।

सँगसँगै वार्षिकोत्सवको अवसरमा  आयोजित कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक बस्न्यातले असोज ८ गतेदेखि 'पठाओ दसैं महोत्सव' सुरू गर्ने घोषणा गरे । यस महोत्सव अन्तर्गत कम्पनीले राइडरहरूले तिर्नुपर्ने कमिसन समेत घटाउने भएको छ ।

हाल साधारणतया बाइकमा २० प्रतिशत र कार लाइट (ट्याक्सी) मा १५ प्रतिशत कमिसन रहेको छ । अब तीन हप्तासम्मका लागि धेरै राइड लिने राइडर र क्याप्टेन (ट्याक्सी चालक) को कमिसन घट्दै जानेछ । जसमा अधिकतम राइड गर्नेले तिर्ने कमिसन घटेर कम्तिमा १ प्रतिशतसम्म हुन आउनेछ ।

समाचार

आइसर मेगा सर्भिस क्याम्प सम्पन्न, २ हजार ग्राहकले लिए सवारी सर्भिस सेवा

आइसर मेगा सर्भिस क्याम्प सकारात्मक प्रतिक्रिया र परिणामका साथ सम्पन्न भएको छ । भदौ १७…

सीएसआईटी एशोसिएसनले आयोजना गरेको करियर कनेक्ट २०२३ सुरू, यस्ता छन् मुख्य आकर्षण 

सीएसआईटी एशोसिएसनले आयोजना गरेको करियर कनेक्ट २०२३ सुरू भएको छ । कीर्तिपुर स्थित…

जाभास्क्रिप्ट सम्बन्धि एक महिने अनलाइन तालिम सुरू 

जाभास्क्रिप्ट सम्बन्धि एक महिने लामो अनलाइन तालिम सुरू भएको छ । गत सोमबारदेखि करिब…

सिड्स फर द फ्युचर समिटमा नेपालबाट चार जना सहभागी

डिजिटल कुशलतालाई सुदृढ पार्न ह्वावे, आसियान फाउन्डेसन र दक्षिणपूर्व एशियाका शिक्षा …

अब संसारसँग प्रतिष्पर्धा गर्ने क्षेत्र सूचना प्रविधि नै होः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसारसँग प्रतिष्पर्धा गर्ने क्षेत्र सूचना त…

दिगो रोजगारी र आर्थिक वृद्धिका लागि आइसिटी क्षेत्रलाई बढावा सम्बन्धि कार्यक्रम सम्पन्न

नेपाल सूचना तथा सञ्चार प्रविधि सेवा संघ (यूएनआइसिटीएस नेपाल) 'नेपालमा दिगो रोजग…

अबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिने

अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकमको टिकट अबदेखि र…

एनसेलद्वारा १८ औं वार्षिकोत्सवको उपलक्ष्यमा बागमती करिडोर सडकमा वृक्षारोपण

एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा काठमाडौं उपत्यकामा हरिया…

डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अफर सार्वजनिक

डि.टी.एच सेवा प्रदायक डिशहोमले दसैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक …

अब भाइबरबाटै प्लेन टिकट र बसको टिकट काट्न सकिने

अब भाइबरबाटै प्लेन टिकट र बसको टिकट काट्न सकिने भएको छ । यसका लागि सस्तो टिकट्स र…

मानव मस्तिष्कमा चिप प्रत्यारोपण गर्न मस्कको न्यूरालिंकलाई अनुमति, कहिले सुरू होला परीक्षण ?

मानव मस्तिष्कमा चिप प्रत्यारोपण गर्न मस्कको न्यूरालिंकलाई अनुमति दिएको छ । अमेरिकाको…

एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा ‘बजार जाऔं’ कार्यक्रम सम्पन्न

एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा ‘बजार जाऔं’ (गो टु मार्क…

२ हप्तामा पुनः फर्कियो रूटिन अफ नेपाल बन्द, अब हेल्प पोष्टलाई पहिलो प्राथमिकता दिने   

नेपालको लोकप्रिय फेसबुक पेज रूटिन अफ नेपाल बन्द पुनः सञ्चालनमा आएको छ । बन्द भएको…

रिब्राण्डिङ भयो स्प्योरो एसएमएस, के के छन् नयाँ सुविधा ? 

नेपालको लोकप्रिय एसएमएस सेवा प्रदायक स्प्यारो एसएमएसले आफुलाई रिब्रान्डिङ गरेको छ ।…

मिड रेन्ज स्मार्टफोनका लागि क्वालकमको नयाँ प्रोसेसर सार्वजनिक

चर्चित चिपसेट निर्माता कम्पनी क्वालकमले मिड रेन्ज स्मार्टफोनका लागि नयाँ प्रोसेसर ल्या…