कीवर्डहरू -

समाचार

आजकै दिन १८ वर्षअघि गरिएको थियो विश्वकै पहिलो ट्वीट

मार्च २२ सामाजिक सञ्जाल प्लेटफर्महरूको लागि धेरै विशेष दिन हो । ठीक १८ वर्षअघि आजकै दिन पहिलो ट्विट गरिएको थियो ।

के तपाई विश्वास गर्न सक्नुहुन्छ कि वर्षौं पहिले ज्याक डोर्सीको पहिलो ट्विट करोडौं रुपैयाँमा निलामी पनि गरिएको थियो । हो, ज्याक डार्सीको यो पहिलो ट्वीट ठीक १८ वर्षअघि सन् २००६ मा गरिएको थियो । यो ट्विट ३८.४ करोड नेपाली रुपैयाँमा लिलामी भएको थियो ।

ज्याक डोर्सीले आफ्नो पहिलो ट्वीटबाट पैसा दान गरेका थिए । एक्स (पहिले ट्विटर) सँग सम्बन्धित रोचक कथाहरू मध्ये एक पहिलो ट्वीटको निलामीसँग सम्बन्धित छ । ज्याक डोर्सीले पहिलो ट्विटबाट प्राप्त रकम दान गरेका थिए । उनले उक्त ट्वीटको डिजिटल संस्करणको निलामी गरेका थिए ।

यो डिजिटल संस्करण ओरेकल नामको टेक कम्पनीकी सीईओ सिना एस्टावीले किनेका हुन् । डोर्सीले यो रकम बिटक्वाइनमा परिणत गरेपछि अफ्रिकालाई दान गरिएको थियो ।

यो ज्याक डोर्सीको पहिलो ट्वीटमा भनिएको थियो । एलन मस्कभन्दा पहिले एक्सको नाम ज्याक डोर्सीसँग जोडिएको थियो । ज्याक डोर्सी एक्सको सह–संस्थापक र पूर्व सीईओको रूपमा चिनिन्छन् ।

ज्याकले यस प्लेटफर्ममा आफ्नो पहिलो ट्वीटमा लेखेका थिए कि उनले आफ्नो ट्विटर सेटअप गर्दैछन् । उनले लेखेका छन्– जस्ट सेटिंग अप माई ट्विटर ।

एक्ससँग सम्बन्धित एउटा रोचक कथा यो छ कि यो प्लेटफर्म पृथ्वीबाट मात्र नभई अन्तरिक्षबाट पनि प्रयोग भएको छ । पहिलो ट्वीट २२ जनवरी, २०१० मा अन्तरिक्षबाट गरिएको थियो ।

नासा अन्तरिक्ष यात्री टिजे क्रीमरले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट पहिलो ट्वीट गरे । नासाले गरेको केही परिवर्तनका कारण यो सम्भव भएको हो । हाल अन्तरिक्ष यात्रीले १ घण्टा इन्टरनेट चलाउने सुविधा पाउँछन् ।

सन् २०२२ मा, एक्सलाई एलन मस्कले खरिद गरेका थिए।  एलन मस्कले एक्सलाई ४४ बिलियन डलर अर्थात ३.३६ लाख करोड रुपैयाँमा किनेका थिए । यसैबीच, अब यो सोशल मिडिया प्लेटफर्मको नाम एक्सको रूपमा चिनिन्छ ।

गत वर्ष, जुलाई २३,२०२३ मा, एलन मस्कले ट्विटरलाई एक्सको नाम दिए । त्यसपछि एक्सले नयाँ लोगो एक्स पनि पाएको थियो ।

 

समाचार

च्याटजीपीटीको पाँचौं संस्करण जीपीटी ५ सार्वजनिक हुने

ओपनएआईले आफ्नो च्याटटूल च्याटजीपीटीको पाँचौं संस्करण जीपीटी–५ सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

पाठक र पुस्तक बिक्रेतालाई जोड्दै डिजिटल प्लेटफर्म ‘पुस्तक सेवा’

ई-टुटर क्लासले ‘पुस्तक सेवा’ नामक प्लेटफर्म सार्वजनिक गरेको छ । विगत ५ वर्षदेखि शिक्षा क्षेत्रमा काम गरिरहेको ई-टुटर…

वान प्वाइन्ट फाइनान्सियलले आईएमई लिमिटेडलाई रेमिट स्विच उपलब्ध गराउने

आईएमई  र बैंक तथा वित्तीय संस्थालाई 'एपीआई म्यानेजमेन्ट सिस्टम-एपीआईएमएस' उपलब्ध गराइरहेको वान प्वाइन्ट फाइनान्सियल…

स्प्यारो एसएमएसले मनायो १४ औं वार्षिकोत्सव, प्रतिवर्ष आदान प्रदान हुन्छन् २० करोड एसएमएस

एसएमएस सेवा प्रदायक स्प्यारो एसएमएसले १४ औं वार्षिकोत्सव मनाएको छ । विगत १४ वर्ष देखि एसएमएस सेवा प्रदान गर्दै आएको स्प्यारो एसएम…

चालु आर्थिक वर्षमा हुम्लाबाहेक सबै जिल्लामा नेपाल टेलिकमको एफटीएचएच सेवा पुग्ने

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सरकार दुरदराजमा इन्टरनेट सेवा पुर्‍याउने अभियानमा र…

एन बैंक एपबाट स्काइवाक टावरको टिकट काट्दा १० प्रतिशत छुट

नबिल बैंक लिमिटेडका ग्राहकले स्काइवाक टावरको टिकटमा विशेष छुट पाउने भएका छन् । स्काइवाकको टिकटमा दिइने छुटसम्बन्धी विषयम…

कामना सेवा विकासद्वारा प्रहरीलाई गोप्रो हस्तान्तरण

कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्रहरी प्रमाग, बुढानिलकण्ठलाई २ थान गोप्रो हस्तान्तरण गरेको छ …

मुक्तिनाथ विकास बैंकद्वारा प्रहरी प्रभाग बलम्बुलाई सीसीटीभी र गोप्रो क्यामेरा सहयोग

मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरी प्रभाग बलम्बुलाई ३ थान सीसीटीभी क्यामेरा र २ थान गोप्रो…

सरकारले ‘गिग’ अर्थतन्त्रमा युवालाई आवद्ध हुन प्रोत्साहित गर्ने, स्टार्टअप कोष स्थापना हुने

सरकारले ‘गिग’ अर्थतन्त्रमा युवाहरुको पार्ट–टाइम आवद्धतालाई प्रोत्साहित गर्ने भएको छ । 

सत्ता गठबन्धनमा आबद्ध पाँच राजनीतिक द…

सरकारले पटक पटक कागजात बुझाउनु पर्ने झण्झट अन्त्य गर्ने, ‘टाइम कार्ड’ प्रणाली लागु गर्ने

सरकारले सरकारी कार्यालयमा पटक पटक कागजात बुझाउनु पर्ने झण्झटलाई अन्त्य गर्ने भएको छ । 

एप्पलको आईफोनमा के के हुनेछन् फिचर ?

एप्पलले केही समयमै आइफोन १६ लाइनअप सार्वजनिक गर्दै छ । यस पटक, सन् २०२४ मा आउने आइफोनको पछिल्लो सिरिजमा डिजाइन&nda…

अब हाम्रो पात्रो एपबाटै विद्यालय र अभिभावकले स्कुल बस राउट हेर्न सकिने

अब नेपालकै सर्वाधिक लोकप्रिय मोबाइल एप हाम्रो पात्रोबाटै स्कुलका बस राउट हेर्न मिल्ने भएको छ । एपमा सवारी साधन ट्रयाक…

आईएमई पेको रिफन्डेबल फिचरमार्फत आन्तरिक हवाई टिकट काट्नेको संख्या बढ्दो

नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले सञ्चालनमा ल्याएको रिफन्डेबल फिचरमार्फत आन्तरिक हवाई टिकट काट्ने सुविधा धेरैको रोजाइमा प…

अमेरिकी गुप्तचर एजेन्सीका लागि जासुसी स्याटेलाईट नेटवर्क विकास गर्दै स्पेसएक्स

एलन मस्कको कम्पनी स्पेसएक्सले अमेरिकी गुप्तचर एजेन्सीका लागि जासुसी स्याटेलाईटको नेटवर्क विकास गर्ने भएको छ । जासुसी स्याटेलाईटको…

एनटी फाइबर प्रयोग गर्दा दैनिक रूपमा मोबाइलमा डाटा सुविधा

नेपाल टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइलमा दैनिक रुपमा मोबाइल डाटा प्रयोग गर्न सकिन्छ । नेपाल टेलिकमले उपलब्ध गराइरहेको …