समाचार
वेबसाइट बनाउन सिक्न चाहनेहरुको लागि एक महिने अनलाइन तालिम संचालन हुँदै
अवसर एकेडेमीले वर्डप्रेस सम्बन्धी एक महिने अनलाइन तालिम सञ्चालन गर्ने भएको छ । वेबसाइट डिजाइनिङमा रुचि हुनेहरूलाई लक्षित गर्दै कम्पनीले बिहीबारदेखि यस्तो तालिम आयोजना गर्न लागेको हो ।
प्रविधि कम्पनी एसडी टेकको सहायक कम्पनी समेत रहेको अवसर एकेडेमीले आधारभूत तहदेखि वर्डप्रेस सम्बन्धी तालिम दिन लागेको बताइएको छ । “वेबसाइट डिजाइनिङमा रुचि हुनेहरूका लागि हामीले वर्डप्रेससम्बन्धी अनलाइन तालिम आयोजना गर्न लागेका हौ,” अवसर एकेडेमीका प्रबन्ध निर्देशक सौगात देवकोटाले भने, “यसअघि भौतिक उपस्थितिमा तालिम गर्दा धेरैले अनलाइन गराउनु पर्यो भन्ने माग गर्नु भएको थियो । त्यसैले अहिले उहाँहरूलाई लक्षित गरेर तालिम आयोजना गर्दै छौं ।”
एक महिनासम्म दैनिक डेढ घण्टा सञ्चालन हुने यो तालिममा सहभागीले वर्डप्रेस डेभलपमेन्ट, एसईओ अप्टिमाइजेसन, एआई इन्टिग्रेसन, वेबसाइट डेभलपमेन्ट र वेब सेक्युरिटीका बारेमा सिक्न पाउनेछन् । विशेषगरी थिम कस्टमाइजेसन, होस्टिङ तथा डोमेन रजिस्ट्रेसन, वेबसाइट मोनिटाइजेसन, कन्टेन्ट राइटिङ, प्रोजेक्ट मेनेजमेन्ट लगायतका विषय समावेश हुने देवकोटाको भनाइ छ ।
तालिम दिनका लागि विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका नेपाल र भारतका आठ जना विज्ञहरू हुनेछन् । सबैले आआफ्नो विज्ञता अनुसार तालिम दिने कम्पनीले जनाएको छ । यसमा वर्डप्रेस डेभलपर ई. सुशान्त रिमाल, नारायणी वेब टेक्नोलोजीका प्रबन्ध निर्देशक ई. त्रिबिक्रम रेग्मी, इन्टर्न साथीका सीईओ कुनाल शाह, लेन्समि अपका संस्थापक निराजन केसी, डिजिटल गोर्खाका डिजिटल मार्केटिङ एक्सपर्ट आश्विन न्यौपाने, वर्डप्रेस विज्ञ विकास पुन, भारतका वर्डप्रेस विज्ञ राहुल डी सरकार लगायत अन्य वर्डप्रेस विज्ञले तालिम दिनेछन् ।
यसमा सुरुवाती चरणमा सय जना सहभागी हुने आयोजकको अपेक्षा छ । तालिमको शुल्क ३२०० रुपैयाँ तोकिएको छ । यसमा सहभागी हुने व्यक्ति इन्टरनेट र ल्यापटपको पहुँचमा हुनुपर्छ ।
तालिम सकिएपछि सहभागीले अवसर एकेडेमीबाट प्रमाणपत्र पनि पाउनेछन् । सहभागी हुनका लागि यहाँ क्लिक गर्न सक्नुहुन्छ । यस कार्यक्रमबारे थप बुझ्न यहाँ क्लिक गरेर वा ९८५५०१८०४९ मा सम्पर्क गर्न सकिनेछ ।
समाचार
आइडब्लुडी कन्क्लेभ २०२४ सम्पन्न
सूचना प्रविधिमा महिला ९डब्ल्यूआईआईटी० ले प्राइम आईटी क्लबसँगको सहकार्यमा मार्च ८ मा विश्वव्यापी रूपमा मनाइने अन्तर्राष्ट्रिय महिला द…
एनसेल र ईएन्ड इन्टरनेसनलबिच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी
एनसेलले बुधवार आफ्ना ग्राहकहरूलाई उत्कृष्ट डिजिटल अनुभव प्रदान गर्न, नलेज सेयरिङसम्बन्धी गतिविधिहरू सञ्चालन गर्न र मुख्य सेवा, सुव…
खल्ती क्यु-आरमा अन्तरदेशीय डिजिटल भुक्तानीको सुविधा उपलब्ध
नेपाल–भारत अन्तरदेशीय डिजिटल भुक्तानीको सुविधा अब कार्यन्वयनमा आउने भएको छ । यस सँगै खल्तीले फोनपे सँगको सहकार्यमा भारत…
'इन्भेस्ट इन हर : मेन एज कोपाटर्नस टू इम्पावर वुमन इन आइसिटी' विषयमा आइडब्लुडी कन्क्लेभ २०२४ आयोजना हुँदै
सूचना प्रविधिमा महिला (डब्ल्यूआईआईटी) ले प्राइम आईटी क्लबसँगको सहकार्यमा मार्च ८ मा विश्वव्यापी रूपमा मनाइने अन्तर्राष्ट्रिय महिला द…
डिजिटल कर्णाली कन्क्लेभ २०२४ सुरु
फागुन १८ अर्थात आजबाट डिजिटल कर्णाली कन्क्लेभ २०२४ सुरु भएको छ । दुई दिन चल्ने यो कन्क्लेभ कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानु…
एनसेलले खुद्रा बिक्रेता सशक्त बनाउन देशव्यापी कार्यक्रम गर्दै
एनसेलले आफुसँग आवद्ध रहेका खुद्रा बिक्रेता, साना पसल गर्ने व्यवसायीहरुलाई सहयोग गर्ने उद्देश्यले नयाँ कार्यक्रम संचालन गरेको घोषण…
इसेवाले ल्यायो नेपालमा अन्तर्राष्ट्रिय भुक्तानी सेवा
नेपालमा सबैभन्दा धेरै पर्यटकहरू हाम्रो छिमेकी मित्र राष्ट्र भारतबाट नै आउने गरेका छन्( यो त हामी सबैलाई थाहा भएकै कुरा भयो। दु…
के तपाईको आईफोनले आईओएस १८ अपडेट पाउनेछ? यी २४ मोडेलहरूमा हुनसक्छ सार्वजनिक
एप्पलले यसै वर्ष जुनमा हुने वर्ल्डवाइड डेभलपर्स कन्फरेन्स (डब्लुडब्लुडीसी) मा आफ्नो नयाँ अपरेटिङ सिस्टम आईओएस १८ लन्च गर्ने भएको छ ।…
सामसङको ग्यालेक्सी रिङ सार्वजनिक
सामसङले ग्यालेक्सी रिङ नामक पहिलो स्मार्ट रिङ सार्वजनिक गरेको छ । सामसङ ग्यालेक्सी रिङ बार्सिलोनामा भएको मोबाइल वर्ल्ड कांग्रेस (ए…
नेपाल–भारतबिच अन्तरदेशीय ‘डिजिटल क्युआर पेमेन्ट’ सेवा सुरु
नेपाल–भारतबिच आजदेखि अन्तरदेशीय ‘डिजिटल क्युआर पेमेन्ट’ सेवा सुरु भएको छ । यससँगै नेपालमा आउने भारतीय नागरिकले क्युआर मार्फत भु…
न्यूर्याक टाइम्सले आफ्नो मुद्दा सही पार्न गर्याे च्याटजीपीटी ह्याक
गत वर्ष डिसेम्बरमा, टाइम्सले ओपनएआई र माइक्रोसफ्टविरुद्ध प्रतिलिपि अधिकार (कपिराईट) उल्लङ्घनको आरोप…
टिम भिजनले जित्यो ख्वप कलेज अफ इन्जिनियरिङमा हल्ट प्राइज
ख्वप कलेज अफ इन्जिनियरिङका तीन विद्यार्थीको समूह टिम भिजन ख्वपा कलेज अफ इन्जिनियरिङबाट हल्ट प्राइजको विजेता बनेको छ ।…
सूचना प्रविधि क्षेत्रका परियोजना तयार गर्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आउँदो लगानी सम्मेलनमा प्रस्तुत गर्ने सूचना प्रविधि क्षेत्रका परियोजना तयारी गर्न निजी …
नेपाली बजारमा आउँदै नयाँ ई-कमर्स प्लेटफर्म मोलतोल डटकम, भेन्डरलाई २४ घण्टाभित्रै भुक्तानी
नेपाली बजारमा नयाँ ई-कमर्स प्लेटफर्म मोलतोल डटकम आउने भएको छ । आउँदो मार्च १ देखि …
दाङको दुर्गम गाउँपालिका राजपुरमा पुग्यो एफटिटिएच सेवा
दाङको दुर्गम गाउँपालिका राजपुरमा आदेखि नेपाल टेलिकमको फाइबर टू द होम (एफटिटिएच) सेवा सुरु भएको छ । सञ्चार तथा सूचना …