कीवर्डहरू -

समाचार

एनसेलबाट अब हेलो सरकारमा निःशुल्क कल गर्न सकिने

सरकारले प्रदान गर्दै आएको ‘हेलो सरकार’को टोलफ्री नम्बर ११११ को सेवालाई अझै प्रभावकारी बनाउन एनसेल आजियाटा लिमिटेडले सरकारसँग सहकार्य गरेको छ । यससँगै अब एनसेलका ग्राहकले पनि ‘हेलो सरकार’को यो नम्बरमा निःशुल्क कल गरी आफ्ना गुनासा राख्न सक्छन् ।

आइतबार ‘हेलो सरकार’को सेवालाई अझ विस्तारित बनाउँदै शुभारम्भ गरिएको उद्घाटन कार्यक्रममा एनसेलबाट पनि ‘हेलो सरकार’को हटलाइन नम्बरमा कल गर्न सकिने घोषणा गरिएको हो ।

विस्तारित सेवाको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र जनताबीचको सम्बन्ध थप सुदृढ बनाउन ‘हेलो सरकार’ तीन सिफ्टमा चौबीसै घण्टा सञ्चालनमा आउनु खुसीको कुरा भएको बताए । ‘हेलो सरकार’ र एनसेलको सहकार्यबारे बोल्दै उनले भने, “हेलो सरकारमा एनसेल पनि जोडिन आएकोमा धन्यवाद दिन चाहन्छु ।”

‘हेलो सरकार’ आमनागरिकका गुनासा र सुझाव सुनवाइ लागि सरकारले विगत १२ वर्षदेखि सञ्चालन गर्दै आएको विशेष संयन्त्र हो । “जनगुनासा सुन्नका लागि ‘हेलो सरकार’ उदाहरणीय संयन्त्र हो । सार्वजनिक सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउनका सरकारसँग सहकार्य गर्न पाएकोमा हामी निकै हर्षित छौं,” एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने ।

एनसेलका ग्राहकले ‘हेलो सरकार’को ११११ नम्बरमा भदौको पहिलो सातादेखि नै निःशुल्क कल गर्न सक्ने भएका थिए । प्रधानमन्त्री कार्यालयले यसको औपचारिक घोषणा आइतबार गरेको हो ।

आइतबारको कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेयले अब एनसेलबाट पनि कल लाग्ने व्यवस्था मिलाइएको बताए । ‘हेलो सरकार’लाई थप प्रभावकारी बनाउन ‘ऱ्यापिड रेस्पोन्स टिम’समेत गठन गरी कार्यान्वयनमा ल्याइएको मुख्यसचिव डा. बैकुण्ठ अर्यालले जानकारी दिए ।

प्रधानमन्त्री कार्यालयका अनुसार नागरिकले फोनबाहेक इमेल, फेसबुक, ट्विटर, हेलो सरकार पोर्टल, भाइबर, ह्वाट्सएप लगायतका डिजिटल माध्यमबाट पनि आफ्ना गुनासा र सुझाव टिपाउन सक्छन् ।

समाचार

भारतमा उत्पादन बढाउने एप्पलको योजना

विश्वभर लोकप्रिय आइफोन बनाउने अमेरिकी कम्पनी एप्पलले भारतमा उत्पादन बढाउने योजना ब…

भदौ २२ र २३ गते वर्डक्याम्प काठमाडौं हुँदै

आगामी भदौ २२ र २३ गते वर्डक्याम्प काठमाडौं आयोजना हुने भएको छ । वर्डप्रेस नेपाल कम्…

डेबिट कार्डबाट कारोबार गर्दा एनएमबि बैंकको ग्राहकलाई १०० रुपैयाँ क्यास ब्याक

एनएमबि बैंकले डेबिट कार्डमा रु १०० क्यासब्याक अफर घोषणा गरेको छ । सो अफर अन्तर्गत …

हेलो सरकार अब २४ सै घण्टा सञ्चालन हुने, प्राप्त गुनासोहरू तत्काल सम्बोधन गरिने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको…

आईएनजी स्किल एकेडेमीको हेटौँडामा ‘फ्युचरामा’ नामक प्राविधिक कार्यक्रम सम्पन्न

आईएनजी स्किल एकेडेमीले हेटौँडास्थित एभोकाडो एण्ड अर्किड रिसोर्टमा ‘फ्युचरामा’ नामक …

इन्फिनिटी सेक्युरिटिजमार्फत हुने सेयर खरिद बिक्री सेटलमेन्टको भुक्तानी इसेवाबाटै

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाबाट इन्फिनिटी सेक्युरिटिजमार्फत हुने सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने भएको छ ।

य…

शाइन रेसुङ्गा विकास बैंकको नयाँ अफर, फन्ड ट्रान्सफर गर्दा स्मार्टफोन जित्न सकिने

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्ट आईपीएससँगको सहकार्यमा मोबाइल बैंकिङ प्रयोगक…

राहदानी विभागले भन्योः भिडिभाड धेरै भयो, तोकिएको मिति र समयमा मात्र विभाग आउनुस् 

राहदानी विभागले विद्युतीय राहदानी अर्थात पासपोर्टका लागि आवेदन फाराममा तोकिएको म…

यातायात व्यवस्था विभागको केन्द्रिय सर्भरमा समस्या, स्मार्ट कार्ड वितरण बाहेकका अन्य सेवा स्थगन

यातायात व्यवस्था विभागको सर्भरमा समस्या देखिएको छ । सर्भरमा समस्या देखिदा सेवाहरू प्…

हेटौँडामा नयाँ पुस्ताका लागि ‘फ्युचरामा’ नामक प्राविधिक कार्यक्रम सम्पन्न

आईएनजी स्किल एकेडेमीले हेटौँडास्थित एभोकाडो एण्ड अर्किड रिसोर्टमा ‘फ्युचरामा’ नामक …

सिटी एक्सप्रेस जापानले ल्यायो मोबाइल एप, २०० बढी देशमा रेमिट्यान्स पठाउन सकिने

सिटी एक्सप्रेस जापानले मोबाइल रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ । सिटी एक्सप्रेस ज…

शनिबार काठमाडौं र ललितपुरका यी ठाउँमा विद्युत अवरूद्ध हुने 

शनिबार काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा दिनभर विद्युत अवरूद्ध हुने भएको छ । …

भिस्याट प्रविधिबाट गोसाइँकुण्डमा मोबाइल सेवा सञ्चालन

रसुवाको गोसाइँकुण्डमा मोबाइल सेवा सञ्चालन भएको छ। गोसाइँकुण्डमा पुग्ने भक्तजन र पर्…

आन्तरिक उडान यात्रालाई सहयोग गर्न भाइबर र सस्तो टिकट्सबीच सहकार्य, के के छन् सुविधा ?

राकुटेन भाइबर र सस्तो टिकट्सबीच सहकार्य भएको छ । आन्तरिक उडान यात्रालाई सहयोग गर्ने…

नबिल बैंकको एटीएम तोडफोड गर्ने एक जना पक्राउ

नबिल बैंकको एटीएम मेसिन तोडफोड गरी चोरी गर्न खोजेको आरोपमा एकजना पक्राउ परेका छन ।